नेपाली राहदानी

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
नेपाली राहदानी
जारी गर्ने नेपाल
कागजातको प्रकारराहदानी
उदेश्यचिनिनको लागि
आवश्यकतानेपाली नागरिक
म्याद समाप्तिजारी गरिएको १० वर्ष पश्चात्
रकमरु ५,००० (वयस्क ३२ पाना) रु १०,००० (तुरुन्त)

नेपाली राहदानी नेपाली नागरिकहरूलाई विदेश भ्रमणका लागि नेपाल राहदानी विभागले जारी गर्ने गरेको छ।

राहदानीका प्रकारहरू[सम्पादन गर्नुहोस्]

नेपाल सरकारले ४ प्रकारका राहदानीहरू जारी गर्ने गरेको छ:

  • सामान्य (हरियो)
  • आधिकारिक (निलो)
  • कुटनैतिक (रातो)
  • यात्रा कागजात (कालो)

टिप्पणी[सम्पादन गर्नुहोस्]

भारत र नेपालका नागरिकहरूले भने भूमिगत वा वायुसेवा मार्फत अर्को देश भित्र यात्रा गर्नका लागि राहदानीको आवश्यकता पर्दैन, तर अर्को देशको सीमा पार गर्न भने विमानस्थल वा सिमामा आफ्नो पहिचान खुलाउन आवश्यक हुन सक्छ।

प्रवेशाज्ञा (भिसा) आवश्यक[सम्पादन गर्नुहोस्]

सामान्य नेपाली राहदानीधनीहरूका लागि प्रवेशाज्ञा मुक्त वा आगमन प्रवेशाज्ञा लागू भएका देश वा इलाकाहरू

मे २०१८ सम्म, नेपाली नागरिकहरू ४० देश वा इलाकाहरूमा प्रवेशाज्ञा मुक्त वा आगमन प्रवेशाज्ञाको पहुँचमा रहेका छन्। हेनली राहदानी सूचकाङ्कका अनुसार विश्वमा नेपाली राहदानी ९५ औँ स्थानमा रहेको छ।[१]

तस्बिरहरू[सम्पादन गर्नुहोस्]

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

  1. "विश्वव्यापी वरियता - राहदानी सुचकाङ्क २०१८", हेनली एण्ड पार्टनर्स, ९ मे २०१८-को मूल रूप सङ्ग्रहित, अन्तिम पहुँच ६ मार्च २०१८  |deadurl= प्यारामिटर ग्रहण गरेन (सहायता) वेब्याक मेसिन अभिलेखिकरण २०१८-०५-०९ मिति