कैलाश सत्यार्थी

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
कैलाश सत्यार्थी
कैलाश सत्यार्थी
जन्म (1954-01-11) ११ जनवरी १९५४ (उमेर ६९)
विदिशा, मध्य प्रदेश, भारत
राष्ट्रियताभारतीय
शिक्षासम्राट अशोक प्राविधिक संस्थान, विदिशा[१]
पेशाबाल अधिकार कार्यकर्ता, प्रारम्भिक बाल शिक्षा कार्यकर्ता, पुर्व इलेक्ट्रोनिक इन्जिनियर[२]
चिनारीको कारणसक्रियतावाद
धर्महिन्दू
पुरस्काररोबर्ट एफ केनेडी मानव अधिकार पुरस्कार
इटाली सिनेटको पदक
अल्फोन्सो कमिन अन्तर्राष्ट्रिय पुरस्कार
अन्तर्राष्ट्रिय शान्ति पुरस्कार, जर्मनी
लोकतन्त्र रक्षक पुरस्कार
२०१४ नोबेल शान्ति पुरस्कार[३]
वेबसाइटkailashsatyarthi.net

कैलाश सत्यार्थी (जन्म: ११ जनवरी १९५४) भारतको एउटा बाल अधिकार कार्यकर्ता हुन् जसलाई सन् २०१४ मा शान्तिको लागि नोबेल पुरस्कार ले सम्मानित गरिएको छ । उनी बाल श्रम विरुद्ध भारतीय अभियानमा १९९० को दशक देखि नै सक्रिय रहेका छन् । उनी द्वारा सञ्चालित सङ्गठनको नाम हो - बचपन बचाओ आन्दोलन । यस सङ्गठनले लगभग ८० हजार बाल श्रमिकहरूलाई मुक्त गराएका छन् र तिनको पुनर्वास तथा शिक्षाको व्यवस्थामा सहायता गरेका छन् । उनी सँगै पाकिस्तानका बाल अधिकारको लागि सक्रिय रहेका मलाला युसफजईलाई पनि २०१४ को शान्ति पुरस्कार प्रदान गरिएको छ । यो पुरस्कार उनलाई बच्चाहरु तथा युवाहरूको दमनको बिरुद्ध कार्य गरेकोले तथा सबैको शिक्षाको अधिकारको लागि संघर्ष गर्नका लागि दिइएको हो ।[४]

परिचय[सम्पादन गर्नुहोस्]

भारतको मध्य प्रदेशको विदिशामा जन्म लिएका कैलाश सत्यार्थी 'बचपन बचाओ आन्दोलन' चलाउछन् । उनी पेशाले इलेक्ट्रोनिक इन्जिनियर हुन् तर उनी २६ वर्षको उमेरमै उनले आफ्नो क्यारियरलाई त्यागेर बच्चाको लागि काम गर्न सुरु गरेका थिए । हाल उनी 'ग्लोबल मार्च अगेन्स्ट चाइल्ड लेबर' (बाल श्रमको बिरुद्ध विश्वव्यापी अभियान) का अध्यक्ष पनि हुन् ।[५]

सन्दर्भ[सम्पादन गर्नुहोस्]

  1. TNN (२०१४-१०-१०), "'Who is Kailash Satyarthi?'", द टाइम्स अफ इण्डिया, अन्तिम पहुँच २०१४-१०-१० 
  2. TNN, "'Who is Kailash Satyarthi?'", द टाइम्स अफ इण्डिया, अन्तिम पहुँच २०१४-१०-१० 
  3. kailashsatyarthi.net, "'Brief Profile - Kailash Satyarthi'", अन्तिम पहुँच २०१४-१०-१० 
  4. कैलाश सत्यार्थीलाई चिन्नुहोस्
  5. कैलाश सत्यार्थी

बाह्य कडीहरू[सम्पादन गर्नुहोस्]

यी पनि हेर्नुहोस[सम्पादन गर्नुहोस्]