सामग्रीमा जानुहोस्

राष्ट्रिय नाचघर

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

वि.सं २०१६ सालमा स्थापित ‘राष्ट्रिय नाचघर’ लाई समग्र नेपाली संस्कृतिको संस्थागत विकासका लागि सञ्‍चार संस्थान ऐन २०२८ अनुसार वि.सं २०२९ साल असार ५ गते नाम परिमार्जन सहित “सांस्कृतिक संस्थान” को रुपमा स्थापना भएको संस्थान संस्कृति सम्बन्धी नेपाल सरकारको एकमात्र ज्येष्ठ एवम् आधिकारिक निकाय हो । नेपाल सरकारको पूर्ण स्वामित्व रहेको सांस्कृतिक संस्थानले स्थापनाकालदेखि संस्कृतिको संरक्षण, संवर्द्धन, प्रवर्द्धन र पुस्तान्तरणका लागि नेपाल सरकारका राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरका राष्ट्रको पहिचान झल्किने लोकसंस्कृति सम्बन्धी कार्यक्रमहरू राज्यका महत्वपूर्ण कार्यक्रम, सभा, समारोह, पर्व एवम् अन्य विशेष अवसरमा प्रदर्शन गर्दै गौरवमय इतिहास कायम राखेको छ । सांस्कृतिक संस्थानको प्रमुख उद्देश्य सांस्कृतिक नवजागरण गराई सांस्कृतिक कार्यक्रम प्रस्तुत गरी सर्वसाधारणलाई स्वस्थ मनोरञ्‍जन उपलब्ध गराउनुका साथै नेपालको पहिचानयुक्त लोकगीत, लोकवाद्य, लोकनृत्य, लोकनाटक एवम् समग्र लोकसंस्कृतिलाई प्रस्तुतिका माध्यमबाट संस्थागत रूपमा संरक्षण र प्रवर्द्धन गरी सामाजिक न्याययुक्त लोकसंस्कृतिलाई शिरोपर गर्दै नयाँ सभ्य संस्कृति निर्माण गर्नु हो । संस्थानले जागरणमूलक सांस्कृतिक अभियान मार्फत कुसंस्कार, कुप्रथा, विकृति, विसंगति, रुढिवादी सोच, अन्धविश्वास, भेदभाव, शोषण, दमन, हिंसा, अन्यायअत्याचार तथा बेथिति निर्मूल पार्न, समाजमा नैतिक शिक्षा सम्प्रेषण गरी सामाजिक तथा सांस्कृतिक रुपान्तरणमा विशेष योगदान  पुर्याएको छ ।

सांस्कृतिक संस्थानले विगतदेखि अमूर्त सांस्कृतिक सम्पदाको संरक्षण, संवर्द्धन, प्रवर्द्धन र पुस्तान्तरणका लागि गायन, वादन, नृत्य तथा नाट्य अभिनय जस्ता विधाहरुमा प्रशिक्षण कार्यक्रम सञ्‍चालन गर्दै आएको छ । संस्थानले उद्देश्य प्राप्तिका लागि विनियमावलीको कार्यान्वयन गरी कलाकार सेवा र प्रशासन सेवा अन्तर्गत दुई महाशाखाः कलाकार महाशाखा र प्रशासन महाशाखा अन्तर्गत कार्यक्रम तथा योजना शाखा, प्रशासन शाखा, गायन शाखा, वाद्यवादन शाखा, नृत्य शाखा, नाटक शाखा, हल शाखा, लेखा शाखा, भण्डार शाखा, अभिलेख शाखा, श्रव्यदृश्य शाखा र बजार व्यवस्थापक शाखा गरी १२ वटा शाखा स्थापना गरी आफ्ना नीति तथा कार्यक्रमहरु प्रभावकारी ढंगले सम्पादन गर्दै आएको छ । नेपाल सरकारको शिक्षालाई व्यावहारिक बनाउने, नीति तथा कार्यक्रमलाई सफल पार्नका निम्ति संस्थानले विगतदेखि विभिन्न तहका पाठ्यक्रममा आधारित नाटक, उपन्यास, कथा, एकाङ्की तथा काव्य रचनालाई नाटक एवम् गीति नाटकका रूपमा मञ्‍चन गरी प्रदर्शन गर्दै आएको छ । संस्थानले आफ्नो लक्ष्य र उद्देश्य मिल्ने सरकारी एवम् गैरसरकारी निकायसँग समन्वय र सहकार्यमा संस्कृति सम्बन्धी कार्यक्रमहरु पनि गर्दै आएको छ ।

सांस्कृतिक संस्थानसँग ठूलो प्रेक्षालय, सानो प्रेक्षालय, सेमिनार प्रेक्षालय र अभ्यासका लागि सम्बन्धित कक्षहरू रहेका छन् । संस्थानले प्रेक्षालयहरू सरकारी एवम् गैरसरकारी संघसंस्थालाई भाडामा उपलब्ध गराउने गरेको छ । संस्थानको मुख्य ठूलो प्रेक्षालय जसलाई मेगा हल भनेर पनि चिनिन्छ, यसको ७०० सिट भन्दा बढी क्षमता रहेको छ । संस्थानको सानो प्रेक्षालय जसलाई मिनी हल भनेर पनि चिनिन्छ, यसको १०४ सिट भन्दा बढी क्षमता रहेको छ । सेमिनार प्रेक्षालय तथा अभ्यास कक्षमा ५० भन्दा बढी क्षमता रहेको छ । संस्थानको प्रधान कार्यालय कामपा वडा नं २७ जमलमा ५ रोपनी २ आना १ पैसाको क्षेत्रफलमा अवस्थित रहेको छ । समय, परिस्थिति, राज्यको मार्गनिर्देशन, विज्ञानप्रविधिको विकास, जनचाहना तथा अपेक्षा अनुकूल सांस्कृतिक संस्थान रुपान्तरित भई छिटोछरितो एवम् प्रभावकारी सेवा प्रवाह गर्ने दायित्व संस्थानले निर्वाह गर्दै  आएको     छ ।

सांस्कृतिक संस्थानको स्थापना र गठन सञ्‍चार संस्थान ऐन, २०२८ को दफा ३ को उपदफा (१) ले दिएको अधिकार प्रयोग गरी वि.सं २०२९ साल असार ५ गते भएकोले हरेक वर्ष यसै समयलाई वार्षिकोत्सव मानिन्छ भने सञ्‍चालक समिति देहाय बमोजिम हुने व्यवस्था रहेको छ :

     (क) अध्यक्ष :           नेपाल सरकारबाट नियुक्त

    (ख) महाप्रबन्धक :    नेपाल सरकारबाट नियुक्त

    (ग) सदस्य :             संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय प्रतिनिधि (उपसचिव)

    (घ) सदस्य :            अर्थ मन्त्रालय प्रतिनिधि (उपसचिव)

    (ङ) सदस्य :            नेपाल सरकारबाट नियुक्त

सांस्कृतिक संस्थानको प्रमुख उद्देश्य:-

लोकसंस्कृति संरक्षण, संवर्द्धन, प्रवर्द्धन तथा पुस्तारणका लागि सांस्कृतिक नवजागरण गराउने तथा राष्ट्रको पहिचानयुक्त लोकसांस्कृतिक कार्यक्रम प्रस्तुत गरी सर्वसाधारणलाई स्वस्थ मनोरञ्‍जन उपलब्ध गराउनु संस्थानको प्रमुख उद्देश्य रहेको छ ।

सांस्कृतिक संस्थानको काम, कर्तव्य र अधिकार:-

देहाय बमोजिम संस्थानका काम, कर्तव्य र अधिकार रहेका छन्:

(क) राष्ट्रियपन भएको लोकसांस्कृतिक कार्यक्रम तयार गरी त्यसको सजीव प्रदर्शनद्वारा जनसाधारणको लागि स्वस्थ मनोरञ्जन उपलब्ध गराउने ।

(ख) नेपालको गौरवशाली संस्कृति र कलात्मक परम्पराको निर्वाह र विकास गर्ने तथा जनताको बौद्धिक आवश्यकता र स्वस्थ मनोरञ्जनको चाहना पूर्ति गर्ने खालको लोकसांस्कृतिक कार्यक्रम तयार गरी नेपाल सरकारको महत्वपूर्ण सभा, कार्यक्रम, पर्व, समारोहमा प्रदर्शन गर्ने ।

(ग) सांस्कृतिक कार्यक्रमको योजना, निर्माण र प्रदर्शनमा व्यावसायिक दृष्टिकोण अपनाउने ।

(घ) सांस्कृतिक कार्यक्रमको लागि पटकथा,¨मञ्च, कलाकार आदिको व्यवस्था गर्ने ।

(ङ) नेपालको मौलिक लोकसंस्कृति संरक्षण, संवद्र्धन, प्रवद्र्धन तथा पुस्तान्तरणका लागि राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरका कार्यक्रमका विविध नीति तथा कार्यक्रम तय गर्ने ।

(च) जागरण कार्यक्रम मार्फत सामाजिक तथा सांस्कृतिक रुपान्तरण सहित नयाँ संस्कृति  निर्माणमा जोड        दिने ।

(छ) देशभरका लोकसंस्कृतिकर्मी एवम् लोककलाकारलाई चलायमान बनाउने ।

(ज) लोकगायन, लोकवादन, लोकनृत्य तथा लोकनाट्य अभिनय लगायतका विभिन्न विधामा प्रशिक्षण    दिने ।

(झ) लोकसंस्कृतिको खोज, अनुसन्धान, संरक्षण, संवर्द्धन, प्रवर्द्धन एवम् दस्तावेजीकरण गर्ने तथा प्रदर्शनी    गर्ने ।

(ञ) नेपाली लोकसंस्कृतिको जगेर्ना गर्दै नेपालको पहिचान तथा अस्तित्वको रक्षा गर्ने ।

(ट) नेपालसँग कूटनीतिक सम्बन्ध स्थापना भएका मुलुकसँग संस्कृति आदानप्रदान कार्यक्रम गर्ने ।

(ठ) लोकगीत, लोकवाद्य, लोकनृत्य र लोकनाटकको विकास गर्न प्रस्तुतिका माध्यमद्वारा बहुजातीय, बहुभाषिक, बहुधार्मिक, बहुसांस्कृतिक तथा भौगोलिक विविधतायुक्त राष्ट्र नेपाल र नेपालीहरुका बीचमा संस्कृतिको माध्यमबाट सद्‍भाव, एकता, राष्ट्रियता, समानता तथा समावेशीताको भावना विकास गर्ने ।

(ड) संस्कृतिलाई उत्पादनतर्फ जोड दिई सांस्कृतिक पर्यटन एवम् सांस्कृतिक उद्योगको रूपमा विकास गरी आर्थिक समृद्धिको मार्ग तय गर्ने ।

(ढ) सभ्य समाज निर्माणका लागि सांस्कृतिक रुपान्तरणमा महत्वपूर्ण भूमिका निर्वाह गर्ने लोक संस्कृति, परम्परागत संस्कृति, जागरण संस्कृति, श्रम संस्कृति, प्रगतिशील संस्कृति जस्ता संस्कृतिको अस्तित्वलाई अङ्गीकार गर्दै नेपालको संविधान तथा संघीय लोकतान्त्रिक गणतन्त्रको मूल मर्म अनुसारको नयाँ संस्कृति निर्माण गर्ने ।

(ण) डिजिटल युगसँगै लोकगीत, लोकवाद्य, लोकनृत्य, लोकनाटक र समग्र लोकसंस्कृतिमा देखिएको विकृति, विसङ्गतिले नेपालको पहिचान र अस्तित्व नै सङ्कटमा पर्ने खतरा बढेकाले त्यसको रोकथाम गर्न प्रचलित कानुन अनुसार कामकारबाही गनुका साथै सरोकारवाला संघसंस्था एवम् निकायलाई नियमन तथा अनुगमन गर्ने ।

(त) विभिन्न जातिको पहिचानयुक्त अमूर्त/अभौतिक लोकसंस्कृतिको खोजअनुसन्धान गरी दस्तावेजीकरण गर्नुका साथै विश्व सांस्कृतिक सम्पदामा सूचीकरणका लागि पहल          गर्ने ।

(थ) नेपाली संस्कृतिमा योगदान पुर्याउने संस्कृतिविद्, कलाकार, साहित्यकार एवम् समग्र श्रष्टालाई राष्ट्रिय सम्मानका कार्यक्रम गर्ने ।

(द) कलाकार प्रमाणीकरण सम्बन्धी कार्य गर्ने ।

(ध) गायन, वादन, नृत्य, नाटक तथा समग्र संस्कृति सम्बन्धी प्रतियोगितात्मक कार्यक्रम गर्ने ।                

संस्थानले प्रदान गर्ने अन्य सेवाहरु:-

देहाय बमोजिम संस्थानले प्रदान गर्ने अन्य सेवाहरू रहेका छन्:

(क) प्रेक्षालय (हल) सेवा,

(ख) कला प्रशिक्षण कार्यक्रम,

(ग) कलाकार प्रमाणीकरण,

(घ) सांस्कृतिक नवजागरण गराई सातै प्रदेशको प्रतिनिधित्व हुने गरी राष्ट्रको पहिचानयुक्त (सांस्कृतिक कार्यक्रम मार्फत सर्वसाधारणलाई स्वस्थ मनोरञ्जन प्रदान,

(ङ) राष्ट्रको पहिचानयुक्त लोकगीत, लोकधून, लोकनृत्य र लोकनाटक समेटिएको मौलिक कार्यक्रम उत्पादन, प्रदर्शन तथा सांस्कृतिक पर्यटनको आधार निर्माण,

(च) मिथकीय तथा पाठ्यक्रममा आधारित नाटक, उपन्यास, कथा, एकाङ्की तथा काव्यलाई नाट्य रुपान्तरण सहित नाटक मञ्चन,

(छ) देशैभरी जनचेतनामूलक जागरण सांस्कृतिक अभियान,

(ज) नेपाल सरकारका राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरका महत्वपूर्ण पर्व, सभा, समारोह, उत्सव तथा विशेष कार्यक्रमहरुमा राष्ट्रको पहिचानयुक्त लोकसांस्कृतिक कार्यक्रम प्रदर्शन,

(झ) संस्कृति सम्बन्धी अडियो, भिडियो, टेली श्रृङ्खला, नाटक, वृत्तचित्र तथा समग्र सांस्कृतिक गतिविधिमूलक श्रव्यदृश्य निर्माण,

(ञ) लोकसंस्कृतिको खोजअनुसन्धान एवम् दस्तावेजीकरण सहित संरक्षण, संवर्द्धन,  प्रवर्द्धन एवम् पुस्तान्तरणका लागि सैद्धान्तिक तथा व्यावहारिक आधार निर्माण आदि ।

महाशाखाहरू:-

(क) कलाकार महाशाखा:-

     १.कार्यक्रम तथा योजना शाखा

     २. गायन शाखा

     ३. वाद्यवादन शाखा

     ४. नृत्य शाखा

     ५. नाटक शाखा

     ६. श्रव्यदृश्य शाखा

(ख) प्रशासन महाशाखा:-

     १. प्रशासन शाखा

     २. लेखा शाखा

     ३. हल शाखा

     ४. भण्डार शाखा

     ५. अभिलेख शाखा

     ६. बजार व्यवस्थापन शाखा

हाल सम्मका महाप्रबन्धकहरु

[सम्पादन गर्नुहोस्]
  1. श्री इन्द्र प्रसाद काफ्ले
  2. श्री गोबिन्द प्रसाद तिमल्सिना
  3. श्री नारायण गोपाल गुरुवार्चाय
  4. श्री गणेश रसिक
  5. श्री रमेश ताम्राकार
  6. श्री नारायण भक्त श्रेष्ठ
  7. श्री हरिहर शर्मा
  8. श्री राम प्रसाद घिमिरे
  9. श्री लक्ष्मण रायमाझी
  10. श्री भूपाल राई
  11. श्री नरेश पौडेल
  12. श्री शालिक राम तिमल्सिना
  13. श्री राजेश थापा
  14. श्री अशोक कुमार राई
  15. श्री किरण बाबु पुन ( हाल कार्यरत )

सन्दर्भ सामग्री

[सम्पादन गर्नुहोस्]