सीके लाल
एक अनाथ पृष्ठको रुपमा रहेको, अन्य विकिपृष्ठसित नजोडिएको वा एक-दुईवटा लेखहरूसँग मात्र जोडिएको हुनसक्छ। कृपया सम्बन्धित लेखहरूलाई यस पृष्ठ सूत्रसँग जोड्न सहायता गर्नुहोस् |
बि. स. २०१३ सालमा महोत्तरी जिल्लाको सुगा गाउँमा जन्मिएका सीके लालको न्वारनको नाम चन्द्रकिशोर लाल हो। पेशागत रूपमा ईन्जिनियर रहेका लालको प्रसिद्दि राजनीतिक विश्लेषकको रूपमा रहेको छ । उनी विभिन्न् पत्रिका का स्तम्भकार पनि हुन। उनले लेखेको नाटक 'सपनाको सबिती' मंचन भैसकेको छ।
जीवनी
[सम्पादन गर्नुहोस्]विचारहरु
[सम्पादन गर्नुहोस्]लालका विचारहरु खासगरी नेपाली र दक्षिण एसियाली समाज, राजनीति, र संस्कृतिमा केन्द्रित हुन्छ। उनी समाजका विभिन्न अवयबहरूलाई मिहिन रूपमा केलाएर त्यसको नागरिक र राज्यको सम्बन्ध केलाउन पोक्त छन्। जस्तो, शुक्रबार १२ चैत्र, २०७२ को नागरिक दैनिक मा प्रकासित अस्तव्यस्ततामा अभ्यस्त जनता[१] मा वहा भन्नु हुन्छ: "अस्तव्यस्तताको सबभन्दा ठूलो आकर्षण के हो भने साधनसम्पन्न एवं व्यवहारकुशल, दुवैथरि व्यक्ति अव्यवस्थामै फस्टाउँछन्। सम्पन्नले आफ्नो सुविधा सस्तोमा किन्ने मोलमोलाइ गर्न पाउँछ। चतुरहरू अराजकता प्रबन्धन गर्दै माथि उक्लिन्छन्। यसप्रकार कालान्तरमा अस्तव्यस्त अवस्था स्वतः दिगो बन्न पुग्छ।
नेपालको वर्तमान संकट बारेमा वहाको कान्तिपुर दैनिकमा प्रकासित विचारको भाग यस्तो छ।"
सैनिक सोच राष्ट्रवादमा आधारित हुन्छ । दोस्रो विश्व युद्धमा महान् राष्ट्रवादी हिट्लर भएका हुन्, स्टालिन, माओत्सेतुङ महान राष्ट्रवादी भएका हुन् । राष्ट्रियताले सैनिक सोचलाई हावी गर्छ । त्यसलाई हटाएर सैनिक राष्ट्रवादको साटो सिविक (नागरिक) राष्ट्रवाद आयो । नागरिकताको राष्ट्रियताले सबै नागरिकहरु बीचमा सामन्वय स्थापित हुन्छ । यी तीन विचार धाराको आधारमा नेपाली कांग्रेसको राजनीति सन् १९६० देखि ८० को दसकसम्म चल्यो । त्यसपछि बीपी कोइरालाले के देखे भने यति मात्रले नेपालको राष्ट्रियता बलियो नहुँदो रहेछ । नेपाली समाजमा सैनिक सोच बलियो रहेछ । सैनिक सोचमा राजाले नेतृत्व गर्छन् । त्यसैले प्रजातान्त्रिक सोच भनेको प्रचण्डको भाषामा (सिविक सोच) र सैनिक सोच फ्युजन हो, बीपी कोइरालाको भाषामा भन्ने हो भने समन्वय हो । यसको लागि मेलमिलाप भन्ने भयो । यसको अर्थ एउटा अर्कोमा विलय होइन । दुवै मिलेर बसेनौं भने हामी दुवै बिलाउँछौ भन्ने हो । हामी दुई फरक छौं तर दुवै मिलेर बसेनौं भने दुवै विलय हुन्छौं भनेर मेलमिलापको नीति आयो । यो नीतिको सान्दर्भिकता सन् १९९० मा सकियो ।[१] वेब्याक मेसिन अभिलेखिकरण २०१६-०३-०८ मिति
सन्दर्भ सामग्री
[सम्पादन गर्नुहोस्]बाह्यलिङ्कहरू
[सम्पादन गर्नुहोस्]