बसन्त बस्नेत

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
बसन्त बस्नेत
राष्ट्रियतानेपाली पत्रकार र लेखक
पेशापत्रकार, लेखक
कामदारअनलाइन खबर
उल्लेखनीय कार्य
'७२ को विस्मय', 'महाभारा'

बसन्त बस्नेत एक नेपाली पत्रकार र लेखक हुन्। उनी अनलाइनखबर, अनलाइन समाचार पोर्टलका सम्पादक हुन्। उनले शिलापत्रबाट राजीनामा दिएर सन् २०२२ जुलाई १७ देखि अनलाइनखबरमा काम गर्न थालेका हुन्।[१][२] यसअघि उनले कान्तिपुर राष्ट्रिय दैनिकमा राजनीतिक संवाददाताका रूपमा काम गरेका थिए। उनी नेपाल पत्रिकाका सम्पादक पनि थिए[३] जुन कान्तिपुर पब्लिकेसन्सबाट प्रकाशित हुने गर्दथ्यो।

पत्रकारिता[सम्पादन गर्नुहोस्]

उनी नेपाल पत्रिका र अनलाइन न्यूज पोर्टल शिलापत्रका पूर्व सम्पादक थिए।[४] उनी सन् २०२० अगस्त ३१ देखि जुलाईसम्म[५] शिलापत्रका मुख्य सम्पादक थिए। उनले कान्तिपुर, अन्नपूर्ण टुडे, अन्नपूर्ण पोस्टनागरिक जस्ता राष्ट्रिय दैनिकमा काम गरिसकेका छन्।[६]

पुस्तकहरू[सम्पादन गर्नुहोस्]

उनका दुईवटा पुस्तक प्रकाशित छन्। उनको पहिलो पुस्तक '७२ को विस्मय' सन् २०१८ सेप्टेम्बरमा प्रकाशित भएको थियो।[७] यो पुस्तक २०१५ को नेपालको भूकम्प र वि.सं. २०७२ सालमा नेपालको संविधान जारी भएपछिका घटनाहरूको बारेमा राजनीतिक गैर-कथा हो।[८][९]

उनको दोस्रो पुस्तक, 'महाभारा' माओवादी जनयुद्धको समयमा पूर्वी नेपालमा सेट गरिएको उपन्यास हो।[१०] यो पुस्तक सन् २०२२ जनवरी ८ मा प्रकाशन भएको थियो।[११]

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

  1. diwakar (२०२२-०७-१७), "Onlinekhabar welcomes Basanta Basnet as editor - OnlineKhabar English News" (en-GBमा), अन्तिम पहुँच २०२२-०७-२३ 
  2. "अनलाइनखबरको सम्पादकमा बसन्त बस्नेत नियुक्त", Online Khabar (en-USमा), अन्तिम पहुँच २०२२-०७-२३ 
  3. "नेपाल - राष्ट्रिय साप्ताहिक पत्रिका", nepalmag.com.np (Englishमा), अन्तिम पहुँच २०२२-०८-१७ 
  4. "72 ko Bismaya: 'A significant book about significant times'", kathmandupost.com (Englishमा), अन्तिम पहुँच २०२२-०१-२६ 
  5. "शिलापत्रको प्रधान सम्पादकमा बसन्त बस्नेत", शिलापत्रको प्रधान सम्पादकमा बसन्त बस्नेत, अन्तिम पहुँच २०२२-०१-२६ 
  6. "दैनिक पत्रिका छोडेर म्यागेजिन किन ? सम्पादक बसन्‍त बस्‍नेतसँग अन्तर्वार्ता", Media Kurakani (en-USमा), २०१७-०८-१२, अन्तिम पहुँच २०२२-०१-२६ 
  7. "पत्रकार बस्नेतले ल्याए '७२ को विस्मय'", देशसञ्चार (en-USमा), २०१८-०९-०८, अन्तिम पहुँच २०२२-०१-२६ 
  8. Setopati, सेतोपाटी संवाददाता, "भुइँचालो, संविधान र नाकाबन्दीमा लेखिएको '७२ को विस्मय' सार्वजनिक", Setopati (हिन्दीमा), अन्तिम पहुँच २०२२-०१-२६ 
  9. "72 ko Bismaya: 'A significant book about significant times'", kathmandupost.com (Englishमा), अन्तिम पहुँच २०२२-०१-२६ 
  10. "बसन्त बस्नेतको 'महाभारा' बजारमा", Makalukhabar.com (en-USमा), २०२२-०१-०९, अन्तिम पहुँच २०२२-०१-२६ 
  11. Setopati, सेतोपाटी संवाददाता, "बसन्त बस्नेतले ल्याए 'महाभारा'", Setopati (हिन्दीमा), अन्तिम पहुँच २०२२-०१-२६