मारिया क्युरी

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
यसमा जानुहोस्: परिचालन, खोज्नुहोस्
मारिया क्युरी
१९२० मा म्याडम क्युरी
जन्म (१८६७-११-०७)७ नोभेम्बर १८६७
वार्स, पोल्याण्ड
मृत्यु ४ जुलाई १९३४(१९३४-०७-०४) (६६ वर्ष)
प्यासी, हट-सभोई, फ्रान्स
नागरिकता रसियन (पछि फ्रेन्च)
राष्ट्रीयता पोलिस
क्षेत्र भौतिक विज्ञान, रसायन शास्त्र
कार्यस्थल युनिभर्सिटी अफ पेरिस
शिक्षा युनिभर्सिटी अफ पेरिस
डाक्टरी सल्लाहकार हेनरी बेक्वेरेल
डाक्टरी शिष्य André-Louis Debierne
Óscar Moreno
Marguerite Catherine Perey
प्रसिद्धि रेडियोएक्टिभिटी, पोलोनियम, रेडियम
सम्मान(पुरस्कार) भौतिक शास्त्रमा नोबेल पुरस्कार (१९०३)
डेभि मेडल (१९०३)
म्याटयुसी मेडल (१९०४)
रसायन शास्त्रमा नोबेल पुरस्कार (१९११)
हस्ताक्षर
जिवनसाथी पियरे क्युरी (१८५९-१९०६)
टिप्पणी
उनी एक मात्र दुई भिन्न विज्ञानमा नोबेल पुरस्कार विजेता हुन्
उनी पियरे क्युरीकी श्रीमती तथा इरेने जोलियट-क्युरीइभ क्युरीकी आमा हुन्।

मारिया क्युरी (वाल्यकालको नाम: मारिया सालोमिया स्कोलोडोवस्का) (/ˈkjʊri,_kjʊˈri/;[१] फ्रेञ्च: [kyʁi]; (१८६७ नोभेम्बर ७ - १९३४ जुलाई ४) एउटा विख्यात भौतिकविद तथा रसायनशास्त्री थिइन । उनले रेडियम तत्व पत्ता लगाएकी थिइन् ।[२] विज्ञानको दुई शाखामा (भौतिक शास्त्रमा नोबेल पुरस्कार तथा रसायन शास्त्रमा नोबेल पुरस्कार)मा नोबेल पुरस्कार बाट सम्मानित हुने पहिलो वैज्ञानिक हुन ।[३] वैज्ञानिक आमा मेरीका दुबै छोरीहरूले पनि नोबल पुरस्कार प्राप्त गरेका थिए। जेठी छोरी आइरीन लाई १९३५मा रसायन विज्ञानमा नोबेल पुरस्कार प्राप्त भएको थियो भने कान्छी छोरी ईव लाई १९६५मा शान्तिको लागी नोबेल पुरस्कार जितेकि थिइन। म्याडम क्युरी आधुनिक विज्ञान जगत्लाई महत्वपूर्ण योगदान दिएर गौरवमय स्थान राख्न सफल साधिका हुन्। एउटै वंशमा पहिलो र दोस्रो पुस्ताका गरी पाँच जना सदस्यले नोबेल पुरस्कार भित्र्याउन सक्नु विश्वकै लागि उदाहरण भएको छ। आफ्नो जीवनकालमा म्याडम क्युरी दुईपटक नोबेल पुरस्कारबाट विभूषित भइन् भने यिनका पति पियरे क्युरी,छोरी इरेने क्युरी एवम् ज्वाई फ्रैकरिक जुलियटले पनि नोबेल पुरस्कारबाट विभूषित हुने अवसर पाए।

जीवनी[सम्पादन गर्ने]

म्याडम क्युरीको जन्म ७ नोभेम्बर १८६७मा पोल्यान्डको राजधानी वार्सामा भएको थियो। यिनको बाल्यकालको नाम मारिया सालोमिया स्कोलोडोवस्का थियो। यी दस वर्ष पुग्दा यिनकी आमाको क्षयरोगले मृत्यु भयो। उनकी एउटी दिदीको पनि अल्पायुमै मृत्यु भएको थियो। उनि, उनकी एउटी दिदी र दाइ तीनैजनाले बिद्यालयमा उत्क्रिस्ठ स्थान प्राप्त गरेका थिए। उनीकी दिदी र दाइ दुवै स्थापित योग्य चिकित्सक भए । [४]

म्याडम क्युरीले बाल्यकालमा शिक्षाको राम्रो अवसर पाएकी थिइन्। यिनका आमाबाबु अध्यापक भएका कारणले पनि हुनसक्छ पढाइप्रति यिनको ठूलो रूचि थियो। अध्ययनलाई नै आफ्नो ध्येय मान्ने म्याडम क्युरीलाई हाइस्कुल तहको परीक्षामा असाधारण योग्यता प्रदर्शन गरेवापत स्वर्णपदकद्वारा सम्मान गरिएको थियो। हाइस्कुलपछिको अध्ययनलाई निरन्तरता दिन उनले पोल्यान्डलाई छाड्नुपर्यो। त्यसताका पोल्यान्डमा महिलाहरूलाई उच्च शिक्षाको अवसर कमै थियो। आफ्नो उच्च शिक्षा अध्ययन गर्ने धोकोलाई पूरा गर्न यिनी फ्रान्स गइन्। पेरिस विश्वविद्यालयमा भर्ना भई विग्याको स्नातकोत्तर परीक्षामा प्रथम स्थान हासिल गरिन्। उनले सन् १८९३ मा भौतिकशास्त्रमा र १८९४ मा गणितमा स्नातकोत्तरको डिग्री लिएकी थिइन्। [५]

विश्वविद्यालयको अध्ययनसमाप्तिपछि यिनको भेट प्रसिद्ध वैज्ञानिक पियरे क्युरीसंग भयो। यिनीहरूका बीच गहिरो मित्रता कायम भयो। यही प्रगाढ मित्रता क्रमश: वैवाहिक सम्बन्धमा परिवर्तन भयो। पियरे क्युरीसंग वैवाहिक सम्बन्ध गाँसिएपछि उनी म्याडम क्युरीको नामले चिनिएकी थिइन्। तर विवाहको दसौं वर्षमा पति पनि गुमाइन् । [६]

प्रोफेसर हेनरी बैकर रेडियम क्रियाकलापसम्बन्धी अनुसन्धानमा कार्यरत थिए । युरेनियम तत्वबाट अद्रिश्य किरणहरू निस्कन्छन् र यी किरणहरू सबैभन्दा शक्तिशाली हुन्छन् भन्ने यिनको भनाइ थियो। म्याडम क्युरीले यिनै विज्ञानका विशेषज्ञ एवम् प्राध्यापककी सहायिका भई काम गरिन्। प्रयोगशालामा रेडियम क्रियाकलापसम्मन्धी खोजमा म्याडम क्युरीले प्रत्यक्षरूपमा सम्मिलित भएर देख्ने र बुझ्ने अवसर पाइन्। रेडियम एउटा विचित्र किसिमको तत्व हो,जसबाट किरणहरू निस्कन्छन्। यी किरणहरूलाई रेडियोधर्मी किरण भनिन्छ र जुन तत्वहरूबाट यी किरणहरू निस्कन्छन् ,रेडियो सक्रिय-तत्व भनिन्छ। रेडियमका किरणहरू साह्रै तिखा हुन्छन् ,सजिलैसंग कुनै पनि बस्तुबाट वारपार भई छेडेर निस्कन्छन्। यसको उपयोग क्यान्सर रोगको निदानका लागि गरिन्छ।

अनुसन्धान र खोज सीमितरूपमा रहदैन। एकपछि अर्को नया सिद्धान्त एवम् प्रयोग भइरहन्छ। साधकहरू वास्तविक एवम् तथ्य कुरो पत्ता लगाउने अभीष्ट पूरा नहुन्जेलसम्मका लागि प्रयत्नशील रहन्छन्। यही कुरालाई सिर्थक बनाउन क्युरी दम्पती रेडियमसम्बन्धी नवीन रहस्यहरू खोतल्न प्रयत्नरत रहे। क्युरी दम्पतीले युरेनियमको पिच ब्लेन्डबाट किरणहरू निस्कने कुरा पत्ता लगाए। यिनीहरू पिच ब्लेन्डलाई रातदिन मेहनत गरी तताउथे र तताएर निस्केको पदार्थलाई टेस्टट्युबमा राख्थे। कैयौ दिनको मिहिनेत पछि एकदिन यिनीहरूले टेस्टट्युबमा हलुका रङको प्रकाश देखे। यो देखेर क्युरी दम्पति ज्यादै खुसी भए अनि त्यो उज्यालो नौलो वस्तुको नाम रेडियम राखे। यही अनुसन्धानका लागि यिनीहरूलाई सन् १९०३ मा नोबेल पुरस्कार दिइएको थियो। म्याडम क्युरीकी छोरी इरेने क्युरी पनि कम प्रतिभाशाली थिइनन्। यिनले पनि आफ्ना पतिसंग मिली क्रित्रिम रेडियोधर्मीतत्व बनाउने कुराको आविष्कार गरेकी थिइन्। यसका लागि दुवैलाई संयुक्तरूपमा सन् १९३५ मा नोबेल पुरस्कार दिइएको थियो।

म्याडम क्युरी विज्ञान मोहबाट कहिल्यै पनि विरक्त भइनन्। उनी विज्ञनका प्रयोगशालाबाट नयानया कुराको आविष्कार गर्न तल्लीन रहन्थिन्। यिनी सन् १९११ मा रसायन विज्ञानमा योगदान पुर्याएबापत नोबेल पुरस्कारबाट सम्मानित भएकी थिइन्। पतिको बग्गी दुर्घटनामा परी म्रित्यु भए पश्चात यिनी ठूलो आपतमा परिन्। जस्तोसुकै पीडा खप्नु परे पनि यिनले पेरिसमा "क्युरी इन्स्टिच्युट अफ रेडियम" नाम गरेको संस्था खोलिन्। यिनले विज्ञान क्षेत्रमा गरेको अमूल्य योगदानको कदर स्वरूप रेडियोधर्मी एकाइको नाम क्युरी राखिएको छ। यस्तै एउटा तत्वको नाम क्युरीयम राखिएको छ।म्याडम क्युरी साह्रै दयालु स्वाभावकी थिइन्। यिनले प्रथम विश्व युद्धमा घाइतेहरूको ठूलो सेवा गरिन्। यिनको जीवन मानवकल्याणका लागि समर्पित थियो। समाजसेवा र विज्ञानमा अहोरात्र गर्नुपर्ने अनुसन्धान एवम् रेडियोधर्मी पदार्थसंगको अविरल निकटताले गर्दा यिनका आखाँलाई ठूलो असर पर्यो। रेडियो विकिरणले गर्दा क्यान्सर रोग लाग्यो। अन्तत: ६ जुलाई १९३४ को दिन विज्ञान जगतकी साधिका क्युरीको जीवनलीला समाप्त भयो। म्याडम क्युरी हाम्रा सामु नभए पनि मानवकल्याडका लागि समर्पित महत्वपूर्ण आविष्कारले सदैव यिनलाई स्मरण गराइरहनेछ॥

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्ने]

  1. "Curie". Random House Webster's Unabridged Dictionary.
  2. "म्याडम मारिया क्युरी" (एचटीएमएल), साइंस ब्लगर्स असोसिएशन अफ इंडिया, मूलबाट २०१२-०७-१५-मा सङ्ग्रहित।  |accessyear= प्यारामिटर ग्रहण गरेन (सहायता); |accessmonthday= प्यारामिटर ग्रहण गरेन (सहायता)
  3. "नोबेल पुरस्कार का तथ्य"  |अभिगमन तिथि= प्यारामिटर ग्रहण गरेन (सहायता)
  4. http://www.nagariknews.com/news/1094
  5. http://www.nagariknews.com/news/1094
  6. http://www.nagariknews.com/news/1094

बाहिरी कडीहरू[सम्पादन गर्ने]