देवकुमारी थापा
देवकुमारी थापा | |
---|---|
जन्म | देवकुमारी थापा अप्रिल १४, १९२८ पश्चिम वङ्गाल, खरसाङ, भारत |
मृत्यु | ५ मे २०११ विराटनगर | (उमेर ८३)
वासस्थान | विराटनगर, नेपाल |
राष्ट्रियता | नेपाली |
नागरिकता | नेपाली |
पेशा | लेखन |
चिनारीको कारण | कथासङ्ग्रह, वालकथासङ्ग्रह |
उल्लेखनीय कार्य | सुनपखेटी चरी देवकुमारी थापाका प्रतिनिधि कथाहरू |
गृहनगर | विराटनगर |
जीवनसाथी | बबरसिंह थापा |
मातापिता | हस्तबहादुरसिंह कटुवाल, रमादेवीसिंह कटुवाल |
पुरस्कार | गोरखा दक्षिण बाहु महेन्द्र प्रज्ञा पुरस्कार रत्नश्री स्वर्णपदक |
देवकुमारी थापा (अङ्ग्रेजी: Dev Kumari Thapa) जन्म सन् १९२८,१४ अप्रिल विक्रम सम्बत: १९८५ साल बैशाख २ गते नेपाली साहित्यकार तथा कथाकार हुन् ।[१]
जीवनी
[सम्पादन गर्नुहोस्]वाल्यकाल
[सम्पादन गर्नुहोस्]भारतको पश्चिम वङ्गाल, खरसाङस्थित गिद्धेपहाडमा जन्मिएकी थापा नेपाली कथाकारको रूपमा परिचित छन् । देवकुमारी थापा बाल्यकालमा नै मातापिताविहीन भएकी थिइन्। वास्तवमा उनले आफ्ना बाबुलाई चाहिँ देख्नै पाइनन्, उनी आमाका पेटमा भएकै बेला उनका बुबा हस्तबहादुरसिंह कटुवालको स्वर्गारोहण भइसकेको थियो । देवकुमारी थापा दस वर्षमा टेक्तानटेक्तै उनकी आमा रमादेवीसिंह कटुवाल पनि स्वर्गीय भएकी थिइन् । त्यसपछि उनलाई आफ्नी हजुरआमाबाट मातृस्नेह, छहारी र संरक्षण प्राप्त भएको थियो। त्यसैले आमाबुबाको अभावमा पनि उनको बाल्यजीवनमा कुनै पनि प्रकारका व्यवधान आएनन्
शिक्षा
[सम्पादन गर्नुहोस्]कथाकार थापा दार्जिलिङ्गबाट प्रथम श्रेणीमा प्रवेशिका परीक्षा उत्तीर्ण गरी तीन वर्षे स्वास्थ्यपरिचारिकाको डिप्लोमा उत्तीर्ण हुन् ।
व्यक्तिगत तथा कार्य जीवन
[सम्पादन गर्नुहोस्]देवकुमारी थापाले दार्जिलिङको भिक्टोरिया अस्पतालको नर्स विभागमा कार्यरत भइ केही वर्ष रोगीको सेवा पनि गरिन् । त्यसपछि २०१७ सालमा उनी नेपालका मेजर बबरसिंह थापासँग वैवाहिक जीवनमा बाँधिइन् । बिहे गरेपछि उनी जागिर छाडेर नेपाल भित्रिइन् र साहित्यमा झनै जागरुक भइन् । नेपालमा प्रवेश भएपछि उनी समाजसेवामा पनि आबद्ध हुन थालिन्। त्यसै क्रममा उनी मोरङको नेपाल बाल सङ्गठनकी अध्यक्ष पनि भइन्। थापाले प्रज्ञा प्रतिष्ठानमा प्राज्ञको रूपमा २०५२ देखि २०५७ सम्म काम गरिन् । [२]
साहित्यिक यात्रा
[सम्पादन गर्नुहोस्]थापाले त्यस युगमा आफ्नो पाइला राखिन् जुन बेला नेपाली साहित्यमा नारीकथाकार शून्य नै थिए । कुमारी तुषार मल्लिकाले खनेको गोरेटोमा हिँडेर नै उनले आधुनिक कथाविधामा आफ्नो नाउँ स्थापित गरिन् । थापा पच्चीस वर्षी हुँदा नेपालबाट दार्जिलिड्ग पुगेका त्रिमूर्तिमध्ये महाकवि लक्ष्मीप्रसाद देवकोटाले चाहिँ सुश्री थापाको लेखनको प्रशंसा गर्दै कविशिरोमणि लेखनाथ पौड्याल र नाट्यसम्राट् बालकृष्ण समलाई पनि थापाको व्यक्तित्वप्रति आकर्षित गरेका थिए । देवकोटाले उनका डायरीमा लेखेका थिए “तनकी सुन्दरी, मनकी सुन्दरी, देवकुमारी ।” यसै प्रसङ्गमा गणेश गुरु अर्थात् गणेशप्रसाद शर्मा नेपाल भन्थे “थापा मनकी सुकुमारी हुन्, बुद्धिकी राजकुमारी हुन् र तनकी सम्पूर्ण हुन् ।”[३] औपचारिक रूपमा वि.स. २००३ साल देखी आफ्नो लेखन यात्रा सुरु गरेकी थापाले आफ्नो जिवनकाल भरीनै लेखनकार्यलाई निरन्तरता दिइरहिन् । दार्जिलिङ्गवाट प्रकाशित हुने गोर्खा नामक दैनिक पत्रिकामा प्रकाशित 'पतन' कथा देवकुमारी थापाको पहिलो प्रकाशित कृति हो।[४] देवकुमारी थापाले विशेष बालमनोबिज्ञानमा आधारित कथा लेखनमा कलम चलाईन् । उनका अनिगिन्ती कथाहरूमध्ये "टपरी", "झझल्को", "सेतो बिरालो", "देवकुमारी थापाका कथाहरू" , "सुनपखेटी चरी", "जङलको कथाहरू" प्रमुख हुन् । पुण्यात्मा आमा, रामको कथा, कथाको बटुलो, प्रलय प्रतीक्षा, टपरी, भोकृप्ति, देवकुमारी थापाका प्रतिनिधि कथाहरू आदि उनका साहित्यिक रचनाहरु हुन् । अन्ततः थापाले शिक्षा, स्वास्थ्य र साहित्यमा दिएको योगदान अतुलनीय छ । [१] उनी विद्यार्थी हुदै लेखेको ‘भविष्य निर्माण’ शीर्षकको कथा नेपाली गद्यसङ्ग्रह भाग १ मा प्रकाशित भई एस.एल.सी.को पाठ्यक्रममा पनि समावेश भयो।
समाजसेवा
[सम्पादन गर्नुहोस्]देवकुमारी थापा नेपालमा प्रवेश भएपछि समाजसेवामा पनि आबद्ध हुन थालिन् । त्यसै क्रममा उनी मोरङको नेपाल बाल संगठनकी अध्यक्ष पनि भइन् ।[३] उनले आफ्नो स्वर्गीय श्रीमानको नाममा 'बबरसिंह थापा सेवा गुठी' सञ्चालन गरेकी थिइन् । उनले आफ्नो सम्पूर्ण जीवन शिक्षा, स्वास्थ्य र साहित्यका क्षेत्रमा समर्पित गरिन् । उनी बालबालिकालाई देशका भविष्य निर्माता ठानी उनीहरूको चौतर्फी विकास गर्न बालसंस्था र समाजसेवामा समर्पित भइन् । उनकै प्रेरणाले मानिसहरु बाल साहित्य लेखनतर्फ आकर्षित भएका थिए । उनले विभिन्न माध्यमबाट बालमैत्री वातावरण शिक्षा दिन प्रोत्साहन गर्दै उनले शिक्षा क्षेत्रमा उल्लेखनीय योगदान पुर्याइन् । साहित्य समाज, गुरुकुल विद्यालय, बालमन्दिर, नेपाल प्रज्ञा प्रतिष्ठान आदि संस्थासँग आबद्ध भई शैक्षिक जागरण ल्याउन उनी सदा अग्रसर भएर लागिन् । देवकुमारीले गाउँ गाउँमा पुगेर बालबालिका महिला, वृद्ध, अशक्त र विरामीहरूको उपचार पनि गरिन् । त्यस्तै असाहाय, पीडित, विपन्न र रोगग्रस्त मानव समुदायको दुःख पीर हटाउन सँधै क्रियाशील रहिन् ।[१]
मृत्यु
[सम्पादन गर्नुहोस्]थापालाई २०६३ सालमा पक्षघात भएपछि उनको जीवन केही कष्टले नै परिचालित भयो । अस्वस्थताका कारण उनी घरैमा लडेकी थिएन् । उनी लडेको पाँचौं दिनमा अल्सरका कारण उनलाई रक्तश्राव भएको थियो । अनि त्यसैदिन उनले दस दान गराइन् । तर दान गरिरहेकै बेला उनले आफ्नो प्राण त्याग गरिन् । २०६८ साल वैशाख २२ गते उनी विराटनगरमा स्वर्गीय भइन् ।[३]
प्रकाशित कृतिहरू
[सम्पादन गर्नुहोस्]class="wikitable "
पुरस्कार तथा सम्मान
[सम्पादन गर्नुहोस्]सामाजिक सेवा र साहित्यसृजना गरेबापत थापाले प्रबल गोरखादक्षिणबाहु, महेन्द्ररत्नभूषण, उत्तम कुँवर पुरस्कार, प्रतिभा पुरस्कार, रत्नश्री स्वर्ण पदक, नूरगङ्गा पुरस्कार प्राप्त गरिन् ।
सन्दर्भ सामग्रीहरू
[सम्पादन गर्नुहोस्]- ↑ १.० १.१ १.२ "देवकुमारी थापा", khullakitab.com, Class * Nepali Solution, अन्तिम पहुँच २०१९-०३-१२। वेब्याक मेसिन अभिलेखिकरण २०१९-०७-२९ मिति
- ↑ कथाकार देवकुमारी थापा अब रहनु भएन मझेरी
- ↑ ३.० ३.१ ३.२ उद्दरण त्रुटी: अवैध
<ref>
चिनो;SahityaSangraha
नामको सन्दर्भका लागि कुनै पाठ प्रदान गरिएको छैन - ↑ गरिमा , कथा विशेषाङ्क, वैशाख २०५७