भारतीय रेल

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
Jump to navigation Jump to search
भारतीय रेल
मौलिक नाम
भारतीय रेल
Bhāratīya Rail
व्यवसाय प्रकार
भारत सरकारको उपक्रम
उद्योगरेलवेज
स्थापित१६ अप्रिल १८५३ (१६७ वर्ष पहिले) (१८५३-०४-16)[१]
केन्द्रीय कार्यालय,
भारत
सेवा क्षेत्र
भारत (limited service to नेपाल, बङ्गला देश, पाकिस्तान)
मुख्य व्यक्ति
सेवाहरूसवारी रेलs
फ्राइट services
मालगाडी
Catering and यात्रा सेवाहरू
पार्किङ लोट operations
Other related services
राजश्ववृद्धि १.७०९ ट्रिलियन (युएस$२४ बिलियन)[२] (2015–16)
वृद्धि १०५.०२ बिलियन (युएस$१.५ बिलियन) (2015–16)
मालिकGovernment of India
कर्मचारी सङ्ख्या
1.335 million[३] (2014)
मूल सङ्गठनरेलवे मन्त्री through रेलवे बोर्ड
विभाग16 Railway Zones
सहायक कम्पनीहरू
वेबसाइटwww.indianrailways.gov.in


स्टेशनमा उभिएको जनशताब्दी रेल।

भारतीय रेल (आईआर) एसियाको सबभन्दा ठूलो रेलवे सञ्जाल हो तथा एकल व्यवस्थापन अन्तरगतको यो विश्वको दोस्रो सबभन्दा ठूलो रेलवे सञ्जाल हो। यो १५० वर्ष भन्दा पनि धेरै समयसम्म भारतको यातायात क्षेत्रको मुख्य संघटक रहेकोछ। यो विश्वको सबभन्दा ठूलो नियोक्ता हो, यसका १६ लाखभन्दा पनि धेरै कर्मचारी छन्। यसले न केवल देश्को मूल संरचनात्‍मक आवश्यकताहरूलाई पूरा गर्नमा महत्त्वपूर्ण भूमिका निभाएकोछ अपितु छरिएका क्षेत्रलाई एक साथ जोडनमा र देश राष्ट्रिय अखण्डताको पनि संवर्धन गर्दछ। राष्‍ट्रीय विपत्तीको समयमा विपत्ती ग्रस्त क्षेत्रहरूमा राहत सामग्री पुर्‍याउनेमा भारतीय रेल अग्रणी रहेको छ

अर्थव्यस्थामा अन्तरदेशीय यातायातको रेल मुख्य माध्यम हो। यो ऊर्जा सक्षम यातायात मोड, जो बडी मात्रामा जनशक्तिको आवागमनको लागि अति उपयुक्त भएकोछ, बडी मात्रामा वस्तुहरूलाई लाने ल्याउने तथा लामो दूरीको यात्राको लागि अत्यन्त उपयुक्त छ। यो देशको जीवन धारा हो र यसको सामाजिक-आर्थिक विकासको लागि यसको महत्त्वपूर्ण स्थान छ। सुस्थापित रेल प्रणाली देशको टाढा टाढाका ठाउँहरूबाट मानिसलाई एक साथ मिलाउँछ र व्यापार गर्न, दृश्य दर्शन, तीर्थ र शिक्षा संभव बनाएकोछ। यसले जीवन स्तरलाई सुधारेकोछ र यस प्रकारले उद्योग र कृषिको चाँडोसित विकास गर्न सहायता गर्दछ।

इतिहास[सम्पादन गर्ने]

भारतमा रेलको शुरुवात १८५३ मा अंग्रेजहरूद्वारा प्राशासनिक सुविधाको लागि गरिएको थियो। तर आज भारतका धेरै जसो भागहरूमा रेलको जाल बिछाइएकोछ र रेल यातायातको सस्तो र मुख्य साधन बनेको छ। सन् १८५३ मा धेरै नै मामूली शुरूआतसित जब पहिलो अप रेलले मुम्बई देखी थाणेसम्म (३४ कि.मी.को दूरी) दूरी तय गरेको थियो, अब भारतीय रेल विशाल नेटवर्कमा विकसित भैसकेकोछ यसका ६३,४६५ कि.मी. मार्गको लम्बाईमा ७,१३३ स्‍टेशनहरू छन्। भारतीय रेलका ७,९१० इन्जिनहरूको बेडा छ; ४२,४४१ सवारी सेवाधान, ५,८२२ अन्‍यलाईच यान, २,२२,३७९ वैगन (३१ मार्च, २००५को स्थिति अनुसार)।[ भारतीय रेल बहुल गेज प्रणाली] हो;जसको ब्रोड गेज (१.६७६ मि मी) मीटर गेज (१.००० मि मी); र नैरो गेज (०.७६२ मि मी. र ६१० मि. मी)छ, यसका पटरिहरूको लम्बाई क्रमश: ८९,७७१ कि.मी; १५,६८४ कि.मी. र ३,३५० कि.मी. छ। जबकि गेजवार मार्गको लम्बाई क्रमश: ४७,७४९ कि.मी; १२,६६२ कि.मी. र ३,०५४ कि.मी. छ। कुल चालू पटरिहरूको लम्बाई ८४,२६० कि.मी. छ जसमध्ये ६७,९३२ कि.मी. ब्रोड गेज, १३,२७१ कि.मी. मीटर गेज, र ३,०५७ कि.मी. नैरो गेज छन्। लगभग मार्ग किलो मीटरको २८ प्रतिशत, चालू पटरी ३९ प्रतिशत र ४० प्रतिशत कुल पटरिहरूको विद्युतीकरण गरिएकोछ।


चित्र दिर्घा[सम्पादन गर्ने]

सन्दर्भ सामग्री[सम्पादन गर्ने]

  1. "Times of India", The Times of India (India), १५ अप्रिल २०१०। 
  2. Ministry of Railways, "Outcome, and Performance Budget of Railways for 2016-17", Indian Railways, अन्तिम पहुँच २६ सेप्टेम्बर २०१६ 
  3. http://indianrailways.gov.in/railwayboard/uploads/directorate/stat_econ/IRSP_2013-14/pdf/Statistical_Summary/Summary%20Sheet_Eng.pdf

बाह्य सूत्र[सम्पादन गर्ने]