धरहरा

नेपाली विकिपीडियाबाट, एक स्वतन्त्र विश्वकोष
यसमा जानुहोस्: परिचालन, खोज्नुहोस्
धरहरा
विसं १९९० भन्दा पहिलाको धरहरा
विसं १९९० भन्दा पहिलाको धरहरा
स्थान: काठमाडौं, नेपाल
निर्देशांक: 27°41′53″N 85°18′22″E / 27.698°N 85.306°E / 27.698; 85.306
उचाई: ६१.८८ मिटर
निर्माण: विसं १८३२

Lua error in Module:Location_map at line 337: Minutes can only be provided with DMS degrees for longitude.

वर्तमान धरहरा

धरहरा नेपालको राजधानी काठमाडौंको सुन्धारामा अवस्थित ९ तल्ले स्तम्भ आकारको भवन हो। विसं १९९० भन्दा पहिला यसमा ११ तल्ला थियो यसको बार्दली नवौ तलमा रहेको थियो तर १९९० माघ २ मा आएको महाभुकम्पको कारणले बार्दली भन्दा माथीको १०-११ तला भत्किएको थियो र ९ तल्लाको रहेको थियो। पुनः २०७२ वैशाख १२ गते आएको ७.८ रेक्टरको महाभूकम्पले यो पूर्णरूपले नष्ट भै इतिहास बन्न गयो ।[१] धरहराको निर्माण विसं १८८२ सालमा तत्कालिन प्रधानमन्त्री भीमसेन थापाले निर्माण गर्न लगाएका थिए। उनले यसको निर्माण महारानी त्रिपुरासुन्दरीदेवीको सम्झना स्वरूप गर्न लगाएका थिए। भीमसेन थापा प्रधानमन्त्री भएको बेलामा निर्माण गरिएकोले धरहरालाई भीमसेन स्तम्भ पनि भनिन्छ। सामाजिक तथा प्रशासनिक सूचना र जानकारी दिन तथा भेला गराउन पहिले धरहराको टुप्पोबाट बिगुल बजाउने गरिन्थ्यो। बिगुल बजेको सुनेपछि जङ्गी निजामती कर्मचारीहरू कोतमा वा टुँडिखेलमा जम्मा हुनु अनिवार्य थियो ।

धरहरा अथवा भीमसेन स्तम्भ

भूकम्प भन्दा अगाडी यस्तो थियो धरहरा
Dharhara after Nepalquake 4.JPG भूकम्प पछि ध्वस्त भएको धरहरा


इतिहास[सम्पादन गर्ने]

धरहराको निर्माण विसं १८८२ सालमा तत्कालिन प्रधानमन्त्री भीमसेन थापाले महारानी त्रिपुरासुन्दरीदेवीको सम्झना स्वरूप निर्माण गर्न लगाएका थिए । त्यस समयमा यसको उचाई ११ तल्ला थियो । ९० सालको भूकम्पले धरहरा पनि भत्किएको थियो । दुई वर्षपछि तत्कालीन प्रधानमन्त्री जुद्ध शमशेर जंगबहादुर राणाले साबिक बमोजिम नौ तल्ला नै कायम गरी पुनः निर्माण गरेका थिए पुनः विसं २०७२ को महाभूकम्पले यो पूर्ण नष्ट भयो ।

धरहराको बनावट[सम्पादन गर्ने]

हाल रहेको धरहराको सातौं तल्लामा बार्दली थियो । धरहराको उचाइ ६१.८८ मिटर (२०३ फिट) थियो । धरहरा भित्र २१३ सिँढी र बाहिर २५ सिँढी थिए । धरहराको १८८ सिँढी उक्लिएपछि बार्दली आउँथ्यो बार्दलीबाट काठमाडौं उपत्यकाको अधिकांश भाग सजिलैसँग देखिन्थ्यो । धरहराको सबैभन्दा माथिल्लो तलामा शिवलिङ्ग थियो । टुप्पोमा गजुर रहेको ऐतिहासिक स्मारक धरहरा धार्मिक तथा पर्यटकीय दृष्टिले समेत महत्वपूर्ण रहेको थियो । धरहराको निर्माण मुगलशैलीमा गरिएको थियो भने वरिपरिको पर्खाल पनि सोहि शैलीमा निर्माण गरिएको छ । धरहराको निर्माण ईटा र बज्र (सुर्की, चून, मास र चाकुको मिश्रण) बाट भएको थियो । [२]

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्ने]

बाह्य कडीहरू[सम्पादन गर्ने]