युवराज नयाँघरे

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

युवराज नयाँघरे (वि.सं. २०२६ - ) नेपाली साहित्यकार हुन्।

जीवनी[सम्पादन गर्नुहोस्]

युवराजको जन्म वि.सं. २०२६ असोज १९ गते इलाममा भएको हो। उनले स्नातकसम्म पूरा गरेका छन्।

कृतिहरू[सम्पादन गर्नुहोस्]

उनका प्रकाशित कृतिहरूः
१. संवेदनाका स्वरहरू (निबन्धसंग्रह, वि.सं. २०५५)
२. मुहूर्तको वरिपरि (निबन्धसंग्रह, वि.सं. २०५५)
३. मुखुण्डाको मन (निबन्धसंग्रह, वि.सं. २०५५)
४. काठमाडौंलाई कोर्रा (निबन्धसंग्रह, वि.सं. २०५८)
५. नीलडाम (निबन्धसंग्रह, वि.सं. २०६१)
६. अनाम पहाडमा फनफनी (निबन्धसंग्रह, वि.सं. २०६२)
७. एक हातको ताली (निबन्धसंग्रह, वि.सं. २०६५)
८. घामको चुम्बन (नियात्राहरू, वि.सं. २०६७)
९. स्वाहा (निबन्धसंग्रह, वि.सं. २०६९)
१०. हरियो राहदानी (निबन्धसंग्रह, सन् २०१२)

संलग्नता[सम्पादन गर्नुहोस्]

उनी दुई दर्जनभन्दा बढी साहित्य र संस्कृतिसँग सम्बध्द संस्थामा आबध्द छन्।

पुरस्कार[सम्पादन गर्नुहोस्]

उनले मदन पुरस्कार २०६६ एक हातको ताली निबन्धसंग्रहका लागि पाए। त्यसबाहेक उनले पाएका पुरस्कार, सम्मानहरूः
१. राष्ट्रिय प्रतिभा पुरस्कार - २०५६
२. उत्तम शान्ति पुरस्कार - २०५८
३. युवावर्ष मोती पुरस्कार - २०६१

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

बाहिरी लिङ्कहरू[सम्पादन गर्नुहोस्]