कास्की राज्य

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
कास्की राज्य
विसं १५२४–विसं १८४२
सरकारराजतन्त्र
राजा 
इतिहास 
• स्थापना
विसं १५२४ विसं १५२४
• विलयकाल
विसं १८४२ विसं १८४२
  1. ...

कास्की चौबीसी राज्य थियो।

नामाकरण[सम्पादन गर्नुहोस्]

कास्की राज्यको नामाकरणका सम्वन्धमा कश्यप ऋषिको तपोभूमी रहेको यस ठाउँलाई "काश्यपकुट्ट" शब्द दिइएको र तहाँ "कास्यप सिहंता" नामक अमुल्य आर्युवैदिक ग्रन्थ रचना गरेकामा त्यही शब्द खिईदै अपभ्रंस भई कास्यप बाट कास्की बनेको किंवदन्ति एकातर्फ छ भने अर्कोतर्फ प्राकृत खनिज स्रोतको भण्डारलाई "काष" र त्यसबाट "काषकी" हुदै कास्की रहन गएको किंवदन्ति छ।

जिल्लाको मध्यभागमा रहेको कास्कीडाँडा र कास्कीकोटबाट नै कास्कीको नाम रहन गएको कुरा नेपाल एकीकरणको सन्दर्भमा निकै भाषाविदहरूका आधारमा गुरुङ्ग तमु भाषामा "कास" भन्नाले कछाड र "शिव" भन्नाले लगाउने अर्थात "कास शिव" कछाड लगाउनेहरू वस्ने ठाउँ शव्दबाट खिइँदै कास्कीको नामाकरण हुन गएको कुरा गुरुङ्ग भाषाविदहरूको भनाई रहेको पाइन्छ। तर ठोस आधार र तर्कहरूको आधारमा प्रमाणिकरण भने हुन सकेको छैन।[१]

इतिहास[सम्पादन गर्नुहोस्]

कास्की शाहवंशीय राजाको हात पर्नु भन्दा पहिले गुरुङहरूको शासनको सवाल छ गुरुङहरूको वाहुल्यता भएको यस क्षेत्रमा उनीहरूको आफ्नै किसिम र स्वभावको थपौली अर्थात मुख्यौली शासन रहेको हुनु पर्दछ । तर गुरुङ्गहरूको शाह वंशीय शासन जस्तो स्पष्ट रूपमा शासन ब्यवस्थाको रुपरेखा आउन सकेको छैन । प्राचीनकालमा कर्णाली नदी पूर्व त्रिशुली गण्डकी पश्चिमको क्षेत्र ६ गुरुङ र ८ मगर सामन्त प्रमुखहरूको अधिनमा रहेको अर्थात तिनीहरूको आफ्नो अधिनमा लिएको उल्लेख पाईन्छ ।

सोह्रौँ शताब्दिमा राजा कुलमण्डन शाहबाट शासित यो राज्य वि. सं. १८४२ जेष्ठमा राजा सिद्ध नारायण शाहको राज्यकालमा नेपाल एकीकरणमा गाभिएको पाइन्छ। प्रचलित शब्द "त्रिशक्ति" मध्येको एउटा राज्य कास्की भएबाट यो भाग ऐतिहासिक भएको पुष्ट्याईं मिल्दछ।

जङ्गबहादुर राणा वि. सं. १९१४ सम्ममा ज्यादै शक्तिशाली वने जसको फलस्वरुप राजाको लाल मोहर प्राप्त गरी कास्की तथा लमजुङको श्री ३ महाराज तथा मुलुकको प्रधानमन्त्री बन्न पुगे ।

सैन्य[सम्पादन गर्नुहोस्]

आवादी : ८००० कुरिया , प्रत्येक कुरियाबाट एक सिपाही राज्यको निम्ति जानुपर्ने

सामाजिक व्यवस्था[सम्पादन गर्नुहोस्]

कास्की राज्यका ठकुरी र क्षत्रीहरूले आफ्नो दाज्यू-को असामयिक मृत्यु भएर तरूनी अवस्थामा नै वैध व्यधर्ममा पुगेकी भाउज्यूलाई अपनाउने चलन थियो । पछि त्यस्ता केही व्यवहारहरू क्रमश: छुट्तै गए 1 2 3राजाको जेठो छोरो बाबुकै ठाउँमा हकवाला हुन्थ्यो भने अरू छोराहरूले नयाँ राज्य, ठकुराईहरू जुटाई राजा हुन सक्थे । पहिलेका ठकुरी र क्षत्रीहरूले मामाकी छोरीलाई बहिनी ठानी विवाह गर्दैनथे । आफ्ना कन्या र कुमारहरू बिक्री गर्ने चलन थिएन तापनि घतिक्षत्री र मगरहरूमा त्यो कुरा लागूहुँदैनथ्यो । ठकुरी र क्षत्रीहरूले आफ्ना पुरोहित र गुरुको गोत्र स्वीकार्नु पर्ने हुँदा गुरु फेर्ने चलन थिएन । होमे, डोमे र आरने फेर्न हुँदैन, अनिष्ट हुन्छ भनिन्थ्यो । राजाका भारदारहरूले काम गर्न नसक्ने स्थितिमा निजका छोरालाई सोही खान्गी दिई बहाली गराउने परंपरा कास्की राज्यबाट शुरू भएको थियो । तरुनी छोरीलाई ( वैश्यभन्दा तलका व्यक्तिले ) पैसा सापटी लिई बाँधा राख्ने चलन कहीं कहीं थियो । कन्याको विवाहमा वरपक्षबाट शुल्क लिने चलन थिएन तर कास्कीमा कन्याको संख्या महंगे थियो । समाजमा पछि अनमेल विवाह, बालविवाह बढेकाले गोप्यरूपमा कन्याको शुल्क लिने चलन पनि चल्यो । प्रायः जातिमा साटो हाली विवाह गर्ने चलन थियो । बृद्ध भएका खानदानीलाई आयु बढाउन परे तरुनी केटी विवाह गरे आयु सर्छ भन्ने विश्वास त्यो वेला त्यो वेला हुनाले अनमेल विवाह कास्की राज्यमा गैह्र कानूनी थिएन ।

एउटै बाबुका सन्तानमा पृथक पृथक अधिकार हुन्थ्यो । जेठो छोरालाई पिण्डदान गर्ने अधिकारी ठानिन्थ्यो भने अरू छोरा विलासका उपज मानिन्थ्यो । तर छोरीलाई देवी मानी श्रद्धा र सम्मान गर्ने प्रथा थियो । छोरीलाई बाबुको अंशको हकदार ठानिदैनथ्यो । निःसन्तान व्यक्तिको सम्पत्ति नजिकको हकदारले कानूनपूर्वक दावा गरे भोग गर्न पाउँथ्यो भने हकदार पनि नभएको वेवारिसेको सम्पत्ति राज्यकोषमा दाखिल भई बिक्री वितरण गरिन्थ्यो । ब्राह्मणको हकमा विर्ता जमीन परेमा राज्यले नहडपी अर्कै ब्राह्मणलाई दान गर्ने चलन थियो । [२]

आफ्नी स्वास्नी लैजाने व्यक्तिलाई जार भनिन्थ्यो भने स्वास्नी गुमाउने-लाई साधु भनिन्थ्यो । साधुले जार साधन गर्न पाउँथ्यो । जारलाई काट्न सके पराक्रम गरेको ठानी जुँगा मुसारिन्थ्यो । जारलाई एकै चोटमा मार्न पाइन्थ्यो । त्यसो गरी जार मारे कानून लाग्दैनथ्यो । तर एउटा पतिले बढीपत्नी संग्रह गरे सजायँ हुँदैनथ्यो । एक पत्नीले बहुपति राख्ने रीति थिएन । अंशवण्डा गर्दा जात हेरी भाग लगाउने चलन थियो .

सती प्रथा[सम्पादन गर्नुहोस्]

सती प्रथा त्यो वेला प्रचूर प्रयोगमा थियो । सती जान बाटो लागेकी नारी मृत्युको डरले भाग्ने चेष्टा गरे मलामीहरूले कुटपीट गरी पतिको शव राखिएको चितामा लगी पोल्ने,दाह गर्ने प्रचलन थियो ।

दासप्रथा[सम्पादन गर्नुहोस्]

कास्की राज्यमा दासप्रथा अत्यन्तै प्रचलित थियो । घर्ती थरका मतवाली क्षत्रीहरूलाई दासदासी बनाउने चलन थियो । रोका थरका मगरहरू पनि कहीं कहीं राख्ने चलन थियो । कास्कीका दासदासी-लाई कमारो कमारी भन्ने चलन थियो । आजकाल त कमारो भन्नु पनि गौरव गर्न चाहने बुद्धिजीवी कास्की-तिर भेटिन्छन्, तर ती भने नक्कली हुन् । पंछी र चौपाया जस्तै कमारो कमारीको सुक्री बिक्री गर्ने चलन त्यो वेला थियो । कमारोको भन्दा कमारीको मोल दोब्बर पर्थ्यो । अझ तरुनी कमारीको तेब्बर पनि पर्दथ्यो । कति खानदानीले कमारीबाटै सन्तान पैदागरी आफ्नै सन्तान बिक्री गर्थे । त्यो वेलाको कानूनले कमारीलाई यौनतृप्तिको साधन मान्ने मान्यता प्रदान गरेको थियो । कमारो कमारीले बिठ्याई गरेमा तिनैका मालिकलाई औटिक ( गाल, दुर्नाम ) आउँथ्यो र मालिक -लाई नै सजायँ गर्ने चलन थियो ।[३]

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

  1. कास्की जिल्लाको संक्षिप्त परिचय"। http://ddckaski.gov.np/ne-brief-introduction/
  2. सुवेदी, राजाराम, कास्की राज्यको न्यायप्रणाली, पृ: 21। 
  3. सुवेदी, राजाराम, कास्की राज्यको न्यायप्रणाली, पृ: 20।