इसाई धर्म

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
(ईसाई धर्मबाट अनुप्रेषित)
ईद्भास/क्रस - यो ईसाई धर्मको चिन्ह हो

ईसाई धर्म (अन्य प्रचलित नाम:मसीही धर्म वा क्रिश्चियन धर्म) एक इब्राहीमी[१] एकेश्वरवादी धर्म हो, जसका अनुयायीहरूलाई ईसाई भनिन्छ। ईसाई धर्मका अनुयायी ईसा मसीहको शिक्षा अनुसार चल्दछन्। ईसाइहरूमा धेरै समुदायहरू छन् । जस्तै:- कैथोलिक, प्रोटैस्टैंट, आर्थोडोक्स, एवानजिलक आदि। ईसाई धर्मका अनुसार जीव हत्या, अरुको केहि पनि थोकको लोभ गर्नु ,कसैलाई व्यर्थमा आघात पुर्याउनु, व्‍यविचार गर्नु, आदि पाप हो। बाइबल ईसाई धर्मको धर्मग्रन्थ हो।

ईश्वर[सम्पादन गर्नुहोस्]

ईसाई एकेश्वरवादी हुन्, तर उनिहरू ईश्वरलाई त्रीएकको रूपमा बुझ्दछन् -- परमपिता परमेश्वर, उनका पुत्र ईसा मसीह (यीशु मसीह) र पवित्र आत्मा।

परमपिता[सम्पादन गर्नुहोस्]

परमपिता यो सृष्टिका रचयिता हुन् तथा शासक पनि हुन्।,

ईसा मसीह[सम्पादन गर्नुहोस्]

जसको आज विश्वका सबै भन्दा धेरै मान्छे पूजा गर्दछन ति ईसा मसिहा को हुन् ?

ईसाई धर्मका अनुसार ईसा मसीहा स्वयं परमेश्वर थिए उनी पतन भएका (पापी) सबै मनुष्यहरूलाई पाप तथा मृत्युबाट बचाउनको लागि जगतमा देहधारण गरेर आएका थिए। परमेश्वर आत्मा हुन् उनी पापी मनुष्यहरूलाई हैनकी मनुष्यहरू भित्र भएका पापलाई मेटाउनको लागि एक देह धारण गरेर यो धर्तिमा आएका थिए । उनी यस पृथ्वीका पहिला यस्ता ईश्वर थिए जसले मनुष्यहरू बाँचुन् भनेर पापी, रोगी, मूर्ख र सताइएका व्याक्तिहरूको पक्ष लिए तथा त्यसको बदलामा पापको मुल्य आफ्नो ज्यान दिएर चुकाए। हाम्रा पापहरूको सजाय यीशु मसीहले चुकाएकाले नै हमीहरूलाई पापबाट क्षमा मिल्दछ । यो पापी मनुष्य र पवित्र परमेश्वरको मिलनको मिशन थियो जुन प्रभु यीशुको बलिदानबाट पूरा भयो । एक श्रृष्टिकर्ता परमेश्वर भएर उनले पापिहरूलाई मारेनन् तर पापको इलाज गरे। यो कुरा परमेश्वर पिताको मनुष्यहरू प्रतिको अटूट प्रेमलाई प्रगट गर्दछ। परमेश्वर, शारीरमा आए मनुष्यहरूलाई पापबाट बचाउन यो कुरा यीशु मसीहको परिचय हो। यीशु मसीह परमेश्वर थिए। यसै कुरालाई आजको ईसाई धर्मको आधार मानिन्छ। उनले स्वयं भने म हुँ !!! ईसा मसीह (यीशु) एक यहूदी थिए उनी ४ ईसा पूर्वका समयमा इस्राइल इजराइलको गाउँ बेत्लहममा जन्मेका थिए । ईसाईका अनुसार उनकी माता मारिया (मरियम) कुमारी (वर्जिन) थिईन् । ईसा उनको गर्भमा परमपिता परमेश्वरको कृपाले चमत्कारिक रूपले आएका थिए । ईसाको बारेमा यहूदी नबिहरूले यस्तो भविष्यवाणी गरेका थिए "एक मसीहा (अर्थात "राजा" वा तारणहार) जन्म लिने छ।" कसै कसैले ईसा भारतमा पनि आएका थिए भन्ने मान्छन्। पछि गएर ईसाले इजराइलमा यहूदियहरूका माझ प्रेमको सन्देश सुनाए र भने "म नै ईश्वरको पुत्र हुँ"। यो कुरामा पुराणपन्थी यहूदी धर्मगुरु भड्किए र उनका आज्ञानुशार इजराइलको रोमन राज्यपालले ईसालाई क्रूसमा चढेर मर्नाको प्राणदण्ड दिए। ईसाईका अनुसार यसका तीन दिन पछि ईसाको पुनरुत्थान भयो अथवा ईसा पुनर्जीवित भए। ईसाका उपदेश बाइबल का नयाँ नियममा उनका शिष्यहरू द्वारा रेखांकित गरिएका छन्।

पवित्र आत्मा[सम्पादन गर्नुहोस्]

पवित्र आत्मा त्रिएक परमेश्वरका तेश्रा व्यक्तित्व हुन् जसको प्रभावमा व्यक्ति आफू भित्र ईश्वरको महसुस गर्दछ। यो ईसाको चर्च एवं अनुयाईहरूलाई निर्देशित गर्दछ।

बाइबल[सम्पादन गर्नुहोस्]

ईसाई धर्मग्रन्थ बाइबलमा २ भाग छन्। पहिलो भाग (पुरानो नियम) र यहूदिहरूको धर्मग्रन्थ एउटै हुन्। दोश्रो भाग (नयाँ नियम) ईसाका उपदेश, चमत्कार र उनका शिष्यहरूका कामसँग सम्बन्ध राख्दछ।


सन्दर्भ[सम्पादन गर्नुहोस्]

  1. Christianity's status as monotheistic is affirmed in, amongst other sources, the Catholic Encyclopedia (article "Monotheism"); William F. Albright, From the Stone Age to Christianity; H. Richard Niebuhr; About.com, Monotheistic Religion resources; Kirsch, God Against the Gods; Woodhead, An Introduction to Christianity; The Columbia Electronic Encyclopedia Monotheism; The New Dictionary of Cultural Literacy, monotheism; New Dictionary of Theology, Paul, pp. 496–99; Meconi. "Pagan Monotheism in Late Antiquity". p. 111f.