सुन
सुन एक धातु हो जसको ल्याटिनमा चिन्ह Au रहेको छ यसलाई भन्दा अउरम(Aurum) वा छोटकरिमा Au पनि लेखिन्छ। यो एक (रासायनिक तत्व हो। यसको परमाणु संख्या ७९ हो।
सुनको विश्वव्यापी मान्यताको कारण भनेको यो बहुमुल्य धातु हो र यसलाई सुखको गहना र दुःखको खजना भन्ने भनाई पनि हाम्रो समुदायमा प्रचलित छ जसका कारण सुनको महत्त्वलाई टेको दिन सकेको छ । सुनचाँदी बजार पत्रिकाका सम्पादक प्रकाश समीरका अनुसार नेपाली मौलिक गहनाहरूमा सुनको अत्याधिक प्रयोग हुने गरेकाले पनि नेपालमा सुनको महत्त्वमा बृद्धि भएको बताउनुहुन्छ । विकशित मुलुकहरूमा आधुनिक मेसिनहरुद्धारा कम तौलमा सुनका गहना तयार गर्ने गरिए पनि नेपालमा त्यो नरहेको र अझै पनि नेपाली मौलिक गहनाहरु बढी मात्रामा चल्ने गरेकोले सुनको खपत नेपालमा अत्याधिक हुने गरेको समीरको भनाई छ । लामो समयसम्म सुनचाँदीको क्षेत्रमा क्रियाशिल पत्रकार प्रकाश समीरले नेपालमा सुनको कारोवारमा निश्चित मापदण्ड नबनेका कारण यसको कारोवारमा समस्या देखिएको पनि बताउनुहुन्छ ।