भीमनिधि तिवारी

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
Jump to navigation Jump to search
भीमनिधि तिवारी
जन्मवि.सं. १९६८
डिल्लिबजार, काठमाडौं, नेपाल
मृत्युवि.सं. २०३०
काठमाडौं
पेशालेखक
भाषानेपाली
राष्ट्रियतानेपाली नेपाल
नागरिकतानेपाली
विधाकविता, नाटक, उपन्यास
उल्लेखनीय कार्यहरूबिस्फोट, इन्साफ (उपन्यास)
उल्लेखनीय सम्मानहरूमदन पुरस्कार वि.सं. २०१७


भीमनिधि तिवारी (वि.सं. १९६८ – वि.सं. २०३०) एक नेपाली भाषाका बरिस्ठ साहित्यकार हुन।

जीवनी[सम्पादन गर्ने]

उनको जन्म वि.सं. १९६८ फागुन मसान्तमा काठमाडौंको डिल्लीबजारमा भएको थियो। पिता लालनिधि र माता नन्दकुमारी तिवारीका सुपुत्र भीमनिधिले सात वर्षको हुँदा मातृवात्सल्य गुमाए। राणाकालीन समयमा आफ्नै रूचिमा पाठशाला खोलेर चलाउने शिक्षा प्रेमी तिवारीले वि.सं. १९९५ मा नेपाली साहित्य प्रेस खोले। वि.सं. २००६ साल तिर नेपाल नाटक सङ्घ खोले। आई. ए. सम्म गरेका तिवारी ३२ वर्ष सरकारको अटुट सेवा गरेर उपसचिव पदमा पुगेपछि सेवा निवृत्त भए।

उनले दुई विवाह गरेको थिए।

कृतिहरू[सम्पादन गर्ने]

उनको पहिलो रचनाका रूपमा वि. सं. १९९१मा गोरखापत्रमा 'कविता हरायो' शीर्षकको कविता प्रकाशित भएको थियो। उनले नाटक, काव्य र कथा बढी कलम चलाएको देखिन्छ।

उनका काव्यात्मक कृतिहरूः तर्पण (शोककाव्य, वि.सं. १९९४), कवितानन्द (कवितासंग्रह, वि.सं. २०१०), वरशिक्षा (औपदेशिक काव्य, वि.सं. २०१२), यशस्वी शव (शोककाव्य, वि.सं. २०१३), विस्फोट (कवितासंग्रह, वि.सं. २०१७), कविता कुन्ज (कवितासंग्रह, वि.सं. २०२०), सिंहदरबार (कवितासंग्रह, वि.सं. २०२५), बत्तीसपुतली (चुट्कीला संग्रह, वि.सं. २०२७), चाडवाड आदि हुन्।

उनका अरू कृतिहरूः तिवारीका अप्रकाशित कविता (कविता संग्रह), सहनशीला सुशीला (नाटक, वि.सं. १९९८), आदर्श जीवन (नाटक, वि.सं. २००८), पुतली (नाटक, वि.सं. १९९९), काशीबास (नाटक, वि.सं. २०१०), किसान (नाटक, वि.सं. २००३), नैनिकाराम (नाटक, वि.सं. २००४), विवाह (नाटक, वि.सं. २०१०), पाँच ऐतिहासिक एकाङ्की (वि.सं. २००८), इन्द्रधनुष (वि.सं. २००८), आत्महत्या (नाटक), महाराज भूपतिन्द्र (नाटक), चौतारा लक्ष्मीनारायण (नाटक, वि.सं. २०२४), शिलान्यास (नाटक, वि.सं. २०२३), नोकर (नाटक, वि.सं. २०१४), सिद्धार्ध गौतम (नाटक, वि.सं. २०१३), सत्य हरिश्चन्द्र (नाटक, वि.सं. २०१३), माटोको माया (नाटक), एकाङ्की पल्लव (एकाङ्की संग्रह), एकाङ्की कली (एकाङ्की संग्रह, वि.सं. २०११), बयासी र बीस गजल मेरो (गजल संग्रह, वि.सं. २०१०), नेपाली सामाजिक कहानी (जेठोदेखि मन्तरेसम्म/९ कृति/कथा संग्रह), पन्ध्र प्रबन्ध (प्रबन्ध संग्रह, २००४), इन्साफ (उपन्यास, वि.सं. २०२७), तितौरा मस्यौरा (वि.सं. २०२६), तिवारी सूक्ति संग्रह आदि हुन्।

पुरस्कार[सम्पादन गर्ने]

विस्फोट नामक पद्यविधाको ग्रन्थका लागि उनले वि.सं. २०१७ सालमा मदन पुरस्कार प्राप्त गरेका हुन्। वि.सं. २००९ मा गो.द.बा., वि.सं. २०२२ मा त्रिशक्ति पट्ट, वि.सं. २०१३ मा शुभराज्याभिषेक पदक, जानपद सेवा पदक, जानपद दीर्घसेवा पट्ट र वि.सं. २०२४ मा निदरल्यान्ड्सकी महारानीबाट अफिसर अफ द अर्डर अफ अरेञ्ज नासौको उपाधी पाएका थिए।

निधन[सम्पादन गर्ने]

उनको निधन वि.सं. २०३० साल जेठ १९ गते काठमाडौंमा भयो।

सन्दर्भ सामग्री[सम्पादन गर्ने]

यी पनि हेर्नुहोस्[सम्पादन गर्ने]

बाहिरी लिङ्कहरू[सम्पादन गर्ने]