महेशविक्रम शाह

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
महेशविक्रम शाह
जन्ममहेशविक्रम शाह
काठमाडौँ,  नेपाल
वासस्थानकाठमाडौँ, नेपाल
राष्ट्रियतानेपालनेपाली
अन्य नाममहेशविक्रम शाह
पेशासाहित्यकार
जीवनसाथीनेहा राज्य लक्ष्मी शाह
सन्तानसम्राज्ञी राज्यलक्ष्मी शाह (छोरी)
पुरस्कारमदन पुरस्कार

महेशविक्रम शाह नेपाली साहित्यकार हुन्। उनी नेपाल प्रहरीमा सेवारत छन्। उनका ‘ज्याक्सन हाइट’, ‘अफ्रिगन अमिगो’, ‘सिपाहीकी स्वास्नी’, ‘काठमान्डुमा कामरेड’ र 'भुइँखाट' कथा सङ्ग्रहहरु प्रकाशित छन्। उनको कथा सङ्ग्रह ‘छापामारको छोरो’को लागि उनले वि.सं. २०६३ को मदन पुरस्कार पाएका छन्। नेपाली साहित्यका चर्चित कथाकार महेशविक्रम शाहको कथालेखनमा आफ्नै विशिष्ट पहिचान छ।[१]

कृति[सम्पादन गर्नुहोस्]

उनी कथाका लागि बढी कलम चलाउँछन् ।

  • सटाहा (कथासङ्ग्रह, वि.सं. २०५३)
  • सिपाहीकी स्वास्नी (कथासङ्ग्रह, वि.सं. २०५९)
  • अफ्रिकन अमिगो (कथासङ्ग्रह, वि.सं. २०६०)
  • छापामारको छोरो (कथासङ्ग्रह, वि.सं. २०६३)
  • काठमाडौँमा कामरेड (कथासङ्ग्रह, वि.सं. २०६५)
  • ज्याक्सन हाइट (कथासङ्ग्रह, वि.सं. २०६९)
  • भुइँखाट (कथासङ्ग्रह, वि.सं. २०७४)

पुरस्कार[सम्पादन गर्नुहोस्]

उनले 'छापामारको छोरो'का लागि वि.सं. २०६३ सालको मदन पुरस्कार पाएका हुन्।

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

बाहिरी लिङ्कहरू[सम्पादन गर्नुहोस्]