विसं २०७२ को महाभूकम्प

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
Jump to navigation Jump to search
विसं २०७२ को महाभूकम्प
२०७२ भूकम्पमा भएको क्षति
विसं २०७२ को महाभूकम्प is located in नेपाल
काठमाडौं
मिति २५ अप्रिल २०१५ (२०१५-०४-२५)
शुरूवात समय ११:५६:२६ एनएसटि[१]
परिमाण ७.६ Mw,[१]
गहिराई १५.० किलोमिटर (९ माइल)[१]
निर्देशाङ्क २८°०८′४९″उत्तर ८४°४२′२९″पूर्व / २८.१४७° उत्तर ८४.७०८° पूर्व / 28.147; 84.708निर्देशाङ्क: २८°०८′४९″उत्तर ८४°४२′२९″पूर्व / २८.१४७° उत्तर ८४.७०८° पूर्व / 28.147; 84.708[१]
प्रकार धकेल्नु[१]
प्रभावित देशहरू नेपाल
भारत
चीन
बङ्गलादेश
तीव्रता IX (हिंस्रक) [१]
पुनः महसूस गरिएका ६.७MW २५ अप्रिल १२:३०
६.७MW २६ अप्रिल १२:५४ [१]
दुई साता सम्म दर्जनौ झट्का महसूस भए
हताहत ७,८८५+ जना मृत्यु [२] १५,९४४+ जना घाइते [२]

विसं २०७२ को महाभूकम्प विसं २०७२ बैसाख १२ गते शनिबार नेपालको प्रमाणिक समय अनुसार ११:५६ (६:११:२६ युटिसि)मा लगभग ३४ किमी (२१ माइल) पूर्व-दक्षिणपूर्व बार्पाकलाई केन्द्रविन्दु बनाई ७.८ रेक्टर स्केलको भूकम्प १५ किमी (९.३ माइल) गहिराईमा गएको हो ।[१] विसं १९९० को महाभूकम्प पछिको यो सबैभन्दा ठुलो भूकम्प हो । भूकम्पले नेपाल सरकारको प्रारम्भिक जानकारी अनुसार नेपालमा मात्रै ५१६२[३] मानिसको ज्यान गएको छ । नेपालसँगै रहेका भारत, चिनबङ्गलादेशमा पनि कयौं मानिस हताहात भएको छ । भूकम्पले गर्दा काठमाडौं उपत्यकामा रहेका युनेस्को विश्व सम्पदा क्षेत्रका शताब्दी पुराना भवनहरू भत्किएका छन् जसमा वसन्तपुर दरवार क्षेत्र पनि रहेको छ । भूकम्पले राजधानी काठमाडौंको मुटुमा अवस्थित ऐतिहासिक नौ तले धरहरा फेदैसम्म ढलेर ध्वस्त भएको छ ।[४]

भूकम्प जानुको कारण[सम्पादन गर्ने]

२०७२ साल बैशाख १२ गते शनिवार मध्यान्न भन्दा केही पहिले जमिनको सतह भन्दा ९ माइल मुनी रहेको एक चट्टान सर्यो र ठुलो धक्का दियो । काठमाडौं उपत्यकालाई चिरिदिएको यो धक्का २० आणविक हतियार फुटे जत्तिकै शक्तिशाली थियो भन्ने अनुमान लगाइएको छ ।

भूकम्पले गरेको विनाश[सम्पादन गर्ने]

वि.सं. २०७२ बैशाख १२ गते मध्यान्नमा गएको भूकम्पको धक्का नेपाल लगायत छिमेकी मुलुक भारत, बङ्गलादेश र चिनमा समेत महसुस भएको थियो । भूकम्पका कारण विश्वका १० पर्यटकिय उपत्यका मध्यको लाङटाङ उपत्यका हिउँ पहिरोमा पुरिएको छ । [५] यसै गरि सिन्धुपाल्चोक जिल्लाको सिपाघाट भन्ने बजार पनि पुरै बगरमा परिणत भएको छ ।[६]। त्यसैगरी भीमसेन थापाले निर्माण गर्न लगाएको धरहरा केवल इतिहासका पन्नामा सिमित भएको छ । यो भुकम्पले केवल घर जमिन मात्र हल्लाएन, सम्पुर्ण नेपालीको मुटु पनि हल्लायो ।

पूर्णरूपले नष्ट धरहरा
पूर्णरूपले नष्ट भक्तपुरको कृष्ण मन्दिर

भूकम्पले गरेको विनाश पछिको केही दृष्य[सम्पादन गर्ने]

जनहानि तालिका[सम्पादन गर्ने]

राष्ट्र अनुसारको क्षति
राष्ट्र मृत्यु घाइते श्रोत
नेपाल नेपाल >८४८६
>१७८६६ [७][८][९]
भारत भारत ७८ ५६० [१०]
चीनी जनवादी गणराज्य चीन २६ ३८३ [११]
बङ्गलादेश बङ्गलादेश २०० [१२]
जम्मा >८२५९ >१९००९


नेपालमा विदेशीहरूको क्षति
राष्ट्र मृत्यु घाइते स्रोत
भारत भारत ४० [१३]
फ्रान्स फ्रान्स १० [१४]
स्पेन स्पेन [१५]
जनबादी गणतन्त्र चीन चीन [१६]
जर्मनी जर्मनी [१७][१८]
इटाली इटाली [१९]
संयुक्त राज्य अमेरिका संयुक्त राज्य [२०]
क्यानडा क्यानडा [२१]
रसिया रुस [१६]
अस्ट्रेलिया अष्ट्रेलिया
भारत भारत
[२२][२३]
इस्टोनिया इस्टोनिया [२४]
हङकङ हङकङ
संयुक्त अधिराज्य संयुक्त अधिराज्य
[२५][२६]
इजरायल इजरायल [२७]
जापान जापान [२८]
न्युजिल्यान्ड न्यु जिल्याण्ड [२९]
 संयुक्त अधिराज्य [३०]
मलेशिया मलेसिया [३१]
जम्मा ८५

बिस २०७२ साल बैशाख १२ गते शनिबारका दिन बिहान ११ बजेर ५६ मिनेट जाँदा गाेरखा जिल्लाकाे बारपाकमा ७.८ रेक्टर स्केलकाे भूकम्प गएकाे छ ।यस भूकम्पका कारण सात हजार भन्दा ठुलाे संख्यामा हताहती भएकाे छ ।


बि.स. २०७२ साल बैसाख १२ गते गएकाे भूकम्पकाे धक्का महसुस १४ दिन बितिसक्दा पनि अझै सम्म गरीएकाे छ । २०७२ साल वैशाख १२ गते शनिबार गएको भूकम्पमा परी हालसम्ममा ७ हजार ९ सय ४१ जनाको ज्यान गई सकेको र खोजि तथा उद्दारकार्य अझै जारी रहेको हुनाले मृत्यु हुनेको संख्या अझै बढ्न सक्ने अनुमान गरिएको छ। हालसम्म धेरै मृत्यु हुनेको सङ्ख्या सिन्धुपाल्चोकमा दुई हजार ९३९ पुगेको छ भने काठमाडौंमा मृतकको सङ्ख्या एक हजार २०९ पुगेको छ । भूकम्पका कारण १० हजार ८०३ सरकारी घरहरु तथा भवन पूर्णरुपमा क्षति भएका छन् । आंशिक रुपमा १५ हजार ०३४ घर तथा भवनहरु क्षति भएका छन् । सर्वसाधारणका २ लाख ९७ हजार २६६ घरहरु पूर्ण क्षति भएका छन् भने २ लाख ७७ हजार ५० घरहरु आंशिक क्षति भएका छन् ।

त्यस्तै बैशाख २९ गते गते गएकाे अर्को ६.९ काे पराकम्पले पनि सामान्य बन्दै गएको जनजिवन पनि फेरि त्रसित भएको थियो । यसमा पनि धेरै मानिसले ज्यान गुमाएका थिए ।

यो पनि हेर्नुहोस[सम्पादन गर्ने]

सन्दर्भ सामग्री[सम्पादन गर्ने]

  1. १.० १.१ १.२ १.३ १.४ १.५ १.६ १.७ "M7.9 – 29 km ESE of Barpak,Gorkha Nepal", United States Geological Survey, २५ अप्रिल २०१५, अन्तिम पहुँच २८ अप्रिल २०१५ 
  2. २.० २.१ "भूकम्पबाट मृत्यु हुनेको संख्या ७ हजार ८८५ पुगेको छ भने १५ हजार ९४४ जना घाइतेभएका छन् शुक्रबार बिहान १० बजेसम्मको हो ।", online news, ८ मे २०१५, अन्तिम पहुँच ८ मे २०१५ 
  3. ढाँचा:Web
  4. "विनाशकारी भूकम्पले नौतले धरहरा ध्वस्त", अनलाईनखबर, १२ वैशाख, अन्तिम पहुँच १२ वैशाख २०७२ 
  5. ekantipur.com/np/2072/1/19/full-story/408309.html
  6. ekantipur.com/np/2072/1/19/full-story/408313.html
  7. नेपाल प्रहरीको रेकर्ड अनुसार
  8. "LIVE: 250 people feared missing after mudslide in Nepal village", The Indian Express, २८ अप्रिल २०१५, अन्तिम पहुँच २८ अप्रिल २०१५ 
  9. http://www.assamtribune.com/scripts/detailsnew.asp?id=apr2815/at050
  10. "Quake claims 72 lives in India", DD News, अन्तिम पहुँच २८ अप्रिल २०१५ 
  11. "25 dead, 117 injured in Tibet following Nepal earthquake", Xinhua, २७ अप्रिल २०१५, अन्तिम पहुँच २८ अप्रिल २०१५ 
  12. "4 killed, 18 Bangladesh districts affected in earthquake, says govt", Bdnews24.com, अन्तिम पहुँच २६ अप्रिल २०१५ 
  13. "40-indian-nationals-confirmed-dead-in-nepalearthquake-8-are-missing", अन्तिम पहुँच ४ मे २०१५ 
  14. "Népal: quatre Français morts et neuf disparus annonce Laurent Fabius" (Frenchमा), HuffPost, अन्तिम पहुँच ६ मे २०१५ 
  15. "59 españoles continúan desaparecidos tras el terremoto en Nepal", Cadenaser, १ मे २०१५, अन्तिम पहुँच २ मे २०१५ 
  16. १६.० १६.१ "Nepal earthquake: International aid effort increased", BBC News, २७ अप्रिल २०१५, अन्तिम पहुँच २७ अप्रिल २०१५  उद्दरण त्रुटी: Invalid <ref> tag; name "BBC-Int" defined multiple times with different content
  17. Getik, Demid, "Foreigner victims Detail of Earthquake", Nepal Police, अन्तिम पहुँच २०१५-०५-०३ 
  18. "Zwei weitere Deutsche nach Erdbeben in Nepal gestorben, nsgesamt geben die nepalesischen Behörden die Zahl der toten Deutschen nun mit vier an", berlinerkurier.de, अन्तिम पहुँच २०१५-०५-०३ 
  19. "terremoto Nepal", Emergenza24, अन्तिम पहुँच २७ अप्रिल २०१५ 
  20. "The fourth American confirmed to have died was Vinh B Truong, who had been enjoying a hiking holiday when the tragedy happened; death toll soars past 5,000", Daily Mail, २७ अप्रिल २०१५, अन्तिम पहुँच २७ अप्रिल २०१५ 
  21. "St. Albert couple confirmed dead following Nepal earthquake", CTV Edmonton, २ मे २०१५, अन्तिम पहुँच २ मे २०१५ 
  22. "Kashmiri-origin mountaineer Renu Fotedar dies in Everest avalanche", Hindustan Times, २८ अप्रिल २०१५, अन्तिम पहुँच २ मे २०१५ 
  23. "Nepal earthquake: Melbourne woman Renu Fotedar killed", The Sydney Morning Herald, २७ अप्रिल २०१५, अन्तिम पहुँच २८ अप्रिल २०१५ 
  24. "Hong Kong resident confirmed dead in Nepal earthquake as 15 more remain missing", SCMP, २८ अप्रिल २०१५, अन्तिम पहुँच २९ अप्रिल २०१५ 
  25. "British death in Nepal earthquake confirmed", BBC News, २०१५-०४-२९, अन्तिम पहुँच २०१५-०५-०३ 
  26. "Nepal earthquake death toll expected to rise sharply - live updates", The Guardian, २७ अप्रिल २०१५, अन्तिम पहुँच २८ अप्रिल २०१५ 
  27. Andrea Vance & Rosanna Price (२८ अप्रिल २०१५), "One Kiwi dead after Nepal earthquake", Staff, अन्तिम पहुँच २८ अप्रिल २०१५ 
  28. "Nepal earthquake: British gap year student confirmed dead", BBC News, ९ मे २०१५, अन्तिम पहुँच १० मे २०१५ 
  29. नेपाल प्रहरीको रेकर्ड अनुसार

बाह्य लिङ्कहरू[सम्पादन गर्ने]