प्रगतिशील लेखक सङ्घ (नेपाल)
स्वरूप
प्रगतिशील लेखक संघ, नेपाल (प्रलेस) नेपालका प्रगतिशील लेखक, साहित्यकार, समीक्षक एवं चिन्तकहरूको संस्था हो । यसका केन्द्रीय अध्यक्ष डा. देवी क्षेत्री दुलाल हुन् ।[१]
स्थापना
[सम्पादन गर्नुहोस्]वि. सं. २००९ असोज ५ गते वीरगन्जमा प्रगतिशील साहित्यकार तथा राजनीतिक व्यक्तित्वहरू सम्मिलित एउटा भेलाद्वारा श्यामप्रसाद शर्माको अध्यक्षतामा महासचिव रत्नदास वैद्य, कोषाध्यक्ष देवीप्रसाद किसान आदिलाई समितिमा राखी यस संस्थाको गठन गरिएको थियो ।[२] यसको मुखपत्र प्रगति त्यसै बेलादेखि प्रकाशित हुन थाल्यो । हाल प्रलेसको नामले प्रकाशित भइरहेकोछ I
सम्मेलन र नेतृत्व
[सम्पादन गर्नुहोस्]- प्रथम राष्ट्रिय सम्मेलन (२०४४ पुस १७ -१८, काठमाडौँ), अध्यक्ष : रमेश विकल
- द्वितीय राष्ट्रिय सम्मेलन (२०४८ असोज ५), अध्यक्ष : श्यामप्रसाद शर्मा
- तेस्रो राष्ट्रिय सम्मेलन (२०५० पुष १६-१७), अध्यक्ष : श्यामप्रसाद शर्मा
- चौथो राष्ट्रिय सम्मेलन (२०५२ फागुन ११-१२), अध्यक्ष : गोविन्द भट्ट
- पाँचौँ राष्ट्रिय सम्मेलन (२०५६ फागुन ११-१२), अध्यक्ष : निनु चापागाईं
- छैटौँ राष्ट्रिय सम्मेलन (२०५९ फागुन २४-२५), अध्यक्ष : आनन्ददेव भट्ट
- सातौँ राष्ट्रिय सम्मेलन (२०६३ जेठ २८-२९), अध्यक्ष : निनु चापागाईं
- आठौँ राष्ट्रिय सम्मेलन (२०६६ जेठ २३-२४), अध्यक्ष : घनश्याम ढकाल
- नवौँ राष्ट्रिय सम्मेलन (२०६९ चैत ३०-३१), अध्यक्ष : डा. अमर गिरी
- दसौँ राष्ट्रिय सम्मेलन (२०७२ चैत २६-२७), अध्यक्ष : मातृका पोखरेल
- एघारौँ राष्ट्रिय सम्मेलन (२०७५ चैत २२-२३), अध्यक्ष : डा. जीवेन्द्रदेव गिरी
- बाह्रौँ राष्ट्रिय सम्मेलन (२०७८ चैत्र २५-२६), अध्यक्ष : डा. मधूसुदन गिरी
- तेह्रौँ राष्ट्रिय सम्मेलन(२०८१ चैत्र २३ र २४), अध्यक्ष : डा. देवी क्षेत्री दुलाल
विवाद
[सम्पादन गर्नुहोस्]सन्दर्भ सामग्रीहरू
[सम्पादन गर्नुहोस्]३. प्रलेसका बिभिन्न अङ्कहरू