एडभार्ड मोजर

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
एडभार्ड मोजर
Edvard Moser.jpg
२०१० मा एडवर्ड र मे ब्रिट मोजर
जन्म (1962-04-27) २७ अप्रिल १९६२ (उमेर ६१)
एल्संड, नर्वे
राष्ट्रियतानर्वेजियन
चिनारीको कारणग्रीड कोषिका, प्लेस कोषिका, बोर्डर कोषिका, न्यूरो कोषिका
जीवनसाथीमे ब्रिट मोजर
पुरस्कारचिकित्सा (२०१४)
वैज्ञानिक करियर
क्षेत्रन्यूरो विज्ञान
शिक्षाकभ्ली इन्स्टिच्युट फर सिस्टम्स न्यूरोसाइन्स एन्ड सेन्टर फर द बायोलोजी अफ मेमोरी

एडभार्ड मोजर (जन्म २७ अप्रिल १९६२) नर्वेको प्रसिद्ध मनोवैज्ञानिक र ट्रनह्याम, नर्वे स्थित नार्वेजियन यूनिवर्सिटी अफ साइन्स एन्ड टेक्नोलोजी (एनटीएनयू) मा रहेको कभ्ली इन्स्टिच्युट फर सिस्टम्स न्यूरोसाइन्स एन्ड सेन्टर फर द बायोलोजी अफ मेमोरीमा संस्थान निर्देशक हुन् ।

मोजर तथा उनकी स्वास्नी मे ब्रिट मोजर पीएचडी गरेको एक वर्ष पछि सन् १९९६ मा एनटीएनयूमा मनोविज्ञान तथा न्यूरोविज्ञानका सह-प्राध्यापक (एसोशिएट प्रोफेसर) पदमा नियुक्त भएका थिए। मोजरले आफ्नो स्वास्नीसँग मिलेर विभिन्न पुरस्कार प्राप्त गरेका छन् जस मध्ये लोइसा ग्रास होविट्ज प्राइज र कार्ल अवार्ड पनि सामेल छन् । सन् २०१४ मा मस्तिस्कको स्थान पत्ता लगाउने प्रणालीबारे अध्यन गरेवापत उनलाई उनको स्वास्नी तथा जोहन ओ केफे संगै चिकित्साको क्षेत्रमा नोबेल पुरस्कार प्राप्त गरेका छन् ।[१][२]

प्रारम्भिक जीवन[सम्पादन गर्नुहोस्]

मोजरको जन्म एल्संड मा भएको थियो । सन् १९५० मा उनका आमा-बुवा जर्मनीबाट नर्वे सरेका थिए । उनको बुवा पाइप आर्गन निर्माता थिए ।[३][४]

सन्दर्भ[सम्पादन गर्नुहोस्]

बाह्य कडीहरू[सम्पादन गर्नुहोस्]