नेपालमा क्वयेर व्यक्तिहरूको अधिकार

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
Jump to navigation Jump to search

नेपालमा क्वयेर व्यक्तिहरूको अधिकार अथवा सिमान्तकृत यौन अभिमुखिकरण, लैङ्गिक पहिचान र यौन विशेषताका व्यक्तिहरू अधिकार थोरै हद सम्म कानुनतः संरक्षित छ।

नेपालको संविधान[सम्पादन गर्ने]

  • नेपालको संविधान भाग–२ नागरिकता धारा १२ मा " वंशीय आधार तथा लैंगिक पहिचान सहितको नागरिकताः यो संविधान बमोजिम वंशजको आधारमा नेपालको नागरिकता प्राप्त गर्ने व्यक्तिले निजको आमा वा बाबुको नामबाट लैंगिक पहिचान सहितको नेपालको नागरिकताको प्रमाणपत्र पाउन सक्नेछ ।" उल्लेख गरी लैङ्गिक पहिचान अनुसारको नागरिकताको हक सुनिश्चित गरिएको छ ।
  • नेपालको संविधान भाग–३ मौलिक हक र कर्तव्यको धारा १७ र ४२ मा "लैङ्गिक तथा यौनिक अल्पसंख्यक" भनी सिमान्तकृत वर्गमा सुचिकृत गरिएको छ । [१]

तर संवैधानिक शब्दावली 'लैङ्गिक तथा यौनिक अल्पसंख्यक'को औपचारिक परिभाषा भने छैन ।

लैङ्गिक पहिचानको मान्यता[सम्पादन गर्ने]

नेपालमा लैङ्गिक पहिचानको मान्यता सम्बन्धी ठोस कानुन निर्माण भएको छैन । महिला र पुरुष बाहेक "अन्य" उल्लेख गरेर नागरिकता प्रदान गरिने गरिएको छ । तर "अन्य"मा नागरिकता पाएका व्यक्तिहरू अरु परिचपत्र र कागजपत्र पाउँदैनन् र अरु मानव अधिकारहरूबाट पनि वञ्चित छन् । [२] "अन्य" लिङ्ग सम्बन्धीको प्रावधानमा प्रशस्तै आलोचनाहरू भएका छन् । सन् २०२०मा लैङ्गिक पहिचान सम्बन्धी जारी गरिएको मागपत्रले "अन्यलिङ्गी"को प्रावधानलाई खारेज गर्ने समेत माग राखेका छन् । [३]

पहिचान विशेष[सम्पादन गर्ने]

क्वयेर विविधता अन्तर्गतका विविध पहिचान विशेषको अधिकार बारे नेपालमा स्थिति ।

अदालतको फैसला[सम्पादन गर्ने]

नेपालमा क्वयेर अधिकार सम्बन्धी सर्वोच्च अदालतबाट केही फैसलाहरू भएको पाइन्छ । २०६४ सालको फैसला नेपालमा यस विषयक पहिलो अदालतीय फैसला थियो । यस पछि पनि नेपालको सर्वोच्च अदालतले क्वयेर अधिकार बारे विविध फैसलाहरू सुनाएका छन् । हाल सम्म क्वयेर अधिकार सम्बन्धी सर्वोच्च अदालतबाट मात्र फैसला भएको देखिन्छ ।

अभियान[सम्पादन गर्ने]

मागपत्रहरू[सम्पादन गर्ने]

  • राष्ट्रिय पारलैङ्गिक मागपत्र (सन् २०२० मार्च ३१) [४] [५]
  • नेपालमा लैङ्गिक पहिचानको कानुनी मान्यता सम्बन्धी राष्ट्रिय मागपत्र (सन् २०२० मे १७) [६]
  • नागरिकता विधयकमा लैङ्गिक पहिचान सम्बन्धीको मागपत्र (सन् २०२० अगष्ट ६) [७]
  • राष्ट्रिय अन्तरलिङ्गी मागपत्र (सन् २०२० अक्टोबर २६) [८] [९]

दुई छाल (वेभ)हरू[सम्पादन गर्ने]

नेपालमा यस आन्दोनलका दुई छाल (वेभ)हरू आए ।

पहिलो छाल[सम्पादन गर्ने]

सन् २००१मा नील हिरा समाजको स्थापना पश्चात यस आन्दोलनको पहिलो छाल सुरुवात भयो ।

  • लैङ्गिकता तीन थरी हुन्छ भन्ने अवधारणा
  • हिन्दुधर्म र धर्मग्रन्थलाई आधार मानी वकालत गरिने

दोस्रो छाल[सम्पादन गर्ने]

सन् २०१७मा क्वयेर युथ ग्रूपको स्थापना पश्चात यस आन्दोलको दोस्रो छाल सुरु भयो। असंगठित हिसाबले यस धारका आवाजहरू पहिले देखि नै उठिरहेका थिए।

  • लैङ्गिकतायौनिकतालाई विविधतापूर्ण, कुनै कोष्ठकमा कुण्ठित गर्न नहुने भनी हेरिन्छ
  • धर्म निरपक्ष वकालत
  • भाषागत विचार विमर्श

भाषा[सम्पादन गर्ने]

यस आन्दोलनको पहिलो छालमा "समलिंगी तेस्रोलिंगी" भन्ने शब्दावलीको अत्याधिक प्रयोग गरिन्थ्यो । दोस्रो छालको सुरुवातमा भाषागत विचार विमर्शहरू अझै व्यापक भएको देखिन्छ । त्यसपश्चात यस विषयमा शब्दकोषहरू छापिने, आवश्यक शब्दभण्डार निर्माण गर्ने कार्यहरू सुरु भएको देखिन्छ ।

सङ्घ संस्था सङ्गठन[सम्पादन गर्ने]

नेपालमा सिमान्तकृत यौन अभिमुखिकरण, लैङ्गिक पहिचान र यौन विशेषताका व्यक्तिहरूको अधिकार समग्र वा कुनै विशेष पहिचानका समूहसँग कार्यरत सङ्घ संस्था सङ्गठनहरू देहाय प्रकारका छन् :-

व्यक्तित्वहरू[सम्पादन गर्ने]

दिवस[सम्पादन गर्ने]

नेपालमा सिमान्तकृत यौन अभिमुखिकरण, लैङ्गिक पहिचान र यौन विशेषताका व्यक्तिहरू सम्बन्धी देहायका दिवसहरू मनाइन्छ :

सङ्क्षेप तालिका[सम्पादन गर्ने]

समयौनिक यौन सम्पर्क (सन् २०१८ देखि) छ
सहमतिको उमेरमा समानता (सन् २०१८ देखि) छ
रोजगारमा विभेद विरुद्धाका कानुन छैन छ केवल सरकारी निकायहरूमा मात्र
सेवा सुविधामा विभेद विरुद्धका कानुन छ
अरु क्षेत्रमा विभेद विरुद्धाका कानुन छैन छ सरकारी निकायहरूबाट गरिने विभेद सम्बन्धी मात्र
लैङ्गिक पहिचान सम्बन्धी विभेद विरुद्धका कानुन छैन
वैवाहिक समानता / लैङ्गिकता निर्बाधात्मक विवाह छैन (केवल समयौनिक व्यक्तिहरूलाई मात्र लक्षित विवाह प्रस्तावित)
धर्मसन्तान धारण छैन
सैन्य सेवामा लाग्न सक्ने छ
औपचारिक परिचयपत्र र कागजातहरूमा लिङ्गको महल परिवर्तन गर्ने छैन
समयौनिक महिला जोडीलाई आइ भि एफ सेवा छैन
समयौनिक पुरुष जोडीलाई व्यवसायिक सरोगेसी सेवा छैन
पुरुष सँग यौन सम्पर्क राख्ने पुरुषहरूलाई रक्त दान गर्ने समानता छ

हेर्नुहोस्[सम्पादन गर्ने]

सन्दर्भ[सम्पादन गर्ने]

  1. "नेपालको संविधान", Nepal Law Commission। 
  2. "The intricacy of legal gender recognition in Nepal", Youth Voices Count 
  3. "National Charter of Demands on Legal Recognition of Gender Identity", Youth Voices Count 
  4. "राष्ट्रिय पारलैङ्गिक मागपत्र", क्वयेर युथ ग्रुप र पारलैङ्गिक अधिकार समूह। 
  5. "National Transgender Demand Sheet (English Translation Summary)", क्वयेर युथ ग्रुप र पारलैङ्गिक अधिकार समूह। 
  6. "नेपालमा लैङ्गिक पहिचानको कानुनी मान्यता सम्बन्धी राष्ट्रिय मागपत्र", ११ राष्ट्रिय संस्था, ४ अन्तर्राष्ट्रिय संस्था र ११ स्वतन्त्र व्यक्तिहरू। 
  7. "नागरिकता विधयकमा लैङ्गिक पहिचान सम्बन्धीको मागपत्र", २१ संस्था र २९४ व्यक्तिहरू। 
  8. "राष्ट्रिय अन्तरलिङ्गी मागपत्र", क्याम्पेन फर चेन्ज। 
  9. "Intersex Demand Sheet - English", क्याम्पेन फर चेन्ज। 

थप[सम्पादन गर्ने]