कार्यकारिणी

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

कार्यकारिणी अङ्ग्रेजी: Executive एक शासन कार्यन्वयन गर्ने अधिकार हो ।[१] कार्यकारिणी अधिकारमा राज्य प्रमुख, (राष्ट्रपति), नै कार्यकारी हुन्छन् र उनको भूमिका प्रतिकात्मक स्वरूपको हुन्छ । नेपालको संविधानको धारा ६१ ले राष्ट्रपतिको सम्बन्धमा संवैधानिक व्यवस्था गरे अनुसार राष्ट्रपतिले राष्ट्र प्रमुखको हैसियतमा विभिन्न कार्य सम्पादन गर्नुपर्ने छ । अर्थात विशेषतः व्यवस्थापकीय अधिकार, कार्यपालिका सम्बन्धी अधिकार, न्यायपालिका सम्बन्धी अधिकार लगायत अन्य अधिकारसमेत प्रयोग गर्नेछन् । संविधानले तीनै तह सङ्घ, प्रदेशस्थानीयमा विधायिकी, कार्यकारिणी र न्यायिक अधिकार दिएको छ । जसमा नेपालको स्वतन्त्रता, सार्वभौमसत्ता, भौगोलिक अखण्डता, स्वाधीनता, राष्ट्रिय हित, सर्वाङ्गीण विकास, बहुदलीय प्रतिस्पर्धात्मक लोकतान्त्रिक गणतन्त्रात्मक सङ्घीय शासन प्रणाली, मानव अधिकार तथा मौलिक हक, कानुनी राज्य, शक्ति पृथकीकरण र नियन्त्रण तथा सन्तुलन, बहुलता र समानतामा आधारित समतामूलक समाज, समावेशी प्रतिनिधित्व र पहिचानको संरक्षण गर्ने व्याख्या गरेको छ ।[२]

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

  1. "सङ्घीय संरचनामा स्थानीय तहको सामर्थ्य कति ?", गंग आर.सी. (Ekhabaronline.com), १६ पुस २०७३। [dead link]
  2. "नेपालको सन्दर्भमा राष्ट्रपतिको भूमिका", अर्जुनकुमार खड्का (gorkhapatraonline.com), अन्तिम पहुँच १८ असार २०७४