बागडोगरा विमानस्थल
स्वरूप
| बागडोगरा विमानस्थल | |||||||||||
|---|---|---|---|---|---|---|---|---|---|---|---|
| विवरण | |||||||||||
| विमानस्थल प्रकार | भन्सार विमानस्थल | ||||||||||
| मालिक | भारतीय वायुसेना | ||||||||||
| सञ्चालक | भारतीय विमानस्थल प्राधिकरण | ||||||||||
| सेवा गर्ने स्थान | सिलिगुडी | ||||||||||
| अवस्थित स्थान | बागडोगरा, सिलिगुडी, पश्चिम बङ्गाल, भारत | ||||||||||
| उचाइ समुद्री सतह | १२६ मी / ४१२ फिट | ||||||||||
| निर्देशाङ्क | २६°४०′५२″उ ०८८°१९′४३″पू / 26.68111°N 88.32861°E | ||||||||||
| वेबसाइट | www | ||||||||||
| नक्सा | |||||||||||
| धावनमार्ग | |||||||||||
| |||||||||||
| तथ्याङ्कहरू (सन् २०२४ अप्रिल - सन् २०२५ मार्च) | |||||||||||
बागडोगरा विमानस्थल (आइएटिए: IXB, आइसिएओ: VEBD) भारतको पश्चिम बङ्गाल राज्यमा रहेको सिलिगुडीमा अवस्थित एक भन्सार विमानस्थल होI यो विमानस्थल सहरी क्षेत्रबाट १२ किमी (७.५ माइल) दक्षिण-पश्चिम बागडोगरामा रहेको छ।[४] यो विमानस्थल भारतीय वायुसेनाको बागडोगरा वायुसेना स्टेसनमा एक नागरिक उड्डयनको रूपमा सञ्चालित छ। यो दार्जिलिङ, गान्तोक, खरसाङ, कालिम्पोङ, मिरिक र उत्तर बङ्गाल क्षेत्रका अन्य भागहरूका पहाडी स्टेसनहरूको प्रवेशद्वार हो। सिलिगुडी, एक प्रमुख यातायात र आर्थिक केन्द्र भएको कारणले यो विमानस्थलले वार्षिक रूपमा हजारौं यात्रु र पर्यटकहरूलाई सेवा दिदैँ आएको छ।
सन्दर्भ सामग्रीहरू
[सम्पादन गर्नुहोस्]- ↑ "Annexure III – Passenger Data", aai.aero, अन्तिम पहुँच २८ अप्रिल २०२५।
- ↑ "Annexure II – Aircraft Movement Data", aai.aero, अन्तिम पहुँच २८ अप्रिल २०२५।
- ↑ "Annexure IV – Freight Movement Data", aai.aero, अन्तिम पहुँच २८ अप्रिल २०२५।
- ↑ "Airports Authority of India", मूलबाट २२ डिसेम्बर २०१५-मा सङ्ग्रहित, अन्तिम पहुँच २ जनवरी २०१६।
बाह्य कडीहरू
[सम्पादन गर्नुहोस्]- Civil Aerodrome Bagdogra ( भारतीय वायुसेवा प्राधिकरणको आधिकारिक वेबसाइट)
यो पनि हेर्नुहोस्
[सम्पादन गर्नुहोस्]