सामग्रीमा जानुहोस्

विनोदप्रसाद धिताल

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
विनोदप्रसाद धिताल
जन्म(१९२३-०६-१०)१० जुन १९२३ (वि.सं. १९८० जेष्ठ २८)
काठमाडौं, नेपाल
मृत्यु१६ अगस्ट २००७(2007-08-16) (उमेर ८४)
राष्ट्रियतानेपाली
शिक्षाएम्. ए., बी.एल
पेशासाहित्यकार
उल्लेखनीय कार्य
योजनगन्धा
पुरस्कारमदन पुरस्कार (वि.सं. १९९५)

विनोदप्रसाद धिताल (वि.सं. १९८०- वि.सं. २०६४) नेपाली साहित्यकार हुन्। उनले वि.सं. २०५२ सालको मदन पुरस्कार पाएका थिए।

धितालको जन्म वि.सं. १९८० जेष्ठ २८ गतेका दिन बाबु भैरवप्रसाद धिताल र आमा हुताशन कुमारीका सुपुत्रका रूपमा त्रिपुरेश्वर, काठमाडौंमा भएको हो। उनले एम्. ए., बी.एल गरे।

उनको पहिलो रचना शारदामा वि.सं.१९९६-९७ तिर कविता प्रकाशित भएको थियो। उनका उपन्याससहितका प्रकाशित कृतिहरूः

  • उज्यालो हुनुअघि (उपन्यास)
  • योजनगन्धा (उपन्यास)
  • राधा-मिलन (खण्डकाव्य)
  • अस्ताउन लागेका चन्द्रमासँग
  • डिभाइन कमेडी (अनुवाद)
  • आचार्य विष्णुगुप्त चाणक्य (उपन्यास अनुवाद)
  • लाईफ अफ साई (अनुवाद)

योजनगन्धा नामक पौराणिक उपन्यास ग्रन्थका लागि उनले मदन पुरस्कार २०५२ प्राप्त गरे। योजनागन्धा कै लागि वि.सं. २०५२ सालको साझा पुरस्कार, डिभाइजन कमेडीको अनुवादमा इटलीको लेकचरा दाँतिस पदक (सन् १९९४), र दुई पटक साहित्यमा स्वर्ण पदक पाएका थिए।

उनले नेपाल, भारत, रुस, इटली, बेलायत, अमेरिका, अस्ट्रेलिया, इन्डोनेसिया, अफगानिस्तान आदि देशको भ्रमण गरे।

धितालको वि.सं. २०६४ साउनमा निधन भयो।

सन्दर्भ सामग्रीहरू

[सम्पादन गर्नुहोस्]

बाहिरी लिङ्कहरू

[सम्पादन गर्नुहोस्]

सन्दर्भ सामग्रीहरू

[सम्पादन गर्नुहोस्]