सामग्रीमा जानुहोस्

इन्साफ (उपन्यास)

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

'इन्साफ' नेपाली साहित्यमा एक महत्त्वपूर्ण उपन्यास हो, जसले नेपाली समाजको यथार्थ चित्रण गर्दछ। यस उपन्यासका रचयिता भीमनिधि तिवारी हुन्। उनी नेपाली साहित्यका वरिष्ठ साहित्यकार हुन्। उपन्यासमा प्राचीन समयदेखि पुरुषले स्त्रीमाथि शासन गर्दै आएको र प्रजातन्त्र प्राप्तिपछि स्त्रीहरू सशक्त एवम् चेतनशील बनेको कुरा औंल्याइएको छ। उपन्यासले लैङ्गिक सन्तुलन, भाषिक विचलन, समानान्तरता, राजनैतिक सन्दर्भ र सामाजिक परिवेशलाई प्रभावकारी रूपमा प्रस्तुत गरेको छ।

उपन्यासमा घर व्यवहार, आर्थिक उपार्जन, सामाजिक सहभागिता जस्ता पक्षमा स्त्रीलाई समान हैसियत तथा सम्मान आवश्यक रहेको कुरा प्रस्तुत गर्दै कानुन र अधिकार व्यवस्थामा स्त्रीलाई मात्र केन्द्रबिन्दु बनाउने र पुरुषलाई पूर्णतः उपेक्षा वा बेवास्ता गर्नुलाई नकारात्मक कार्यका रूपमा चिनाइएको छ। यसले नेपाली समाजको वास्तविकता उद्घाटन गर्दै आकर्षक भाषाको उपयोग गरी कृतिलाई मर्मस्पर्शी र प्रभावकारी बनाएको छ।