खगेन्द्र संग्रौला

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
Jump to navigation Jump to search
खगेन्द्र संग्रौला
तस्वीर उपलब्ध छैन
जन्म २००३ साल मंसीर १०
सुभाङ, पाँचथर
पेशा लेखक, स्तम्भकार, अध्यापन
राष्ट्रियता नेपाली
शिक्षा स्नातक
विधा कथा, नाटक, व्यङ्ग्य
उल्लेखनीय सम्मानहरू मैनाली कथा पुरस्कार

खगेन्द्र संग्रौला नेपालका प्रगतिशील साहित्यकार हुन्। कथा र नाटक विधामा विशेष कलम चलाउने संग्रौला पछिल्लो समयमा विभिन्न पत्रपत्रिकामा राजनीतिक लेख हरू लेख्ने गर्छन्।

खगेन्द्र संग्रौलाको जन्म वि सं २००३ मंसीर १० गते पाँचथरको सुभाङ गाउँमा भएको थियो। [१] प्रगतिशिल लेखक संघ सँग आवद्ध संग्रौला हाल काठमाडौंमा बसोबास गर्दछन्।

कृतिहरू[सम्पादन गर्ने]

  • फुलमाया उपन्यास
  • नलेखिएको इतिहास उपन्यास २०३४
  • आमाको छटपटी उपन्यास ०३४
  • सेतेको संसार उपन्यास २०४०
  • हाँडीघोप्टेको जीतबाजी उपन्यास २०४०
  • चेतनाको पहिलो डाक उपन्यास २०४०
  • फाटेको लँगौटीको टालेको दिमाग नाटक
  • भविष्यको खोजी नाटक
  • हस्तक्षेप कथा संग्रह २०५२
  • जनआन्दोलतका छारोहरू २०४७[१]
  • जूनकिरीको संगीत उपन्यास

अनुवाद[सम्पादन गर्ने]

संग्रौलाले विभिन्न भाषाका साहित्यिक कृतिहरू नेपालीमा अनुवाद समेत गरेका छन्। उनले अनुवाद गरेका केही कृतिहरू

  • युवाहरूकव गीत (चिनियाँ उपन्यास)
  • शत्रु (म्याक्सिम गोर्कीको नाटक)
  • सरकारी निरीक्षक (गोगेलको उपन्यास)
  • अजम्बरी गाउँ (भियतनामी उपन्यास)
  • तारस बुलवा (गोगेलको नाटक)
  • फूल बेच्ने केटी (कोरियाली नाटक)
  • गुनिला चिनियाँ कथामाला (भाग १ देखि भाग ७ सम्म)
  • लू सूनका कथाहरू
  • होन्डुरसकी महिलाको हृदयको आवाज

पुरस्कार[सम्पादन गर्ने]

  • मैनाली कथा पुरस्कार २०४६
  • कृष्णमणि साहित्य पुरस्कार
  • खगेन्द्र सङग्रौला ले आफनै आखाको लयमा भन्ने निबन्ध बाट वि. सं. २०६८ सालका पद्यश्री साहित्य सम्मान प्राप्त गर्न सफल भएका भिए ।

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्ने]

  1. १.० १.१ गरिमा साहित्यिक मासिक, साझा प्रकाशन, वर्ष १८, अंक ५

बाहिरी लिङ्कहरू[सम्पादन गर्ने]