सामग्रीमा जानुहोस्

मदनमणि दीक्षित

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
मदनमणि दीक्षित
चित्र:Madan Mani Dixit.jpg
जन्म(१९२३-०२-१७)१७ फेब्रुअरी १९२३
गैरीधारा, काठमाडौं
मृत्यु१५ अगस्ट २०१९(2019-08-15) (उमेर ९६)
ज्ञानेश्वर, काठमाडौं
शिक्षाबनारस हिन्दू विश्वविद्यालयबाट हिन्दू दर्शन तथा धर्मशास्त्रमा स्नातक
पेशालेखक, पत्रकार
उल्लेखनीय कार्य
माधवी, मेरी नीलिमा
जीवनसाथीरीता दीक्षित
सन्तान
मातापिताविष्णुकुमारी आचार्य (आमा)
लक्ष्मणमणि आचार्य दीक्षित (बुबा)
पुरस्कारमदन पुरस्कार, साझा पुरस्कार, आदिकवि भानुभक्त पुरस्कार

मदनमणि दीक्षित (वि.सं. १९७९ - २०७६) नेपाली भाषाका साहित्यकार हुन्। वैदिक तथा पौराणिक साहित्यका पात्रचरित्र र कथावस्तुलाई टिपेर लेख्नु दीक्षितको विशेषता हो । दीक्षितका साहित्यमा पूर्वीय दर्शनका अनुपम उपहारका रूपमा रहेका चार वेद, १८ महापुराण, महाभारतजस्ता ग्रन्थका साररूप देख्न सकिन्छ । माधवी उपन्यास नेपाली आख्यान विधाको सबैभन्दा गहन र बृहत् कृति मानिन्छ । []


जीवनी

[सम्पादन]

मदनमणिको जन्म बाबु लक्ष्मणमणि आचार्य दीक्षित र आमा विष्णुकुमारीका सुपुत्रका रूपमा गैरीधारा, काठमाडौँमा वि.सं. १९७९ फागुन ६ गते (सन् १९२३ फेब्रुवरी १७) का दिन भएको हो । वरिष्ठ आख्यानकार मदनमणि दीक्षितलाई वि. सं. २०६८ सालमा पद्यश्री साधना सम्मान पुरस्कार प्रदान गरिएको थियो ।

मृत्यु

[सम्पादन]

मदनमणि दीक्षितको निधन वि. सं. २०७६ साल श्रावण ३० गते जनैपूर्णिमाका दिन भएको छ। निमोनियाका कारण अस्पताल भर्ना गरिएका उनी स्वास्थलाभ पश्चात् घर फर्किएका थिए। तर बिहान चार बजेतिर कालिकास्थानस्थित घरमै उनको निधन भएको छ।[]

कृतिहरू

[सम्पादन]

उनको पहिलो रचनाका रूपमा वि.सं. २०१९ मा रूपरेखामा 'कसले जित्यो कसले हार्‍यो' शीर्षक कथा प्रकाशित भएको थियो। लामो समय पत्रकारिता गरेका मदनमणि उपन्यास, कथालेखन आदिमा चर्चित रहे। उनका प्रकाशित केही कृतिहरू:

क्रमांकशीर्षकविधा
1माधवीउपन्यास (वि.सं. २०३९)
2चरैवेतिनिबन्ध सङ्ग्रह (वि. सं. २०४४)
3त्यो युगनिबन्ध सङ्ग्रह (वि. सं. २०४७)
4हाम्रा ती दिननिबन्ध (वि. सं. २०२९)
5म रुँदै बिर्सन्छुसंस्मरण (वि. सं. २०२७)
6बर्लिन डायरीका पानायात्रावर्णन (सन् १९८४)
7लाखौं शिशुहरू लिफ्ट मागिरहेछन्
8मेरी आमाको प्रश्नलाई आज जवाफ चाहिएको छ
9कसले जित्यो कसले हार्‍यो?कथा सङ्ग्रह (वि. सं. २०२१)
10दशलाख हिरोसिमातिर
11ग्यास च्याम्बरको मृत्युकथा सङ्ग्रह (सन् १९८५)
12जीवन महाअभियान
13ऋग्वेद: केही प्रमुख सूक्त(वि. सं. २०६५)

उनले समीक्षा (साप्ताहिक)को सम्पादक भएर काम गरे भने उनका कथा, लेख, निबन्ध आदि विभिन्न पत्र-पत्रिकाहरूमा प्रकाशित छन्।

पुरस्कार

[सम्पादन]

बि. सं. २०३९ मा माधवी उपन्यासका लागि उनलाई मदन पुरस्कार प्रदान गरिएको थियो। त्यही वर्ष त्यही उपन्यासले साझा पुरस्कार पनि पाएको थियो । उनले भानुभक्त पुरस्कार, लेखनाथ साहित्य पुरस्कार, भूपालमानिसंह कार्की पुरस्कार, नइ सुकीर्ति पुरस्कार, देवीप्रसाद सापकोटा आमसञ्चार सम्मान, पद्मश्री सम्मान, राष्ट्रिय कलाश्री सम्मान आदिबाट सम्मानित भएका छन् । सूचना तथा सञ्चार मन्त्रालयले यस वर्षको राष्ट्रिय पत्रकारिता पुरस्कार र वरिष्ठ पत्रकार सम्मान पाउने व्यक्तिहरूको नाम सार्वजनिक गरेको छ । पुरस्कार छनौट समितिले यस वर्षको बरिष्ठ पत्रकार सम्मानबाट बयोबृद्ध पत्रकार मदनमणी दीक्षित सहित चार जनालाई छनौट गरेको छ ।[]

नेपाली पत्रकारिता क्षेत्रमा पनि उनको विशिष्ट योगदान छ । ०७४ मा सरकारले दीक्षितलाई राष्ट्रिय पत्रकारिता पुरस्‍कारबाट पनि सम्मान गरेको थियो । दीक्षित साहित्यिक पत्रिका समीक्षाका सम्पादक पनि बनेका थिए ।

यो पनि हेर्नुहोस्

[सम्पादन]

सन्दर्भ सामग्रीहरू

[सम्पादन]

बाहिरी लिङ्कहरू

[सम्पादन]