सामग्रीमा जानुहोस्

अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र, नेपाल

निर्देशाङ्कहरू: २७°४१′२२″उ ८५°२०′१४″पू / 27.68944°N 85.33722°E / 27.68944; 85.33722
विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र
अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रको भवन
स्थानकाठमाडौँ, नेपाल
निर्देशाङ्क२७°४१′२२″उ ८५°२०′१४″पू / 27.68944°N 85.33722°E / 27.68944; 85.33722
स्वामित्वनेपाल सरकार
स्थापना१९९३
आर्किटेकचिनियाँ सरकारी आर्किटेकहरू
पूर्व नाम
वीरेन्द्र अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र
कक्षा-कोठाको क्षमता
१,०४६ सिटहरू[]
बन्द क्षेत्र
 • कुल क्षेत्र१२,५७३
पार्किङ४००+ सवारी साधनहरू
वेबसाइट
http://icc.gov.np

अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र नेपालको एक प्रमुख सभास्थल हो। यो भवनलाई नेपालको सरकारले संविधान सभा वा संसद भवनको रूपमा पनि प्रयोग गर्दै आएको छ। शहरी विकास मन्त्रालय अन्तर्गत रहेको अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र नेपालमा जेन जी आन्दोलनको क्रममा वि. स. २०८२ भाद्र २४ गते जलाईदिएका थिए ।[] अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र, जुन पहिले वीरेन्द्र अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र (BICC) को रूपमा चिनिन्थ्यो, नेपालको एक प्रमुख सम्मेलन स्थल र संसदीय भवन थियो। नयाँ बानेश्वर, काठमाडौँमा अवस्थित यसमा नेपालको संघीय संसद रहेको थियो। चीनद्वारा नि:शुल्क निर्मित, BICC को औपचारिक रूपमा १९९३ मा उद्घाटन गरिएको थियो। []

अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र आधुनिक शैलीको भव्य भवन हो। यसमा ठूलो प्रधान सभाहल छ, जसको क्षमता करिब १,०४६ सिटहरूको छ। भवनको कुल बन्द क्षेत्रफल १२,५७३ वर्ग मिटर रहेको छ। यहाँ विभिन्न बैठक कोठा, कक्षाहरू, कार्यालय कक्ष, अतिथि स्वागत हल, र प्रेस कक्षको व्यवस्था छ। यस परिसरमा ४०० भन्दा बढी सवारी साधन अटाउने पार्किङ सुविधा छ। भवनलाई उच्च स्तरको ध्वनि प्रणाली, प्रकाश व्यवस्थापन, तथा अनुवाद प्रविधिले सुसज्जित गरिएको छ।

अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र चीन सरकारको उपहारस्वरूप नि:शुल्क निर्माण गरिएको हो। निर्माण खर्च करिब ३ अब्ज नेपाली रुपैयाँ बराबरको लागत भएको अनुमान गरिएको छ। निर्माण तथा डिजाइन कार्यमा चिनियाँ सरकारी आर्किटेक्ट र इन्जिनियरहरूको प्रत्यक्ष संलग्नता थियो।

अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रको प्रयोग विभिन्न प्रयोजनमा हुँदै आएको छ

संसदीय प्रयोजन

[सम्पादन गर्नुहोस्]

२०६३ सालदेखि २०७४ सालसम्म नेपालको संसद तथा संविधान सभाको बैठक यहीं बसेको थियो।

राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सम्मेलन

[सम्पादन गर्नुहोस्]

राष्ट्रिय स्तरका नीति-निर्माण बैठकहरू, मन्त्रालयगत गोष्ठी, र अन्तर्राष्ट्रिय सम्मेलनहरू यहीं आयोजना हुने गरेका छन्।

सांस्कृतिक तथा सामाजिक कार्यक्रम

[सम्पादन गर्नुहोस्]

केही ठूला प्रदर्शनी, सांस्कृतिक कार्यक्रम, र शैक्षिक सेमिनारहरू पनि यस भवनमै सम्पन्न हुने गरेका छन्।

आपतकालीन प्रयोग

[सम्पादन गर्नुहोस्]

कहिलेकाहीँ ठूलो संकट वा राजनीतिक घटनाक्रममा, यो भवनलाई अस्थायी प्रशासनिक केन्द्रका रूपमा प्रयोग गरिएको छ।

सन्दर्भ सामग्री

[सम्पादन गर्नुहोस्]

बाह्य कडीहरू

[सम्पादन गर्नुहोस्]