गोपाल पराजुली (कवि)

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

गोपाल पराजुली (वि.सं. २००४ - ) नेपाली कवि हुन्।

जीवनी[सम्पादन गर्नुहोस्]

गोपालको जन्म बाबु जीवनाथ पराजुली र आमा थिर कुमारीका सुपुत्रका रूपमा वि.सं. २००४ साल पुस २ गते बुधबारका दिन कोटेश्वर, काठमाडौंमा भएको हो। उनको पूरा नाम गोपालप्रसाद पराजुली हो। उनले नेपालीमा एम्. ए. गरेका छन्।

कृतिहरू[सम्पादन गर्नुहोस्]

उनले गरिमा (मासिक)को सहायक सम्पादक भएर काम गरेका छन्। उनका फुटकर रचना प्रकाशित छन्।

पुरस्कार[सम्पादन गर्नुहोस्]

उनले नयाँ ईश्वरको घोषणा नामक ग्रन्थको लागि मदन पुरस्कार २०६० प्राप्त गरेका हुन्। उनले वि.सं.२०३१मा शुभ राज्याभिषेकको उपलक्ष्यमा आयोजित बृहत नेपाली साहित्य सम्मेलनमा प्रथम भएका थिए। उनले नेपाल प्रज्ञा प्रतिष्ठानबाटबाट पदक तथा पुरस्कार र अन्य विभिन्न अवसरमा अनेक पुरस्कार पाएका छन्।

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

बाह्य कडीहरू[सम्पादन गर्नुहोस्]