नेपालमा अन्तरलिङ्गी व्यक्तिहरूको अधिकार

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

नेपालको संविधानमा 'लैङ्गिक तथा यौनिक अल्पसंख्ख्यक' भनेर उल्लेख गरेतापनि नेपालमा अन्तरलिङ्गी व्यक्तिहरूको अधिकार स्थिति बारे स्पष्टता छैन । [१] स्थानीय अधिकारकर्मीहरूले विभिन्न प्रकारका हननहरू पहिचान गरेका छन् जस्तैकि शारीरिक निष्ठाको अधिकार हनन र विभेदबाट रक्षाको अधिकार हनन । [२]

शारीरिक निष्ठा र स्वायत्तता[सम्पादन गर्नुहोस्]

नेपालमा अन्तरलिङ्गी व्यक्तिहरूको शारीरिक निष्ठा र स्वायत्ततालाई सुरक्षा प्रदान गरेको छैन । अस्पष्ट यौनाङ्ग लिएर जन्मेका व्यक्तिहरूको यौनाङ्गमा जन्मन बित्तिकै वा शिशुवास्थामा शल्यक्रिया गर्ने गरिएको छ । [३]

सन् २०१६ जूनमा संयुक्त राष्ट्र बाल अधिकार समितिले नेपाल सरकारलाई अन्तरलिङ्गी बच्चाहरूको यौनाङ्ग कर्तन सम्बन्धी प्रश्न सोधेका थिए । [४] उक्त समितिले देहायका तीन समस्याहरूलाई पहिचान गरे :-
क) नेपालमा अन्तरलिङ्गी बच्चाहरू सम्बन्धीका मुद्दाहरूमा जनचेतनाको कमी र अन्तरलिङ्गी बच्चाहरूले उच्चतम विभेद तथा लाञ्छना भोग्ने गरेका;
ख) अन्तरलिङ्गी बच्चाहरूले आफ्नो यौन/लैङ्गिक पहिचान अनुसार (आफूले इच्छाएको हिसाबमा) कागजपत्रहरू बनाउन चुनौतीहरू रहेको;
(ग) सुसूचित अनुमती दिन सक्ने हुनु भन्दा अघि नै अन्तरलिङ्गी बच्चाहरूमा चिकित्सकीय हिसाबले अनावश्यक शल्यक्रिया लगायत अरु प्रकृयाहरू गर्ने गरेको । [५]

दिवस[सम्पादन गर्नुहोस्]

नेपालमा अन्तरलिङ्गी व्यक्तिहरू सम्बन्धी अक्टोबर २६ तारिखका दिन अन्तरलिङ्गी जनचेतना दिवस मनाइने गरिन्छ । [६] [७] [८][९]

अभियान[सम्पादन गर्नुहोस्]

नेपालमा अन्तरलिङ्गी अधिकार क्षेत्रमा कार्यरत अन्तरलिङ्गी नेतृत्वको संस्था क्याम्पेन फर चेन्ज रहेको छ । सन् २०२०मा अन्तरलिङ्गी व्यक्तिहरूको पहिचानलाई मान्यता सम्बन्धी राष्ट्रिय अन्तरलिङ्गी मागपत्र जारी गरिएको थियो । [१०] [११] [१२] [१३]

हेर्नुहोस्[सम्पादन गर्नुहोस्]

सन्दर्भ[सम्पादन गर्नुहोस्]

  1. Despite this, the rights situation of intersex people in NepalUnited Nations Development Programme (२०१४), "Being LGBT in Asia: Nepal Country Report", Bangkok: United Nations Development Programme, मूलबाट २०१७-०८-२४-मा सङ्ग्रहित।  वेब्याक मेसिन अभिलेखिकरण २०१७-०८-२४ मिति
  2. A first national meeting of intersex people look place in early 2016,Organised by First openly Intersex Rights Activist Esan Regmi in Nepal. with support from the UNDP.
  3. Regmi, Esan (२०१६), Stories of Intersex People from Nepal, Kathmandu, मूलबाट २०१७-०४-२२-मा सङ्ग्रहित। 
  4. "TRANSCRIPTION > Nepal Questioned over Intersex Genital Mutilations by UN Committee on the Rights of the Child - Gov Denies + Deflects", Zwischengeschlecht, मे २०, २०१६, मूलबाट जुन २४, २०१७-मा सङ्ग्रहित। 
  5. United Nations; Committee on the Rights of Child (जुन ३, २०१६), "Concluding observations on the third to fifth periodic reports of Nepal", Geneva, मूलबाट जुलाई २९, २०१७-मा सङ्ग्रहित। 
  6. "Intersex Day", Intersex Day Project। 
  7. "विजया दशमी, अन्तरलिङ्गी जनचेतना दिवस", हाम्रो पात्रो, २०२०, मूलबाट ३१ अक्टोबर २०२०-मा सङ्ग्रहित। 
  8. "को हुन् अन्तरलिङ्गी? हालसम्म ४० भन्दा बढी प्रकारका अन्तरलिङ्गी फेला", पूर्वाञ्चल दैनिक, २०२०, मूलबाट ३१ अक्टोबर २०२०-मा सङ्ग्रहित। 
  9. "अन्तरलिङ्गी जनचेतना दिवस- लैगिंक आधारमा भेदभाव कायमै", नागरिक अभियान, २०२०, मूलबाट ३१ अक्टोबर २०२०-मा सङ्ग्रहित। 
  10. "राष्ट्रिय अन्तरलिङ्गी मागपत्र", क्याम्पेन फर चेन्ज। 
  11. "Intersex Demand Sheet - English", क्याम्पेन फर चेन्ज। 
  12. "National Intersex Demand Sheet in English", क्याम्पेन फर चेन्ज।  A seven-bullet demand sheet regarding gender identity recognition for intersex individuals and laws/policies concerning it.
  13. "राष्ट्रिय अन्तरलिङ्गि मागपत्र", क्याम्पेन फर चेन्ज।  अन्तरलिङ्गी व्यक्तिहरूको लैङ्गिक पहिचानको मान्यता र त्यस सम्बन्धी कानुन तथा नीतिमा अत्यावश्यक व्यवस्थाहरू सम्बधी सात बुँदे मागपत्र