राम सहाय यादव

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
रामसहाय प्रसाद यादव
आधिकारिक चित्र
नेपालको तेस्रो उपराष्ट्रपति
पद बहाली
वि.सं. २०७९ चैत ६
राष्ट्रपतिरामचन्द्र पौडेल
प्रधानमन्त्रीपुष्पकमल दाहाल
पूर्वाधिकारीनन्दकिशोर पुन
वन तथा वातावरण मन्त्री
कार्यकाल
वि.सं. २०७८ असोज २२ – वि.सं. २०७९ असार १९
राष्ट्रपतिविद्यादेवी भण्डारी
प्रधानमन्त्रीशेरबहादुर देउवा
निर्वाचन क्षेत्रबारा २
प्रतिनिधि सभा सदस्य
पद बहाली
वि.सं. २०७४ फागुन २०
पूर्वाधिकारीरामचन्द्र यादव
व्यक्तिगत विवरण
जन्म (1970-07-24) २४ जुलाई १९७० (उमेर ५३)[१]
राष्ट्रियतानेपाली
राजनीतिक दलजनता समाजवादी पार्टी
अन्य राजनीतिक
संलग्नता
नेपाल सद्भावना पार्टी
मजफो-नेपाल
जनता समाजवादी पार्टी
जीवन साथीचम्पा देवी यादव[२]

रामसहाय प्रसाद यादव[३][४][५] (Ram Sahaya Prasad Yadav[६] [७]) (जन्म: २०२७ साउन ९) एक नेपाली राजनीतिज्ञ, पूर्व वन तथा वातावरण मन्त्री तथा वर्तमान समयमा नेपालको तेस्रो निर्वाचित उपराष्ट्रपति हुन्।[८] वि.सं. २०७९ चैत्र ३ मा भएको उपराष्ट्रपतिय निर्वाचनमा उनी विजयी भएका थिए।[९]

तत्कालिन मधेशी जनअधिकार फोरमको सामानुपातिक सूचीबाट उनी पहिलो संविधान सभा सदस्य भएका थिए भने वि.सं. २०७४२०७९ मा भएको प्रतिनिधि सभा निर्वाचनमा बारा २ बाट निर्वाचित भएर सङ्घीय संसदको सदस्य भएका थिए।[१०][२]

राजनीतिक करियर[सम्पादन गर्नुहोस्]

यादवले वि.सं. २०४७ सालमा नेपाल सद्भावना पार्टीमा प्रवेश गरेर आफ्नो राजनीतिक यात्रा सुरु गरेका थिए। पछि उनी मधेसी जनअधिकार फोरमको संस्थापक महासचिव भएका थिए। उनी वि.सं. २०६३-६४ को पहिलो मधेस आन्दोलनमा संलग्न थिए। उनी वि.सं. २०६४ मा उनी पहिलो संविधान सभामा निर्वाचित भएका थिए।[११][२]

यादव शेरबहादुर देउवाको मन्त्रिपरिषद्मा वन तथा वातावरण मन्त्रीको रूपमा काम गरेका थिए।[१२]

सम्माननीय उपराष्ट्रपति रामसहाय प्रसाद[१३][१४] यादव: संक्षिप्त जीवनी[१५][सम्पादन गर्नुहोस्]

पारिवारिक परिचय[सम्पादन गर्नुहोस्]

  • नाम :      रामसहाय प्रसाद यादव[१६][१७]
  • जन्म मिति: वि.सं. २०२७ साउन ९ गते ।
  • जन्म स्थान: जिल्ला बारा, साबिक गाउँ विकास समिति कचोर्वा वार्ड नं. ८, टोल: बसवरिया । हाल: जिल्ला बारा, सिम्रौनगढ नगरपालिका वार्ड नं. ९, बसवरिया
  • माता:    सिहवा देवी यादव[१८]
  • पिता: प्रसाद राय यादव।
  • पत्नी: चम्पा देवी यादव ।
  • दाजू: रामधारी प्रसाद यादव ।
  • दिदी: राधिका देवी यादव, राजकली देवी यादव ।
  • बहिनी:  रुकमिला देवी यादव ।
  • छोरा: शत्रुधन यादव, शशि भूषण यादव ।
  • छोरी: सञ्जु यादव  ।

शिक्षा:[सम्पादन गर्नुहोस्]

 बाराको बसवरियास्थित श्री नेपाल राष्ट्रिय प्राथमिक विद्यालयबाट प्रारम्भिक शिक्षा र कचोर्बास्थित श्री जनता निम्न माध्यमिक विद्यालयबाट निमावि तहको शिक्षा । बारा सिम्रौनगढस्थित श्री कंकाली माध्यमिक विद्यालयबाट २०४३ मा प्रवेशिका परीक्षा उत्तीर्ण । बिहार इन्टरमिडियट शिक्षा परिषद् पटना (भारत) बाट सन् १९९० मा विज्ञान/गणित विषयमा प्रविणता प्रमाणपत्र तह (आईएस्सी) उत्तीर्ण । बिहार मुजफ्फरपुरस्थित डा. बाबासाहेब भिमराव अम्वेडकर विश्वविद्यालय अन्तर्गत सीतामढी स्थित एसएलके महाविद्यालयबाट सन् १९९०/९३ मा स्नातक (बीएस्सी) उत्तीर्ण । त्रिभुवन विश्वविद्यालय अन्तर्गत वीरगंजस्थित ठाकुरराम बहुमुखी क्याम्पसबाट वि.सं. २०५५ मा शिक्षा शास्त्र (गणित) मा स्नातक (बीएड) उत्तीर्ण ।

पेशा:[सम्पादन गर्नुहोस्]

बारा कलैयास्थित पन्नादेवी कन्या माध्यमिक विद्यालयमा वि.सं. २०४८–२०६४ सम्म शिक्षण पेशामा आवद्ध ।

अध्यक्ष:[सम्पादन गर्नुहोस्]

वि.सं. २०४६–२०५२ सम्म सरस्वती नवयुवक क्लबका अध्यक्ष भई नेतृत्वदायी भूमिका निर्वाह ।

राजनीतिमा प्रवेश र सगंठन :[सम्पादन गर्नुहोस्]

आन्दोलन:[सम्पादन गर्नुहोस्]

संघर्ष:[सम्पादन गर्नुहोस्]

चुनाव:[सम्पादन गर्नुहोस्]

संविधान सभा:[सम्पादन गर्नुहोस्]

प्रतिनिधि सभा:[सम्पादन गर्नुहोस्]

मन्त्री:[सम्पादन गर्नुहोस्]

वि.सं. २०७८ मा वन तथा वातावरण मन्त्री

उपराष्ट्रपति[१९]:[सम्पादन गर्नुहोस्]

वि.सं. २०७९ फागुन २७ गते जनता समाजवादी पार्टीका तर्फबाट उपराष्ट्रपतिमा उम्मेदवारी दर्ता । वि.सं. २०७९ चैत ३ गते उपराष्ट्रपतिमा विजयी । वि.सं. २०७९ चैत ६ गते उपराष्ट्रपतिको रुपमा पद तथा गोपनीयताको शपथग्रहण ।  

रुचि:[सम्पादन गर्नुहोस्]

 समाज सेवा, पत्रपत्रिका पढ्ने, खेलकूद, संगीत, नयाँ–नयाँ ठाउँको अवलोकन भ्रमण ।

विदेश भ्रमण र प्रतिनिधि मण्डलमा सहभागिता[सम्पादन गर्नुहोस्]

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

  1. संघीय संसद सदस्य, २०७४ परिचयात्मक पुस्तिका [Federal Parliament Members 2017 Introduction Booklet] (नेपालीमा), Nepal: Federal Parliament Secretariat, २०२१, पृ: 270। 
  2. २.० २.१ २.२ काठमाडौँ, नागरिक, "को हुन् नवनिर्वाचित उपराष्ट्रपति रामसहाय प्रसाद यादव?", नागरिक समाचार (नेपालीमा), अन्तिम पहुँच २०२३-०३-१९ 
  3. "स्वागतम् | उपराष्ट्रपतिको कार्यालय", vpn.gov.np, अन्तिम पहुँच २०२३-०६-१२ 
  4. "नेपालको तेश्रो उपराष्ट्रपतिमा रामसहाय प्रसाद यादव निर्वाचित, यस्तो छ विगत", Nepal Tube Australia (en-USमा), अन्तिम पहुँच २०२३-०६-०४ 
  5. Raut, Kumar (२०२३-०३-१८), "यादव तेस्रो उपराष्ट्रपति : RajdhaniDaily.com", राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more... (ne-NPमा), अन्तिम पहुँच २०२३-०६-०४ 
  6. Service, Himalayan News (२०२३-०३-१८), "Ram Sahay Prasad Yadav elected vice-president", The Himalayan Times (अङ्ग्रेजीमा), अन्तिम पहुँच २०२३-०६-०४ 
  7. "A science teacher in Panna Devi School turns Vice-President after a long political journey", GorakhaPatra, अन्तिम पहुँच २०२३-०६-०४ 
  8. डुम्रे, लिलु, "उपराष्ट्रपतिमा रामसहाय प्रसाद यादव निर्वाचित", अनलाइन खबर (नेपालीमा), अन्तिम पहुँच २०२३-०३-१९ 
  9. "उपराष्ट्रपतिमा रामसहाय प्रसाद यादव निर्वाचित", नयाँ पत्रिका (नेपालीमा), अन्तिम पहुँच २०२३-०३-१९ 
  10. "बारा २ बाट जसपाका रामसहाय प्रसाद यादव निर्वाचित", अनलाइन खबर (नेपालीमा), अन्तिम पहुँच २०२३-०३-१९ 
  11. खतिवडा, वसन्त, "रामसहाय यादव : भैँसीगाेठदेखि बहादुरभवनसम्म", नयाँ पत्रिका (नेपालीमा), अन्तिम पहुँच २०२३-०३-१९ 
  12. यादव, एसके, "वनमन्त्री रामसहायको जीवन कथा : भैँसी गोठदेखि सिंहदरबारसम्म", रातोपाटी (नेपालीमा), अन्तिम पहुँच २०२३-०३-१९ 
  13. "स्वागतम् | उपराष्ट्रपतिको कार्यालय", vpn.gov.np, अन्तिम पहुँच २०२३-०६-१२ 
  14. Service, Himalayan News (२०२३-०३-१८), "Ram Sahay Prasad Yadav elected vice-president", The Himalayan Times (अङ्ग्रेजीमा), अन्तिम पहुँच २०२३-०६-०४ 
  15. "रामसहाय प्रसाद यादव : विद्यालयको शिक्षकदेखि उपराष्ट्रपतिसम्म", www.ratopati.com (Nepaliमा), अन्तिम पहुँच २०२३-०६-०४ 
  16. "उपराष्ट्रपति पदको अन्तिम नामावली प्रकाशन : चारै जनाको उम्मेदवारी कायम", GorakhaPatra, अन्तिम पहुँच २०२३-०६-०४ 
  17. Service, Himalayan News (२०२३-०३-१८), "Ram Sahay Prasad Yadav elected vice-president", The Himalayan Times (अङ्ग्रेजीमा), अन्तिम पहुँच २०२३-०६-०४ 
  18. "उपराष्ट्रपति पदको अन्तिम नामावली प्रकाशन : चारै जनाको उम्मेदवारी कायम", GorakhaPatra, अन्तिम पहुँच २०२३-०६-०४ 
  19. काठमाडौँ, नागरिक, "को हुन् नवनिर्वाचित उपराष्ट्रपति रामसहाय प्रसाद यादव?", nagariknews.nagariknetwork.com (नेपालीमा), अन्तिम पहुँच २०२३-०६-०४