जीवेन्द्रदेव गिरी

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
जीवेन्द्रदेव गिरी
जन्म (1952-06-21) २१ जुन १९५२ (उमेर ७१)
सिम्ता, सुर्खेत
पेशालेखक, समीक्षक, प्राध्यापन
राष्ट्रियतानेपाली
शिक्षाविद्यावारिधि
विधाबालसाहित्य, लोकसाहित्य, निबन्ध, समीक्षा
उल्लेखनीय पुरस्कारहरूमहाकवि देवकोटा पुरस्कार (बाल साहित्य), २०७६[१]
धर्महिन्दु

जीवेन्द्रदेव गिरी (जन्मः वि. सं. २००९ असार ८) नेपाली लेखक, समीक्षक, लोकवार्ताकार तथा बाल साहित्यकार हुन्। त्रिभुवन विश्वविद्यालय नेपाली केन्द्रीय विभागका प्राध्यापक, नेपाल प्रज्ञा प्रतिष्ठानका सदस्यसचिव भइसकेका उनी प्रगतिशील लेखक सङ्घका अध्यक्ष पनि हुन्।[२][३]उनले विभिन्न सांस्कृतिक र भाषिक आन्दोलनको अगुवाइ पनि गरेका थिए।[४][५][६]

प्रारम्भिक जीवन[सम्पादन गर्नुहोस्]

उनी सुर्खेतको सिम्तामा जन्मिएका हुन्। सुर्खेतमै उनले विद्यालयमा शिक्षण पनि गरेका थिए।[४]

शिक्षा[सम्पादन गर्नुहोस्]

उनले 'सिम्तालीको भाषा वैज्ञानिक अध्ययन' शीर्षकमा वि.सं. २०६५ मा त्रिभुवन विश्वविद्यालयबाट विद्यावारिधि गरेका छन्।[७]

प्रकाशित कृति[सम्पादन गर्नुहोस्]

  1. भेरी क्षेत्रीय नेपाली क्रियाको संरचनात्मक विश्लेषण
  2. लोक साहित्यको अवलोकन
  3. हाम्रो लोकगाथा
  4. नेपाली बालपत्रिकाको बालसाहित्यमा योगदान
  5. भाषाविज्ञान
  6. भाषा र भाषिका
  7. साहित्यकार जनकप्रसाद हुमागाईं
  8. नेपाली लोकसाहित्यमा जनजीवन
  9. अभिव्यक्ति र सिर्जनाः व्यक्तित्व र समालोचना
  10. भाषा र नेपाली भाषा
  11. नेपाली प्रगतिवादी साहित्यका विशिष्ट आयाम
  12. रचनामा विवेचना
  13. नेपाली साहित्य शृङ्खला भाग १ र २ (२०५२) सह–लेखन

सम्पादित पत्रिका तथा पुस्तक[सम्पादन गर्नुहोस्]

  1. साहित्य सौगात
  2. साहित्य सुमन
  3. साहित्य कोसेली
  4. झिसमिसे
  5. दीपशिखा
  6. सुर्खेती कल्याण समाज स्मारिका
  7. कविता–कोसेली
  8. बालसाहित्य
  9. रातो थुङ्गा
  10. प्रलेस
  11. युगदूत

सम्मान र पुरस्कार[सम्पादन गर्नुहोस्]

  1. महाकवि देवकोटा पुरस्कार, वि.सं. २०७६[१]
  2. षडानन्द पुरस्कार
  3. शिक्षा दिवस पुरस्कार
  4. सुर्खेती प्रतिभा पुरस्कार
  5. दीपा–जनमत पुरस्कार

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

  1. १.० १.१ गाैतम, मञ्जु, "भानु जयन्ती ४२ स्रष्टा पुरस्कृत", नागरिक न्युज, अन्तिम पहुँच १३ अक्टोबर २०२२ 
  2. "तीनवटै प्रज्ञा–प्रतिष्ठानको कार्यकाल सकियो", समाचार दैनिक, अन्तिम पहुँच १३ अक्टोबर २०२२ 
  3. "प्रगतिशील लेखक संघको नेतृत्वमा जीवेन्द्रदेव", झिल्को, अन्तिम पहुँच १३ अक्टोबर २०२२  वेब्याक मेसिन अभिलेखिकरण २०२२-०९-२८ मिति
  4. ४.० ४.१ दुवाल, मोहन, "सिर्जनाका विम्ब–विम्बमा गिरी", न्युज अफ नेपाल, अन्तिम पहुँच १३ अक्टोबर २०२२ 
  5. "भाषा आयोगले तयार पार्‍यो विज्ञको समूह, ९ जनामा कोको परे?", पहिलो पोस्ट, अन्तिम पहुँच १३ अक्टोबर २०२२ 
  6. "मैले पुरस्कारका निम्ति कहिल्यै कहीँ निवेदन हालेन, भनसुन गरेन : डा. मधुसूदन गिरी", रारापाटी, अन्तिम पहुँच १३ अक्टोबर २०२२  वेब्याक मेसिन अभिलेखिकरण २०२२-१०-१२ मिति
  7. "ओली सरकार प्रगतिशील कि अगतिशील ?", अनलाइनखबर, अन्तिम पहुँच १३ अक्टोबर २०२२