रामचन्द्र पौडेल
रामचन्द्र पौडेल | |
---|---|
![]() | |
शान्ति तथा पुनर्निर्माण मन्त्रालय | |
कार्यकाल २०६३ – २०६५ भाद्र[१] | |
राष्ट्रपति | रामवरण यादव |
प्रधानमन्त्री | बाबुराम भट्टराई |
पूर्वाधिकारी | स्थापनाकालिन |
उतराधिकारी | सत्य पहाडी |
व्यक्तिगत विवरण | |
राष्ट्रियता | नेपाली |
चिनारीको कारण | उपसभापति, नेपाली कांग्रेस |
रामचन्द्र पौडेल प्रजातान्त्रिक आन्दोलनका नेता हुन्। तनहूँ क्षेत्र नं.२बाट संविधानसभामा विजयी भएका थिए। उनले २०४८को संसदीय निर्वाचनमा तनहूँ क्षेत्र नं. १बाट र २०५२ तथा २०५६ का निर्वाचनमा तनहूँ क्षेत्र नं.२बाट विजय हासिल गरेका थिए। त्रिभुवन विश्वविद्यालयबाट स्नातकोत्तर पौडेल नेपाली काङ्ग्रेस संसदीयदलका नेता हुन्। शान्ति तथा पुनर्निर्माण मन्त्री र उपप्रधानमन्त्री लगायत विभिन्न मन्त्रालय सम्हालिसकेका पौडेलले पार्टी मुखपत्र नेपाल पुकारको सम्पादक लगायत विभिन्न जिम्मेदारी वहन गरिसकेका छन्।
बी.पी. कोइरालाको सान्निध्य र त्यागबाट प्रभावित भई राजनीति तर्फ आकर्षित भएका ६३ वर्षीय पौडेलको राजनीतिक यात्रा विद्यार्थी अवस्थादेखि नै शुरु भएको हो। पञ्चायत विरोधी आन्दोलनमा लागेका कारण उनी पटक-पटक गरी १३ वर्ष जेल परेका छन्। प्रतिगमन विरोधी आन्दोलनमा अग्रपंक्तिमा रहेका पौडेल पछिल्लो पटक एक वर्षसम्म नजरवन्दमा परेका थिए।
प्रजातन्त्रप्रतिको निष्ठा र जनतासँगको अटुट लगावले आफूलाई विजयी बनाएको बताउने पौडेल संविधानसभामा गणतन्त्र संस्थागत गर्ने तथा लोकतन्त्र, मानव अधिकार र प्रेस स्वतन्त्रताको वकालत गर्ने विषयलाई प्रमुखताका साथ उठाउने अठोट व्यक्त गर्छन्। अध्ययनमा विशेष रुचि राख्ने पौडेलका प्रजातान्त्रिक समाजवाद, नयाँ सन्दर्भमा समाजवाद, आस्थाका यात्रा लगायत आधा दर्जन कृतिहरू प्रकाशित छन्। उनी चार छोरी र एक छोराका पिता हुन्। [२]
सन्दर्भ सामग्रीहरू
- ↑ "पूर्व मन्त्रीज्यूहरू", peace.gov.np, शान्ति तथा पुनर्निर्माण मन्त्रालय, अन्तिम पहुँच २०७० पुस १२।
- ↑ bhattakrertan.blogspot.comसंविधान सभा निर्वाचन पोर्टल]