लैनसिंह बाङ्देल

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

लैनसिंह बाङ्गदेल (वि.सं. १९८० - वि.सं. २०५९) नेपाली साहित्यकार तथा चित्रकार हुन्।

जीवनी[सम्पादन गर्नुहोस्]

लैनसिंहको जन्म सन् १९२४ डिसेम्बर २१ तारिख (वि.सं. १९८१ साल पुस ७ गते) दार्जीलिङमा भएको हो। बाङ्गदेल नेपाल प्रज्ञा प्रतिष्ठानको कुलपति समेत बने। उनको वि.सं. २०१० साल वैशाख १९ गते पेरिसमा मानकुमारी क्षेत्रीसँग बिहे भयो। मानकुमारी लन्डनको रोयल फ्री अस्पतालमा स्टाफ नर्स थिइन्। बाङ्देलको उत्तराधिकारीका रूपमा डिना बाङ्देल छिन्। उनको पुर्ख्यौली घर नेपालको खोटाङ्ग जिल्लामा पर्दछ। पछि उनी सानेपा, ललितपुरमा बसेका थिए।

उनको वि.सं. २०५९ साल असोज २९ गते निधन भयो ।

कृति[सम्पादन गर्नुहोस्]

उनको पहिलो रचना सन् १९३८मा 'अमावस्याको रात्री' शीर्षकको कथा प्रकाशित भएको थियो। उनका उपन्यास/यात्रा संस्मरण चर्चित छन्। उनका प्रकाशित कृतिहरूः

  • मुलुक बाहिर (उपन्यास, वि.सं. २००४)
  • माइतीघर (उपन्यास, वि. सं. २००५)
  • लङ्गडाको साथी (उपन्यास)
  • रेम्ब्रान्ट
  • स्पेनको सम्झना (यात्रा संस्मरण, वि.सं. २०२१)
  • यूरोपको चिठ्ठी यात्रा (संस्मरण, सन् १९९५)
  • विश्वका ६ महान् कलाकार (जीवनी)
  • प्राचीन नेपाली चित्रकला
  • प्राचिन नेपाली चित्रकला मूर्तिकलाको इतिहास
  • नेपाल चराहरू

सम्पादित, अनूदित र फुटकर कृति[सम्पादन गर्नुहोस्]

  • प्रभात (मासिक, सम्पादक)
  • विश्व कथासङ्ग्रह (सन् १९४५, अनुवाद)
  • विभिन्न पत्र -पत्रिकाहरूमा कथा ,कविता, लेख, निबन्ध आदि प्रकाशित

पुरस्कार[सम्पादन गर्नुहोस्]

  • गोरखा दक्षिणबाहु
  • पृथ्वी प्रज्ञा पुरस्कार
  • भूपालमानसिंह पुरस्कार
  • उत्तमशान्ति पुरस्कार
  • सरस्वती पुरस्कार

बाहिरी लिङ्कहरू[सम्पादन गर्नुहोस्]