सत्य पहाडी

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
सत्य पहाडी
सुसना सिंह
शान्ति तथा पुनर्निर्माण मन्त्रालय, नेपाल
कार्यकाल
२०६८ कार्तिक – २०६९ बैशाख[१]
राष्ट्रपतिरामवरण यादव
प्रधानमन्त्रीबाबुराम भट्टराई

एकिकृत नेकपा माओवादीको तर्फबाट संविधान सभा सदस्यमा पिछडिएको क्षेत्रबाट प्रतिधित्व गर्ने महिला सभाषद सत्या पहाडी लामो सयमसम्मको राजनीतिक संघर्ष, जनता र पार्टीको आफू प्रतिको विश्वासले नै संविधान सभा सदस्यमा विजयी भएको बताउनुहुन्छ।

पञ्चायती व्यवस्थामा पक्षधर प्रभावशालि डोल्पाली नेता मोतीप्रसाद पहाडीकी भतिजी सत्याका श्रीमान् शक्तिबहादुर बस्नेत सुरेश सिंह माओवादीका केन्द्रीय सदस्य हुनुहुन्छ। सत्याका माहिला बा मोतिप्रसाद धनी भए पनि सत्याको परिवार भने गरीबीमा डुवेको थियो।

२०३४ असोज ७ गते डोल्पाको लिकु -४ तल्लो लिकूमा जन्मेकी पहाडी पार्टी भित्र सुसना सिंह उपनामले पनि चिनिनुहुन्छ। आफ्नै गाउमा व्याप्त असमानता देखेर वाम राजनीतिले आकर्षित गरेको बताउने पहाडीका दाजु दाजु जयनप्रसाद पहाडी पनि माओवादीका राज्य समितिका सदस्य हुनुहुन्छ।

कक्षा सात पढ्दा देखि नै विद्यार्थी सङ्गठनबाट राजनीति थालेकी सत्याले २०४९ सालमा माओवादीको पार्टी सदस्यता लिनुभएको थियो। उहाँ २०५२ सालमा विद्यार्थी सङ्गठनको केन्द्रीय सदस्य हुनुहुन्थ्यो र त्यसबेला देखि भूमिगत जीवन सुरू गर्नुभएकी पहाडी २०५३ सालमा जाजरकोट जिल्ला समितिकी सदस्य हुनुभयो।

२०५५ सालमा जेल परेकी सत्या तीन वर्ष पछि मात्र रिहा हुनुभयो। २०५९ सालमा क्षेत्रीय व्युरो सदस्य भएकी सत्या २०६३ सालदेखि राज्य समितिकी सदस्य पनि हुनुहुन्छ।

हिरासतमा रहँदा नै प्रविणता प्रमाणपत्र सम्मको अध्ययन गरेकी पहाडी कवयित्री पनि हुनुहुन्छ र उहाँका दुई वटा कवितासङ्ग्रह प्रकाशित पनि छन्। फुर्सदको बेला साहित्य सिर्जनामा मन जाने बताउने पहाडीको पार्टीको घोषणा पत्र अनुरूपको संविधान लेख्नु नै आफ्नो प्रमुख लक्षय भएको बताउनुहुन्छ। [२]

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

  1. "पूर्व मन्त्रीज्यूहरू", peace.gov.np, शान्ति तथा पुनर्निर्माण मन्त्रालय, अन्तिम पहुँच २०७० पुस १२  वेब्याक मेसिन अभिलेखिकरण २०१३-१२-०५ मिति
  2. संविधान सभा निर्वाचन पोर्टल