भीमबहादुर पाँडे

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
सरदार
भीमबहादुर पाँडे क्षत्री
तस्वीर उपलब्ध छ ।
भारतको लागि नेपाली राजदूत
कार्यकाल
२१ मे, १९६९ – २४ मे, १९७२
पूर्वाधिकारीझरेन्द्रनारायण सिंह
उतराधिकारीकृष्ण बम मल्ल
महालेखा परीक्षक[१]
कार्यकाल
वि.सं. २०२९ ज्येष्ठ ८ – वि. सं. २०३५ ज्येष्ठ ७
पूर्वाधिकारीनरसिंह प्रधान
उतराधिकारीरामप्रसाद जोशी
व्यक्तिगत विवरण
जीवन साथीछायादेवी पाँडे
सन्तान(हरू)५ छोरा; सागरबहादुर पाँडे, पवनबहादुर पाँडे, हिमालय बहादुर पाँडे, पृथ्वीबहादुर पाँडे, शान्तबहादुर पाँडे[२]

भीमबहादुर पाँडे नेपाली कूटनीतिज्ञ एवम् इतिहासकार हुन् ।[३] उनले भारतको लागि नेपाली राजदूतको कार्यभार २१ मे, १९६९ देखि २४ मे, १९७२ सम्म सम्हालेका थिए ।[४] भीमबहादुर पाँडेलाई पश्चिम जर्मनीको राजदूतबाट फिर्ता गरी भारत पठाइएको थियो। उनी वि.सं. २०२९ देखि २०३५ सम्म महालेखापरीक्षक थिए ।[१] उनलाई महान् कूटनीतिज्ञ मानिन्छ ।[५]

सरदार भीमबहादुरले जुद्धशमशेर जंगबहादुर राणाको समयमा नेपालको तराईको औद्योगिकीकरणमा भूमिका निर्वाह गरेका थिए ।[६]

उनले आफ्ना पूर्वज ऐतिहासिक पाँडे वंशको वंशावली सहितको पुस्तक राष्ट्रभक्तिको झलक: पाँडेवंशको भूमिका लेखेका थिए ।[७] उनले त्यस बखतको नेपाल नामक पुस्तकमा तराईको औद्योगिकीकरणको कठिनाइको व्याख्या गरेका थिए ।[६]

प्रशासन सेवा[सम्पादन गर्नुहोस्]

विजयशमशेरसँग धेरै नजिक रहेर सरदार भीमबहादुर पाँडेले काम गरेका थिए ।

विजय शमशेरको नेतृत्वमा सरदार भीमबहादुर पाँडेले विकास योजनाको खाका तयार गर्न भूमिका खेलेका थिए। २००५ सालमा राष्ट्रिय आर्थिक योजना समितिको सदस्यसचिव भएका थिए । उद्योग परिषद्का हाकिम भए ।[८]

उद्योग विभागको निर्देशक[सम्पादन गर्नुहोस्]

महालेखापरीक्षक[सम्पादन गर्नुहोस्]

योजना विकास मन्त्रालयका सेक्रेटरी[सम्पादन गर्नुहोस्]

[९]

कूटनीति[सम्पादन गर्नुहोस्]

नेपालले बेलायत र अमेरिकासँग दौत्य सम्बन्ध कायम गरेपछि पाँडे लन्डन दूतावासमा काउन्सिलर र वासिङ्टनमा प्रथम सचिव नियुक्त भए ।

भारतका लागि नेपाली राजदूत[सम्पादन गर्नुहोस्]

लामो कूटनीतिक भूमिका अनुभव गरेका उनी भारतमा राजदूत हुँदा नेपालको उत्तरी सीमामा रहेका भारतीय सैनिक चेक पोस्ट हटाउने काम भएको थियो। [१०]

त्यस बखतको नेपाल[सम्पादन गर्नुहोस्]

‘त्यस बखतको नेपाल’ विसं. २०३८ मा छापिएको पुस्तकशृंखला हो। पाँच भागमा विभक्त पुस्तकमा १९७७–२००७ सालसम्मका पाँचजना राणा प्रधानमन्त्रीका पालामा भरपर्दो स्रोतबाट सुनेका, लेखक आफैले देखेका र खास आफैले भोगेका घटनाहरु समेटिएको छ। यस पुस्तकमा पाँडेले राणाकालीन सामाजिक, आर्थिक र राजनीतिक इतिहासको बारेमा चर्चा गरेका छन्।

पाँडेको यस पुस्तक शृंखलामा राणाकालको आखिरी तीन दशकभित्रको समयताका भएका राणा व्यवस्था चरमचोटिमा, नेपालमा आर्थिक विकासको कल्पना, नेपालमा प्रजातन्त्रको प्रवेश र नेपालको प्रशासनिक जगको बारेमा उल्लेख गरेका छन्।

यस पुस्तकबाट पाठकले सती प्रथा र दास प्रथा अन्त्यलगायत राणाकालका सुधार, त्यसबेलाको नेपाली समाजको चेतनाको स्तर तथा राणाहरूले सत्ता टिकाउन गरेका अनेक प्रयत्नको जानकारी पाउन सक्छन्। [११]

व्यक्तिगत जीवन[सम्पादन गर्नुहोस्]

उनको विवाह छायादेवी पाँडेसँग भएको थियो। उनका छोरा पृथ्वीबहादुर पाँडे एक बैङ्कर एवं नेपाल इन्भेस्टमेन्ट बैङ्कको प्रमुख कार्यकारी अधिकृत हुन् ।[१२]

स्रोतहरू[सम्पादन गर्नुहोस्]

  1. १.० १.१ http://www.oagnep.gov.np/content.php?id=96 वेब्याक मेसिन अभिलेखिकरण २०१८-०३-२३ मिति
  2. https://www.nepal.ekantipur.com/ampnews/2013-12-15/6239.html वेब्याक मेसिन अभिलेखिकरण २०१८-०६-१५ मिति
  3. http://m.setopati.net/news/6236/ वेब्याक मेसिन अभिलेखिकरण २०१५-०४-२९ मिति
  4. http://www.nepalembassy.in/former-ambassador.html वेब्याक मेसिन अभिलेखिकरण २०१७-०४-०८ मिति
  5. http://nepalitimes.com/news.php?id=11006#.WTq4zMvA7qA
  6. ६.० ६.१ http://nepalitimes.com/news.php?id=1898#.WTqwFsvA7qA
  7. http://ratnabooks.com/yauthordetails.php?mauthor=Sardar%20Bhim%20bahadur%20Panday%20Kshatri
  8. "उहिलेको नेपाल पढ्न", नयाँ पत्रिका, अन्तिम पहुँच २०७६ कार्तिक २३ 
  9. http://rajpatra.dop.gov.np/welcome/book/?ref=790
  10. दिल्ली दूतावास खाली हुनाको परिणाम वेब्याक मेसिन अभिलेखिकरण २०१९-०६-०८ मिति
  11. "दसैंमा दश पुस्तक", नागरिक दैनिक, अन्तिम पहुँच १७ असोज २०७६ 
  12. "Nepal Investment Bank moves Press Council against Arthik Abhiyan", thehimalayantimes.com, अन्तिम पहुँच २०१७-०६-११ 

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

बाह्य कडीहरू[सम्पादन गर्नुहोस्]