सामग्रीमा जानुहोस्

पुरातत्व विभाग (नेपाल)

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
पुरातत्व विभाग (नेपाल)
पुरातत्व विभाग (नेपाल) नेपालवीर पुस्तकालय
नक्सा
सामान्य विवरण
सहरकाठमाडौँ
राष्ट्रनेपाल
निर्देशाङ्क२७°४१′४४″N ८५°१९′१६″E / 27.6955°N 85.3212°E / 27.6955; 85.3212
ग्राहकनेपाल सरकार

पुरातत्व विभाग (नेपाल) नेपालको प्राचीन ऐतिहासिक, साँस्कृतिक र पुरातात्विक सम्पदाको लेखाजोखा, वर्गीकरण तथा संरक्षणका लागि काम गर्ने सरकारी निकाय हो।

राष्ट्रिय अभिलेखालयमा सातौँ–आठौँ शताब्दीदेखिका पाली, संस्कृत, नेवारी, प्राकृत, उत्तर लिच्छवि लिपि, तिब्बतीलगायतका भाषामा लेखिएका ग्रन्थ र अभिलेखहरू छन्। भोजपत्र, ताम्रपत्र, ताडपत्र, निलपत्र, शिलापत्र, स्वर्णपत्र, ठ्यासफू र नेपाली कागजमा देवनागरी, रञ्जना, बंगालीमैथिली भाषामा लेखिएका धर्म, दर्शन, तन्त्र, साहित्य, ज्योतिष, आयुर्वेद, व्याकरण, इतिहासलगायतका विषयका ३० हजार हस्तलिखित ग्रन्थ तथा दस्तावेजहरू छन्।

तीन चार हजार अभिलेखको उतार छ। शिलालेखको प्रतिलिपि (रबिङ) तीन हजार छ। ठ्यासफु (नेपाल भाषामा लेखिएको टिपोट तथा दस्तावेज) ऐतिहासिक चिट्ठीपत्र, विभिन्न समयका महत्त्वपूर्ण सन्धिसम्झौता, लालमोहर, ‘गोरखापत्र’ र ‘ द राइजिङ नेपाल’ छन् ।

मल्लकालीन राजा जयस्थिति मल्लको आदेशदेखि आधुनिक नेपालको ऐकीकरण गरेका राजा पृथ्वी नारायण शाहका 'दिव्य उपदेश'का मूल प्रति अहिले पनि अभिलेखालयमा सुरक्षित छन्। नेपालको एकिकरणकालका महत्त्वपूर्ण दस्तावेज पनि अभिलेखालयमा सङ्ग्रहहित छन् । जंगबहादुर राणाको पालामा घोषणा भएको मुलुकी ऐन अभिलेखालयमा सुरक्षित राखिएको छ।[]

मिति मन्त्रालय
२००९ -२०३८ वि.सं शिक्षा मन्त्रालय
वि.सं. २०३८-२०५२ शिक्षा तथा संस्कृति मन्त्रालय
वि.सं २०५२-२०५७ युवा खेलकुद तथा संस्कृति मन्त्रालय
वि.सं. २०५७-२०६५ संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय
वि.सं. २०६५-२०६६ संस्कृति तथा राज्य पुनर्संरचना मन्त्रालय
वि.सं २०६६-२०६८ सङ्घीय मामिला, संबिधानसभा , संसदीय मामिला तथा संस्कृति मन्त्रालय
वि.सं. २०६८- संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय


सम्पर्क ठेगाना

[सम्पादन गर्नुहोस्]

पुरातत्व विभाग (नेपाल)
रामशाह पथ, काठमाण्डौ
फोन: ९७७-१-४२५०६८३(महानिर्देशक)
फ्याक्स:००९७७-१-४२६२८५६
ईमेल: archaelogy@infoclub.com.np

आधिकारीक वेबसाईट

[सम्पादन गर्नुहोस्]

www.doa.gov.np

सन्दर्भ सामग्रीहरू

[सम्पादन गर्नुहोस्]
  1. "संकटमा प्राचीन दस्तावेज", BBC News नेपाली (नेपालीमा), अन्तिम पहुँच २०२५-०९-२३