सूर्यविक्रम ज्ञवाली
सूर्यविक्रम ज्ञवाली (जन्म १९५५ जेष्ठ २९ – २०४२ मङ्सिर १६) एक नेपाली इतिहासकार थिए। उनले राजा पृथ्वीनारायण शाह र भानुभक्त आचार्यलगायत धेरै व्यक्तिहरूको जीवनी लेखे। ज्ञवालीले दार्जिलिङमा प्रधानाध्यापकको रूपमा पनि काम गरेका थिए। अनले गोरखा दक्षिण बाहु (प्रथम श्रेणी), त्रिशक्ति पट्ट (द्वितीय श्रेणी), र त्रिभुवन पुरस्कार (१९७१) प्राप्त गारेका थिए।
जीवनी
[सम्पादन गर्नुहोस्]ज्ञवालीको जन्म १९५५ जेठ २९ ब्रिटिस भारतको बनारसमा बुवा दित्तलविक्रम र आमा पार्वती देवीको घरमा भएको थियो। [१] उनको परिवार गुल्मीबाट बनारस बसाइ सरेको थियो। [२] उनले नेपाली भाषा, साहित्य, संस्कृति र इतिहास विस्तारमा योगदान दिएका छन्। [३] उनले पृथ्वीनारायण शाह र भानुभक्त आचार्यको जीवनी लेखे। [४] [५] ज्ञवाली, धरनीधर कोइराला, र पारसमणी प्रधानले दार्जिलिङमा सँगै काम गरे। [६] उनले दार्जिलिङको सरकारी विद्यालयमा शिक्षक भएर काम सुरु गरे र पछि प्रधान अध्यापकमा बढुवा भए।
सात सालको क्रान्तिपछि ज्ञवाली काठमाडौं सरेका थिए। [६] ज्ञवालीले नेपाल प्रज्ञा प्रतिष्ठानको कुलपतिका रूपमा काम गरेका थिए। [७] काठमाडौंको एउटा सडक उनको नामबाट नामाकरण गरिएको छ जसलाई सूर्यविक्रम ज्ञवाली मार्ग भनिन्छ। [८] उनलाई गोरखा दक्षिण बाहु (प्रथम श्रेणी), त्रिशक्ति पट्ट (द्वितीय श्रेणी), र त्रिभुवन पुरस्कार (१९७१) प्रदान गरिएको थियो। [९] [१०]
उल्लेखनीय कार्यहरू
[सम्पादन गर्नुहोस्]- कवि भानुभक्तको जीवनचरित्र
- नेपाली वीरहरू[११]
- वीर इतिहास
- नेपाल उपत्यकाको मध्यकालिन इतिहास
- पृथ्वीनारायण शाह (१९७७)
सन्दर्भहरू
[सम्पादन गर्नुहोस्]- ↑ "कुशल समालोचक" [Skilled critic], Nagarik (नेपालीमा), अन्तिम पहुँच २१ अप्रिल २०२१।
- ↑ "समालोचनाका ट्रेन्ड सेटर", Annapurna Post (नेपालीमा), अन्तिम पहुँच २०२२-०१-२२।
- ↑ Milestones of History, २०००।
- ↑ Whelpton 2005.
- ↑ Journal of Nepalese Studies, १९९९, पृ: ३६।
- ↑ ६.० ६.१ "The Darjeeling Luminaries", ECS Nepal (अङ्ग्रेजीमा), अन्तिम पहुँच २०२२-०१-२२।
- ↑ Nepali Literature: Background & History, १९७८।
- ↑ Europa World Year Book 2005, २१ जुलाई २००५।
- ↑ Ainy (१९ नोभेम्बर २०१६), "Surya Bikram Gyawali", iStampGallery (en-USमा), अन्तिम पहुँच २१ अप्रिल २०२१।
- ↑ Principal Records of Nepal, १९८०।
- ↑ "Remembering Rishikesh Shaha, a great Nepali diplomat of all time", My Republica (अङ्ग्रेजीमा), अन्तिम पहुँच २१ अप्रिल २०२१।
उद्धरणहरू
[सम्पादन गर्नुहोस्]- A History of Nepal, १७ फेब्रुअरी २००५।