नेपाल गौरव यात्रा

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
नेपाल गौरव यात्रा
नेपालको पहिलो गौरव यात्राको पहिलो झलक
नेपालको पहिलो गौरव यात्रा
आवृत्तिहरेक वर्ष जून महिनाको दोस्रो शनिबार
स्थान(हरू)काठमाडौँ
उद्घाटन२९ जुन २०१९ (2019-06-29), स्टोनवाल विद्रोह वार्षिकोत्सवको भोली पल्ट
आयोजककर्ताक्वयेर युथ ग्रुप र क्वयेर राइट्स् कलेक्टिभ

नेपाल सिमान्तकृत यौन अभिमुखिकरण, लैङ्गिक पहिचान र यौन विशेषताका व्यक्तिहरूको गौरव यात्रा वा छोटकरीमा नेपाल गौरव यात्रा सन् २०१९ देखि क्वयेर युथ ग्रुप र क्वयेर राइट्स् कलेक्टिभको संयुक्त आयोजनामा भएको थियो । सन् २०२० देखि भने अन्तरलिङ्गी व्यक्तिहरूको अधिकारमा कार्यरत संस्था क्याम्पेन फर चेन्ज पनि जोडिएका थिए । सन् २०१९ मा स्टोनवाल विद्रोहको भोली पल्ट मनाइएको यस गौरव यात्राले हरेक वर्ष जून महिनाको दोस्रो शनिबार नेपालमा गौरव दिवस मनाई गौरव यात्रा आयोजना गर्ने घोषणा गरे । यस गौरव यात्राका लागि सामाजिक संजालमा देहायका ह्यासट्यागहरू प्रयोग गरिन्छ : #NepalPrideParade - सँधैका लागि र #NepalPride(साल) - साल विशेष, जस्तै सन् २०२१का लागि #NepalPride2021 । [१]

वर्ष[सम्पादन गर्नुहोस्]

२०२१[सम्पादन गर्नुहोस्]

सन् २०२१मा नेपाल गौरव यात्रा २०७८ जेठ २९, नेसं ११४१ तछला २६, १२ जून २०२१का दिन आयोजना हुनेछ ।

२०२०[सम्पादन गर्नुहोस्]

कोभिड-१९ विश्वमारीका कारण सन् २०२० मा गौरव यात्राको भौतिक भेला गर्न नसिकेतापनि यो कार्यक्रम रोकिएन । बिहान ७ बजे देखि बेलुकी ७ बजे सम्मका औपचारिक कार्यक्रमहरूको तालिका प्रकाशन गरी अनलाइन मार्फत नै दोस्रो वार्षिक गौरव यात्रा मनाइयो । दोस्रो भएतापनि यो आफ्नै हिसाबले पहिलो पनि थियो : पहिलो डिजिटल गौरव यात्रा । उक्त समय तालिका अनुसार बिहान ७ बजे देखि ११ बजे सम्म सामाजिक संजालमा यस विषय बारे विभिन्न सामाग्री र भिडियोहरू पोस्ट गरियो; बिहान ११ बजे देखि १ बजे सम्म टुटाथोन र इन्स्टाथोन गरी टुइटर र इन्स्टाग्राममा व्यापक संलग्नता जनाइयो; बेलुकी १:३० देखि २:४५ सम्म "मनोस्वास्थ्य र हामी" विषयक वेबिनार; बेलुकी ३ बजे देखि ४:३० सम्म "क्वयेर आन्दोलनमा अन्तर्वर्गियता" विषयमा वेबिनार; र बेलुकी ५ बजे देखि ७ बजे सम्म "नेटवर्किङ" कार्यक्रम रहेका थिए । सामाजिक संजालमा व्यापक संलग्नताले #nepalprideparade ह्यासट्याग पनि ट्रेन्डिङमा आएको थियो । [२] [३] [४] बेलुकी ३ बजेको कार्यक्रममा केही ह्याकरहरू कार्यक्रमको कक्षमा अनाधिकृत तरवले घुसेर यौन चलचित्र चलाउने र कार्यक्रम भङ्ग गर्ने काम पनि गरे । फलतः एउटा नयाँ अनलाइन कक्ष बनाएर कार्यक्रम सार्नु परेको थियो ।

२०१९[सम्पादन गर्नुहोस्]

बिहान १० बजे फिब्वःख्यः (माइतीघर)मा भेला भैइ मानिसहरू नयाँ बानेश्वर तर्फ र्यालि गरे । करीब ४०० जनाको सहभागिता थियो । [५] [६] चारवटा विभिन्न भाषाहरू, अङ्ग्रेजी, नेपाली, नेपालभाषा र तामाङ भाषामा नारा बोकेर र्यालि गरिएको थियो । उक्त र्यालिमा इन्द्रेणी गौरव झण्डा सँगै द्वियौनिक, पारलैङ्गिक व्यक्ति, लैङ्गिक क्वयेर, द्रवलैङ्गिक व्यक्ति, अन्तरलिङ्गी लगायतका विविध गौरव झण्डाहरू पनि बोकिएको थियो । यस र्यालिमा अङ्ग्रेजी र नेपाली भाषहारूमा २४ वटा भन्दा बढी लैङ्गिकता र यौनिकता जनाउने शब्दावलीहरूको ब्यानर प्रदर्शन गरि नेपाली भाषामा यौनिकता र लैङ्गिकता सम्बन्धि नयाँ शब्दहरू समेत प्रचलनमा ल्याइएको थियो । [७] [८] [९] [१०] [११] [१२] उक्त गौरव यात्राको समापन पश्चात् केही आयोजककर्ताहरूलाई सामाजिक संजाल मार्फत आक्रमण गरिएको थियो । उक्त गौरव यात्रा आयोजना गरिएकै कारण गालि गलौज, अपशब्द र विभिन्न धम्की त्रास सहित केही अयोजकहरूका सामाजिक संजालमा आक्रमण भएको थियो । [१३]

विशेषता[सम्पादन गर्नुहोस्]

यो गौरव यात्रा पूर्णतः युवा नेतृत्वमा आयोजना गरिन्छ । यस गौरव यात्रामा 'एलजिबिटी'को सट्टा 'क्वयेर' वा 'सिमान्तकृत यौन अभिमुखिकरण, लैङ्गिक पहिचान र यौन विशेषताका व्यक्ति' भनी प्रयोग गरिन्छ । सन् २०१९ मा भएको यस गौरव यात्रामा माइतीघर मण्डलाको मौलिक नाम 'फिब्वःख्यः' पनि पुनःदाबी गरिएको थियो । यस गौरव यात्राले अन्तरवर्गिय मान्यता राख्दछ र क्वयेर व्यक्तिहरूमा पनि दलित, जनजाती, मधेसी, अपाङ्गता भएका व्यक्ति लगायतका मुद्दा पनि उठाउँदछ । [१४] [१५] [१६] [१७]

थप पढ्नुहोस्[सम्पादन गर्नुहोस्]

सन्दर्भ[सम्पादन गर्नुहोस्]

  1. "Public Release", Nepal Pride Parade। , Every year the second saturday of June is observed as Pride Day in Nepal. Since 2019, Nepal has begun its own autonomous and independent Pride Parade to mark a celebration of diversity of gender and sexuality. The Second Saturday of June in 2020 falls on 13 June 2020 (31 Jestha 2077, 1140 Tachhala-gaa 8).
  2. "Nepal Pride Parade 2020: The show must go on(line)", The Himalayan Times। 
  3. "LGBTQI community celebrates Nepal Pride Parade 2020 online", Aawaaj News। 
  4. "दोस्रो वार्षिक नेपाल गौरव यात्रा", Nepal Pride Parade। 
  5. "Nepal hosts first- ever pride parade marking pride month", My Republica। 
  6. "यौनिक तथा लैङ्गिक अल्पसंख्यकको पहिलो गौरव यात्रा", OnlineKhabar। 
  7. "First Pride Parade in Kathmandu – Happy Pride Month!", NepalBuzz। 
  8. "Sexual minority groups holding pride parade in Kathmandu", OnlineKhabar। 
  9. "Marking pride month, Nepal’s first pride parade to take place tomorrow", The Kathmandu Post। 
  10. "Nepal Pride Parade", Thuprai। 
  11. "What is Pride Parade and its significance?", Rising Junkiri।  वेब्याक मेसिन अभिलेखिकरण २०१९-०६-२९ मिति, This year’s theme for the pride parade in Nepal is ‘Inclusion of queer (gender and sexual minorities) at all levels of state and decision-making process’. This parade will assemble at Maitighar Mandala and will end in New Baneshwor, on June 29 at 10 am.
  12. "Celebration of diversity and sexuality: country’s first pride parade", The Himalayan Times। , The first pride parade taking place in the pride month of June in the country witnessed participants swaying their bodies to a diverse range of pride anthems in Maitighar (Fibwa-Khya) today.
  13. "Organizer of pride parade receives assaults and threats", Nepal Pride Parade। 
  14. "Despite visibility for the LGBTIQ community, societal acceptance remains difficult", The Kathmandu Post। 
  15. "Nepal holds parade during international Pride Month" 
  16. "Nepal holds first Pride parade in Kathmandu", PinkNews। 
  17. "LGBT community celebrates the first pride parade in Nepal", South Asian Times।