करुणाकर वैद्य
स्वरूप
एक अनाथ पृष्ठको रुपमा रहेको, अन्य विकिपृष्ठसित नजोडिएको वा एक-दुईवटा लेखहरूसँग मात्र जोडिएको हुनसक्छ। कृपया सम्बन्धित लेखहरूलाई यस पृष्ठ सूत्रसँग जोड्न सहायता गर्नुहोस् |
करुणाकर वैद्य मदन पुरस्कार विजेता सोधकर्ता हुन्। उनले वि.सं. २०१४ र वि.सं. २०३६ गरी दुई पटक उक्त पुरस्कार पाए।
जीवनी
[सम्पादन गर्नुहोस्]वैद्यको जन्म वि. सं. १९७१ श्रावण महिनामा स्वठ नारायणस्थान, ललितपुरमा भएको थियो। उनको निधन वि. सं. २०४६ सालमा भएको थियो।
कृतिहरू
[सम्पादन गर्नुहोस्]वैद्यका प्रकाशित कृतिहरूः
१. मृत्तिका उद्योग
२. नेपालको परम्परागत प्रविधि (सहलेखन)
३. नेपालको लोककथा सँग्रह
४. नेपाली दन्त्यकथा-सँग्रह
५. विश्व लोककथा सँग्रह
पुरस्कार
[सम्पादन गर्नुहोस्]२०१४ सालमा मृत्तिका उद्योग नामक पुस्तकका लागि र दोस्रोपटक २०३६ सालमा डा. छविलाल गजुरेलसँग संयुक्त रूपमा नेपालको परम्परागत प्रविधि नामक पुस्तकका लागि उनले मदन पुरस्कार प्राप्त गरेका थिए।