छायादेवी पराजुली

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

छायादेवी पराजुली (वि.सं. १९७४ - वि.सं. २०६३) नेपालीकी स्वतन्त्रता सेनानी हुन्।

जीवनी[सम्पादन गर्नुहोस्]

उनको जन्म वि.सं. १९७४ मंसिरमा सोलुखुम्बुको तेचा गाउँमा भएको हो। छायादेवीको विवाह १८ वर्षको उमेरमा अनन्तलाल पराजुलीसँग भोजपुरमा भएको थियो।

राजनीतिक जीवन[सम्पादन गर्नुहोस्]

वि.सं. २०१५ सालको प्रथम आमनिर्वाचनमा बीपी कोइरालाको निर्देशनमा सुनसरी बलेवास्थित आफ्नै निवासमा मतदान केन्द्र स्थापना गरी कांग्रेसलाई विजयी गराएकी थिइन्।

वि.सं. २०५८ साल असोज १८ गते निरंकुशता लाद्ने राजाको निर्णयविरुद्ध आन्दोलनमा उदाएकी छायादेवीले जनआन्दोलन २मा सक्रिय भूमीका निर्वाह गरिन्।

निधन[सम्पादन गर्नुहोस्]

उनको निधन वि.सं. २०६३ भदौमा भयो। उनका दुई छोरा, तीन छोरी, ३० नाति-नातीना छन्।

हुलाक-टिकट[सम्पादन गर्नुहोस्]

उनको तस्बिर-अंकित हुलाक-टिकट जारी गरिएको छ। दुई रूपैयाँ दरको उक्त टिकट सन् २००७ डिसेम्बर ३०मा सार्वजनिक गरिएको हो।

बाहिरी लिङ्कहरू[सम्पादन गर्नुहोस्]