नेपाल नागरिक उड्डयन प्राधिकरण

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
Jump to navigation Jump to search
नेपाल नागरिक उड्डयन प्राधिकरण
CAAN logo.jpg
निकाय संक्षेप
स्थापना: बि। सं २०५५ मंसिर २७ गते
सम्बन्धन: नेपाल सरकार
प्रधान कार्यालय: न्यूरोड काठमाडौं, नेपाल
निकाय: कार्यकारी राम प्रसाद नेपाल, प्रमूख निर्देशक
अभिभावक आयोग संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय (नेपाल)
वेबसाइट:
caanepal.org.np

नेपाल एक भूपरिवेष्ठित राष्ट्र भएकोले जलयातायातका फाइदाहरूवाट वञ्चित मात्र नभइ उच्च हिमाल, पहाड जस्ता जटिल भू बनौटले सडक यातायात समेत अपेक्षित रूपमा विकास हुन नसकी यस वाट समेत जनताहरू लाभान्वित हुन सकिरहेका छैनन्।सुगम यातायातबाट बञ्चित क्षेत्रका जनताका लागि न्यूनतम आधारभूत आवश्यकताहरू खाद्यान्न, ओषधि ओसार पसार गर्न र आवागमनको निम्ति हवाई यातायातको आफै‍मा बढी महत्व रहन गएको छ। एक स्थानबाट अर्को स्थानमा छिटो पहुच हुने, खोज तथा उद्धार, दैवी विपत्ती एव‍ व्यापारिक प्रयोजनका साथै यात्राहरूको श्रङ्खलामा हवाईयात्रा सुरक्षित, आरामदायी, छिटो र रोमाञ्चक यात्रा भएबाट यसको महत्व अझैबढी भएको देखिन्छ। प्राकृतिक सौन्दर्य, पुरातात्विक महत्व, जैविक विविधता, अनुपम दृष्यावलोकन, साहसिक पर्यटन क्षेत्रको विकास मार्फत राष्ट्रिय अर्थतन्त्र अभिबृद्धि गर्न समेत यसको विशेष भूमिका रहन्छ।

विश्व इतिहासमा सन् १९०३ देखि शुरु भएको हवाई यातायातको एक शताव्दी भन्दा लामो इतिहासमा आजको अवस्थामा आइपुग्दा यस क्षेत्रको अधिकतम विकास भएको मान्न सकिन्छ। सन् १९४८मा Beach Banaya(?) नामक वायुयानलाई बेलायती नागिरक H. Wedler ले काठमाडौं‍को गौचरणमा सफलतापूर्वक अवतरण गरेको नै नेपालको सन्दर्भमा हवाईयातायातको शुरुवात भएको पाइन्छ। त्यस पछि सन् १९४९ मा पहिलो पटक काठमाडौं‍ गौचरणमा डकोटा-३ वायुयान अवतरण, वि. स‍. २००७ मा भारतको पटना बाट ईण्डियन नेशनल एयसवेजले पहिलो वाणिज्य उडान, सन् १९५४ मा गौचर विमानस्थल पक्की, सन् १९५४ शाही नेपाल वायुसेवा निगमको स्थापना पश्चात यस क्षेत्रमा व्यवस्थित विकास गर्न गैह्रसैनिक हवाई उडान ऐन २०१५ लागु गरियो। सन् १९५७ मा तत्कालिन निर्माण तथा यातायात मन्त्रालय अन्तर्गत हवाई विभागको विधिवत स्थापना भएपछि सन् १९६० मा नेपालले अन्तर्राष्ट्रिय नागरिक उड्डयन सङ्गठनको सदस्यता प्राप्त गरेको देखिन्छ। सन् १९८३ मा पर्यटन मन्त्रालय स्थापना भएपछि यसै अन्तर्गत हवाई विभाग राखी सन् १९९८ दिसेम्बर ३१ मा नेपाल नागरिक उड्डयन प्राधिकरणको रूपमा राखियो।

सन् १९५७ मा तत्कालिन श्री ५ को सरकार निर्माण स‌ञ्चार तथा यातायात म‌न्त्रालय अन्तर्गत हवाई विभागको स्थापना भएको थियो। गैरसैनिक हवाई उडान ऐन २०१५ बाट नेपालमा हवाई यातायातको विकास एव‌ं नियमनको व्यवस्था स‌स्थागत भएको हो। नेपालले सन् १९६० मा सदस्यता प्राप्त गरेको हो।

इतिहास[सम्पादन गर्ने]

नेपाल नागरिक उड्डयन प्राधिकरण ऐन २०५३ अनुसार तत्कालिन हवाई विभाग खारेज भई नेपाल सरकारको पूर्ण स्वामित्व भएको एक स्वशासित स‌स्थाका रूपमा ई सं १९९८ दिसेम्वर ३१मा यस स‌स्थाको स्थापना भएको हो।

उद्देश्य[सम्पादन गर्ने]

नागरिक उड्डयनको विकास तथा विस्तार गर्न र राष्ट्रिय तथा अन्तर्राष्ट्रिय हवाई सम्पर्कको लागि हवाई उडान हवाई स‌चार हवाइ पथ प्रदर्शन र हवाई परिवहन सेवाको सञ्चालन सुरक्षित नियमित स्तरीय र प्रभावकारी बनाउनु यस संस्थाको उद्येश्य रहेको छ।

काम कर्तव्य र अधिकारः[सम्पादन गर्ने]

नेपाल नागरिक उड्डयन प्राधिकरण ऐन २०५३ अनुसार यस स‍स्थाको काम कर्तव्य र अधिकार देहाय बमोजिम रहेको छः-

  • प्रचलित कानुन बमोजिम इजाजत प्राप्त वायुसेवा सञ्चालन संस्थाहरूलाई वायुसेवा सञ्चालन गर्न तोकिए बमोजिम अनुमति तथा प्रमाणपत्र प्रदान गर्ने निलम्वन गर्ने वा रद्द गर्ने।
  • प्रचलित कानुन बमोजिम इजाजत प्राप्त हवाई उडान सम्बन्धी प्रशिक्षण संस्थाको सञ्चालन गर्न तोकिए बमोजिम अनुमति तथा प्रमाणपत्र प्रदान गर्ने निलम्वन गर्ने वा रद्द गर्ने।
  • प्रचलित कानुन बमोजिम इजाजत प्राप्त वायुयान तथा वायुयानको पार्टपूर्जाहरूको उत्पादन मर्मत तथा परीक्षण सहितको विस्तृत मर्मत ओभरहल गर्ने संस्थाहरूलाई तोकिए बमोजिम अनुमति दिने तथा त्यस्तो संस्थामा काम गर्ने प्राविधिज्ञलाई तोकिए बमोजिम इजाजत कार्य क्षमताको स्तरीकरण रेटिङ्ग तथा प्रमाणपत्र दिने नवीकरण गर्ने रद्द गर्ने स्थगित गर्ने फिर्ता गर्ने तथा त्यस्तो इजाजत कार्य क्षमताको स्तरीकरण रेटिङ्ग र प्रमाणपत्र दिने सम्बन्धमा आवश्यक योग्यता तोक्ने तथा परीक्षा लिने।
  • वायुसेवा सञ्चालनसँग सम्बद्ध तोकिए बमोजिमको योग्यता प्राप्त व्यक्तिहरूलाई तोकिए बमोजिम इजाजत कार्य क्षमताको स्तरीकरण रेटिङ्ग तथा प्रमाणपत्र दिने नवीकरण गर्ने रद्द गर्ने स्थगित गर्ने फिर्ता गर्ने तथा त्यस्तो इजाजत कार्य क्षमताका स्तरीकरण रेटिङ्ग र प्रमाणपत्र दिने सम्बन्धमा आवश्यक योग्यता तोक्ने र परीक्षा लिने।
  • अन्तर्राष्ट्रिय नागरिक उड्डयन सङ्गठनको सदस्य राष्ट्र वा त्यस्तो राष्ट्रबाट अधिकार प्राप्त सङ्घ संस्थाबाट वायु सेवा सञ्चालनसँग सम्बन्धित विषयहरूमा प्रदान गरेको इजाजत कार्य क्षमताको स्तरीकरण रेटिङ्ग तथा प्रमाणपत्रहरू र वायुयान मर्मत तथा परीक्षण सहितको विस्तृत मर्मत ओभरहल गर्ने संस्थालाई नेपाली वायुयानको मर्मत तथा परीक्षण सहितको विस्तृत मर्मत ओभरहल गर्न मान्यता दिने।
  • वायुयानको तोकिए बमोजिम दर्ता रजिष्ट्रेशन गर्ने र चिन्ह अङ्कित मार्किङ्ग गर्ने।
  • वायुयानको तोकिए बमोजिम उडान योग्यताको प्रमाणपत्र सर्टिफिकेट अफ एयरवर्दिनेश दिने नवीकरण गर्ने र खारेज गर्ने।
  • वायुयानको उडान वायुयानबाट यात्रु डाँक तथा मालसामान ओसार्ने र अन्य औद्योगिक व्यवसाय सम्बन्धी कामको निमित्त वायुयानको प्रयोग गर्न पाउने अवस्थाहरू तोक्ने।
  • वायुयान वायुयान राख्ने स्थान वायुयान उडान तथा वायुयान सेवा साचालन सम्बन्धी व्यवस्था र वायुयान मर्मत तथा परीक्षण सहितको विस्तृत मर्मत ओभरहल गर्ने स्थानको निरीक्षण गर्ने।
  • प्रचलित कानुन बमोजिम नेपाल सरकारले निषेध गरेको क्षेत्र तथा स्थान बाहेक नेपाल अधिराज्यभित्र वायुयान प्रवेश गर्ने नेपाल अधिराज्यबाट वायुयान प्रस्थान गर्ने नेपाल अधिराज्यमाथि उडान गर्न पाउने अवस्था हवाई मार्ग र वायुयान अवतरण गर्ने स्थानहरू तोक्ने।
  • विमानस्थल तथा विमानस्थल क्षेत्रभित्र अग्नि निवारण तथा जीवनोद्धार सेवा उपलब्ध गराउने र खोज तथा उद्धार कार्यमा समन्वय गर्ने।
  • विमानस्थलमा भूमिस्थ सेवा ग्राउण्ड ह्याण्डलिङ‌ सेवा सञ्चालन गर्ने गराउने।
  • दृष्टिगत र यान्त्रिक उडान भिजुयल एण्ड इन्टुस्मेण्ट फ्लाईट गर्ने तथा हवाई मानचित्र एरोनटिकल चार्टस्को आवश्यकता तोक्ने त्यस्तो मानचित्र तयारगर्ने तथा प्रचलन गर्ने र उडानको लागि मौसम सम्बन्धी सूचना आदान प्रदान गर्ने।
  • हवाई यातायात सेवा तथा सो सम्बन्धी विषयको प्राविधिक जाँचबुझ गर्न प्राधिकरणले आफ्नो वायुयान राख्ने र प्रयोग गर्ने।
  • हवाई उडान सेवा एयर ट्राफिक सर्भिस हवाई उडान सूचना सेवा फ्लाईट इन्फर्मेशन सर्भिस सचेत गर्ने सेवा एलर्टिङ्ग सर्भिस हवाई उडान सल्लाह सेवा एयर ट्राफिक एडभाइजरी सर्भिस हवाई उडान नियन्त्रण सेवा एयर ट्राफिक कन्ट्रोल सर्भिस र हवाई पथ प्रदर्शन सेवा तथा सुविधा एयर नेभिगेशन सर्भिस तथा फेसिलिटिज क्षेत्र नियन्त्रण सेवा एरिया कन्ट्रोल सर्भिस पहुँच क्षेत्र नियन्त्रण सेवा एप्रोच कन्ट्रोल सर्भिस तथा विमानस्थल नियन्त्रण सेवा एरोड्रम कन्ट्रोल सर्भिस उपलब्ध गराउने।
  • हवाई साचार सम्बन्धमा प्रयोग गरिने नापको एकाइ तोक्ने वायुयानद्वारा वा वायुयानमा सन्चारको निमित्त प्रयोग गरिने संकेत र त्यस्तो संकेत दिँदा प्रयोग हुने यन्त्र तोक्ने।
  • वायुयानको आवाज नियन्त्रण गर्ने र वायुयान सञ्चालनबाट वायुमण्डल तथा वातावरणमा हुने प्रदूषणमा रोक लगाउने।
  • खतराजन्य वस्तु तथा पदार्थहरूको वायुयानद्वारा ओसार पसार गर्न निषेध तथा नियन्त्रण गर्ने र परिमाण तोक्ने।
  • हवाई उडान अनुमति प्रदान गर्ने र वायुयानका चालकहरूको काम कर्तव्य उडान तथा विश्राम समय तोक्ने।
  • हवाई यातायात सेवा सञ्चालनमा लाग्ने यात्रु तथा मालसामानको ढुवानीको भाडा दस्तूर निर्धारण गर्ने सम्बन्धमा नेपाल सरकारलाई सुझाव दिने।

ऐन नियमहरू[सम्पादन गर्ने]

ऐन, नियम, निर्देशिका, म्यानुअल, रिक्वायरमेण्टस् आदि

  • नेपाल नागरिक उड्डयन प्राधिकरण ऐन २०५३
  • नेपाल नागरिक उड्डयन प्राधिकरण कर्मचारीहरूको सेवाका शर्त र सुविधा सम्वन्धि नियमावली २०५६
  • गैह्रसैनिक हवाई उडान ऐन २०१५
  • नागरिक उड्डयन नियमावली २०५८
  • विमानस्थल दस्तूर नियमावली २०३८
  • हवाई सुरक्षा (व्यवस्था)नियमावली २०४६
  • हवार्इ नीति २०६३

नेपालमा वायुसेवा सञ्चालन संस्थाहरू[सम्पादन गर्ने]

हवाई उडान सम्बन्धी प्रशिक्षण संस्थाहरू[सम्पादन गर्ने]

हाल सम्म सेवा सञ्चालन गरिरहेका हवाई उडान सम्बन्धी प्रशिक्षण संस्थाहरू यस प्रकार छन।

रिफरेन्स[सम्पादन गर्ने]