रेडियम आधुनिक पेरियोडीक तालिकामा समावेश गरिएको एक रसायनिक तत्त्व हो, यसको सङ्केत Ra हो र यसको आणविक संख्या ८८ हो। यो पेरियोडिक तालिकाको दोस्रो तत्त्व हो जसले अल्कालाइन अर्थ धातु पनि भनिन्छ। शुद्ध र्याडियम चाँदी जस्तै चम्किलो सेतो हुन्छ तर यसले तुरन्तै नाइट्रोजनसँग (अक्सिजनसँग भन्दा पनि) प्रतिकृया गर्दछ र सतहमा कालो र्याडियम नाइट्राइडको (Ra3N2) तह बनाउँछ। र्याडियमका सबै आइसोटपहरू रेडियोधर्मी हुन्छन् जसमध्ये र्याडियम-२२६ सबै भन्दा स्थाइ हुन् जसको अर्ध-जीवन (half-life) १६०० वर्षको हुन्छ र पछि र्याडन ग्यासमा विलय हुन्छ विशेष रूपमा र्याडन - २२२। जव र्याडियम विलय हुँदै जान्छ आयोनिकरण गर्ने विकिरणको उत्पादन हुन्छ जसले प्रकाशसंवेदनशील (fluorescent) रसायनहरूलाई उत्साहित गरेर रेडियोलुमिनेसेन्स उत्पन्न गर्दछ।