गुरुडोङ्गमर ताल

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
गुरुडोङ्गमर ताल
गुरुडोङ्गमर तालको दृश्य
पवित्र बौद्ध ताल - गुरुडोङ्गमर ताल
Location of Gurudongmar Lake
Location of Gurudongmar Lake
गुरुडोङ्गमर ताल
Location of Gurudongmar Lake
Location of Gurudongmar Lake
गुरुडोङ्गमर ताल
स्थानउत्तर सिक्किम जिल्ला, सिक्किम
निर्देशाङ्क२८°०१′N ८८°४३′E / २८.०२°N ८८.७१°E / 28.02; 88.71निर्देशाङ्कहरू: २८°०१′N ८८°४३′E / २८.०२°N ८८.७१°E / 28.02; 88.71
प्रवाहित राष्ट्रहरू भारत
सतहको क्षेत्रफल११८ हेक्टर (२९० एकड)
किनारा लम्बाइ1५.३४ किलोमिटर (३.३२ माइल)
सतह उचाइ१६,९०९ फिट (५,१५४ मी)
स्थानहरूमङ्गन १२२ किमी
लाचेन ६७ किमी
1 किनाराको लम्बाइ उपयुक्त तरिकाले परिभाषित छैन।

गुरुडोङ्गमर ताल भारतको सिक्किम राज्यको उत्तरी सिक्किम जिल्लामा अवस्थित एउटा ताल हो। यो ताल समुद्र सतहबाट ५,४३० मिटर (१७,८०० फिट) को उचाइमा अवस्थित छ। यो ताल हिन्दू र बौद्ध धर्मावलम्बीहरूको लागि पवित्र मानिन्छ। ८औँ शताब्दीमा तालको भ्रमण गरेका तिब्बती बौद्ध धर्मको स्थापनाकर्ता बौद्ध धर्मगुरु पद्मसम्भव जसलाई गुरु रिन्पोछेको नामले पनि चिनिन्छ, उनकै नाउँमा यो तालको नामकरण गरिएको छ।[१]

वर्णन[सम्पादन गर्नुहोस्]

हिन्दूबौद्धहरू बीच लोकप्रिय यो ताल सिक्किमको पवित्र तालहरू मध्ये एक मानिन्छ। समुद्री सतहबाट १७,८०० फिटको उचाइमा रहेको यो ताल गान्तोकबाट १९० किलोमिटर टाढा छ। धार्मिक किम्बदन्ती अनुसार यो विश्वास गरिन्छ कि यो ताल सधैँ हिउँले जमेको थियो र यो क्षेत्रमा खानेपानीको अभाव थियो। जब गुरु पद्मसम्भव यसै तालको बाटो भएर यहाँ पुगे, यस ठाउँका स्थानीय जनताले उनलाई पानीको व्यवस्था गर्न भनेका थिए। जनताको यो समस्याको समाधान गर्नको लागि गुरुले तालको एक भागलाई छोएपछि तालको पानी पग्लिएको विश्वास गरिन्छ। हिउँदमा समेत तालको सो भागमा पानी जम्दैन। यो तालको भ्रमण गर्न आन्तरिक तथा बाह्य पर्यटकहरू आउने गर्छन्।

यो पनि हेर्नुहोस्[सम्पादन गर्नुहोस्]

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

  1. "North Sikkim - Tourist Places - Gurudongmar Lake", District North Sikkim, Government of Sikkim | District Administrative Centre, Mangan, North Sikkim | India, District North Sikkim, Government of Sikkim | District Administrative Centre, Mangan, North Sikkim | India।