राई भाषा

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
Jump to navigation Jump to search

किरात राई भाषाहरूको फैलावट नेपालको पूर्वी पहाडी जिल्लाहरूमा रहेको छ । उनीहरूको ओखलढुंगा, उदयपुर, सोलुखुम्बु, खोटाङ, भोजपुर, संखुवासभा, धनकुटा, सुनसरी, मोरङ, झापा, तेह्रथुम, इलाम, पााचथरसम्म परम्परागत मुख्य थातथलोका रूपमा रहेका छन् । यसैगरी भारतको दार्जीलिङ, सिक्किम, आसाम आदि ठाउाहरूमा राई भाषाहरू बोलिन्छन् । बसाइाको हिसाबले देशको सबै जिल्लाहरूमा किरात राईहरूको बसोबास रहेको जनगणना २००१ ले देखाएको छ ।

भाषिक विशेषता र पहिचान

यी राई भाषाहरूको विशेषता र पहिचानलाई भाषाशास्त्रीहरूले अनुसन्धानको विषय बनाएका छन् । उनीहरूका अनुसार एक मूल जराबाटै यी भाषाहरूको विकास भएको हुन सक्छ Û

भाषावैज्ञानिक दृष्टिकोणबाट भाषाहरूको लेख्य परम्परा सुरु गर्दा ती भाषाहरूको वर्ण निर्धारण पहिलो पाइला हो । किरात राई भाषाहरूअन्तर्गत सन् २०१०/११ मा लोहोरुङ र दुङमाली भाषाका वर्ण निर्धारण 'आदिवासी जनजाति उत्थान प्रतिष्ठान'को सहयोगमा भाषाविद्हरूले गरिदिएका छन् । प्रा. डा. माधवप्रसाद पोखरेलको नेतृत्वमा किरात राई भाषाहरूको मात्र हैन, नेपालका धेरै भाषाहरू -५० को हाराहारी)को वर्ण निर्धारण भएका छन् । अझै केही किरात राई भाषाहरूको वर्ण निर्धारण हुनै बााकी छ । कतिपय किरात राई भाषाहरू वर्ण निर्धारणै नगरी लेख्न सुरु गरेका छन् । यसले गर्दा ती भाषाहरूमा खस नेपाली भाषाको प्रभाव बढी पर्ने सम्भावना देखिन्छ।

किरात राई भाषा भाषीहरु                                                 १. खालिङ

अन्य किराँत राईहरुहरू भन्दा उत्तरी र उच्च भूभागमा खालिङहरूको बसोबास पाइन्छ । 'ख्याल व्रा' भनिने यो भाषा बोल्ने खालिङ राईहरू सोलु जिल्लाको जुविङ, काँकु, बासा, टाक्सिन्धु, वाकु, पावै, गा.वि.स.हरूमा मूलरूपमा र देशका अन्य भागमा समेत बसोबास गर्दछन् ।

२. कुलुङ

कुलुङ-रिङ भनेर उल्लेख गरिने यो भाषा बोल्ने कुलुङहरू सोलु जिल्लाको उत्तरपूर्व क्षेत्र-बुङ, छेस्काम, गुदेल, पावै, सोताङ गा.वि.स., संखुवासभाको उत्तर पश्चिमी भाग-बाना, माङतेवा, मकालु, मच्छेपोखरी, पावाखोला, ताम्कु, याफु गा.वि.समा, भोजपुर जिल्लाको उत्तरी भाग-चौकीडाँडा, दोभाने, खार्तम्छा खाताम्मा आदिमा मूलरूपमा तथा देशका अन्य भागमा बसोबास गर्दछन् ।

३. थुलुङ

'थुलुङला' अथवा 'थुलुङलो' यो भाषा बोल्ने थुलुङहरू सोलु जिल्लाको देउसा, मुक्ली, काँगेल, जुवु, नेचाबतासे, पंचन, सल्यान लोखिम, तिङला, पावै आदि गा.वि.समा, ओखलढुङ्गाको दियाले, कुइभिर, रुम्जाटार, खोटाङको रिम्बदुङ, ज्यामिरे, ऐंसेलुखर्क, जाल्पा आदिमा मूलरूपमा र देशका अन्य भूभागमा बसोबास गर्दछन् ।

४. बाहिङ/बायुङ

'बाहिङ लो' भनिने यो भाषा बोल्ने बाहिङहरू सोलु जिल्लाको नेचाबतासे, सल्यान, तिङला, ओखलढुङ्गा जिल्लाको राँगादिप, अँधेरी, वर्नालु, वरुणेश्वर, बिगुटार, ज्यामिरे, माम्खा, मोली, ओखलढुङ्गा, रुम्जाटार, उँबु, वाक्सा, देउराली, दियाले आदिमा मूलरूपमा र देशका अन्य भूभागमा समेत बसोबास गर्दछन् ।

५. उबु चौरासे/वाम्बुले/ओम्बुले

'उँबु चौरासे योर' भनिने यो भाषा बोल्ने ओम्बुलेहरू ओखलढुङ्गा जिल्लाको मानेभञ्ज्याङ, मोली, थाक्ले, हिलेपानी, उँबु र वाक्सा गा.वि.स, उदयपुर जिल्लाको हुर्देनी, लेखानी, सिरिसे र सोरूङ गा.वि.स., खोटाङ जिल्लाको डिकुवा च्यास्मीटारमा मूलरूपमा र देशका अन्य भूभागमा बसोबास गर्दछन् ।

६. नाछिरिङ

'नाछिरिङ रु' भनिने यो भाषा बोल्ने नाछिरिङहरू सोलु जिल्लाको सोताङ, गुँदेल, पावै, खोटाङ जिल्लाको वाकाचोल, ऐंसेलुखर्क, राखा वाङदेल, धारापानी गा.वि.समा मूलरूपमा र देशका अन्य भूभागमा बसोबास गर्दछन् ।

७. कोयी

'कोयी वःअ' भनिने यो भाषा बोल्ने कोयीहरू खोटाङ जिल्लाको उत्तरी भागमा सुङदेल, रावादिप्सुङ मूलरूपमा र देशका अन्य भूभागमा बसोबास गर्दछन् ।

८. दुमी

'दुमी बोओ' अथवा 'दुमी' बा' भनिने यो भाषा बोल्ने दुमीहरू खोटाङ जिल्लाको बाक्सिला, सप्तेश्वर, ससर्खा, खार्मी, माक्पा, ऐसेलुखर्क गा.वि.स.हरूमा मूलरूपमा र देशका अन्य भूभागमा बसोबास गर्दछन् ।

९. साम्पाङ

'साम्पाङ-खा' भनिने यो भाषा बोल्ने साम्पाङहरू खोटाङ जिल्लाको उत्तरपूर्वी भाग-खार्तम्छा, पाथेका, फेदी भोजपुरको उत्तरीभाग खिमालुङ, खार्तम्छा, फालिसाम्पाङ गा.वि.स. हरूमा मूल रूपमा र देशका अन्य भूभागमा समेत बसोबास गर्दछन् ।

१०-चाम्लिङ

'चाम्लिङ ला' भनिने यो भाषा बोल्नेहरू खोटाङ जिल्लाका ७६ गा.वि.स.मध्ये ४५ गा.वि.स.मा, उदयपुर जिल्लाका ४७ गाविसमध्ये ३६ गा.विस.मा मूलरूपमा र सोसँग जोडिएका अन्य जिल्लामा तथा देशका विभिन्न भागमा बसोबास गर्दछन् ।

११. पुमा

पुमाला भनिने यो भाषा बोल्ने पुमाहरू खोटाङ जिल्लाको दिपलुङ, मौवाबोटे, देवीस्थान, पौवासेरा र चिसापानी गा.वि.स.हरूमा मूलरूपमा र देशका अन्य भूभागमा बसोबास गर्दछन् ।

१२. बान्तवा

वान्तवा यङ भनिने यो भाषा बोल्ने बान्तवाहरू भोजपुर जिल्लाको मध्य तथा दक्षिणी भाग, खोटाङ जिल्लाको दक्षिणपूर्वी सीमावर्ती भाग र उदयपुर जिल्लाको पूर्वी भागमा मूलरूपमा र देशका अन्य भूभागमा बसोबास गर्दछन् ।

१३. मेवाहाङ

'मेवाहाङ्-खानावा' भनिने यो भाषा बोल्ने मेवाहाङहरू संखुवासभा जिल्लाको वाला, याम्दाङ, सिसुवा, ताम्कु माङतेवा र याफु रा, भोजपुर जिल्लाको मझुवा, चौकीडाँडा, दोभाने, नेपालेडाँडामा मूलरूपमा र देशका अन्य भूभागमा समेत बसोबास गर्दछन् ।

१४. याम्फू

'याम्फुखा' अथवा 'याम्फेखा' भनिने यो भाषा बोल्ने याम्फुहरू संखुवासभा जिल्लाको माथिल्लो अरूणको दुवैपट्टकिो मार्ग अर्थात् मकालु, पावाखोला, पाथीभरा, नुम गा.वि.स.हरूमा मूलरूपमा तथा धनकुटा, ताप्लेजुङ, तेह्रथुम, इलामामा केही पातलो रूपमा बसोबास गर्दछन् ।

१५. लोहरूङ

'लोहरूङ खाप्' भनिने यो भाषा बोल्ने लोहरुङ राईहरू संखुवासभाको मध्य र दक्षिणी भागमा बाक्लो रूपमा र धनकुटा, ताप्लेजुङ, पाँचथर, तेह्रथुम, इलाम, झापा, मोरङ, सुनसरीमा केही पातलो रूपमा बसोबास गर्दछन् ।

१६. आठपरिया

'आठाप्रेरिङ' भनिने यो भाषा बोल्ने आठपरिया राईहरू धनकुटा जिल्लाको मध्य भागमा-धनकुटा नगरपालिका, भिरगाउँ, त्यसको समीप बाक्लो रूपमा अनि सुनसरी, मोरङ, झापा, इलाम, पाँचथर, तेह्रथुम आदिमा फाटफुट बसोबास गर्दछन् ।

१७. बेलरिया

'बेलरिया रिङ' भनिने यो भाषा बोल्ने बेलरियाहरू धनकुटा जिल्लाको बेलहारामा र त्यसका दक्षिणी भागहरूमा बसोबास गर्दछन् ।

१८. बुङ्ला

बुङला भाषी राई किराँतहरू भोजपुर जिल्लाको उत्तर भागमा नेपालेडाँडा गा.वि.स.मा र आसपासका क्षेत्रमा बसोबास गर्दछन् ।

१९. लाम्बिछोङ

'छाम्बिछोङ रिङ' भनिने यस भाषाका प्रयोगकर्ता लाम्बिछोङ राई किराँतहरू धनकुटा जिल्लाको मुगा र पाखि्रवास गा.वि.स. तथा तिनका आसपास बसोबास गर्दछन् ।

२०. छिन्ताङ

'छिन्ताङ रूङ'भनिने यो भाषा बोल्ने छिन्ताङ राई किराँतहरू छिन्ताङ गा.विस. को तमोर, अरूण र सुनकोशीको संयोजन स्थल नजिक र आँखीसल्ला गा.वि.सहरूमा मूलरूपमा र सुनसरी, मोरङ, झापा आदिमा बसोबास गर्दछन् ।

२१. छिलिङ

'छिलिङ-रूङ' भनिने यस भाषाका प्रयोगकर्ता छिलिङ राईहरू धनकुटा जिल्लाको आँखीसल्ला गा.वि.स., त्यसका आसपासमा मूलरूपमा र सुनसरी, मोरङ, तेह्रथुममा फाटफुट बसोबास गर्दछन् ।

२२. तिलुङ

'तिलङ-ब्लामा' भनिने यस भाषाका वक्ता तिलुहरू खोटाङ जिल्लाको च्यास्मिटार र उदयपुर जिल्लाको केही भागमा बसोबास गर्दछन् ।

२३. जेरूङ

'जेरो माल' भनिने यो भाषा बोल्ने जेरूङहरू ओखलढुङ्गा जिल्लाको माधवपुर, बल्खु र सिस्नेरी गा.वि.स.मा, सिन्धुली जिल्लाको रत्नावती गा.वि.स.मा मूलरूपमा र त्यसभन्दा दक्षिण एवं पूर्वमा फाटफुट बसोबास गर्दछन् । उपरोक्त भाषाहरूका साथै चुक्वापोहिङ, साम आदिको बारेमा संक्षिप्त उल्लेख पाइए पनि प्रष्ट जानकारी प्राप्त हुन बाँकी नै छ ।

यस अनुसार किराँत राईहरूद्वारा बोलिने करिब २५ वटा राई किराँत भाषाहरूलाई विभिन्न तहका शैक्षिक निकायहरूमा पठनपाठनको व्यवस्था मिलाउनु मूलरूपमा सरकारको दायित्व हो । तर देशमा विगतदेखि हालसम्म गठित विभिन्न व्यक्ति वा पार्टीले नेतृत्व गरेको सरकारले यसतर्फ ध्यान दिएको पाइँदैन । विभिन्न किराँत राई भाषामा पठनपाठन गराउने कुरा त टाढै राखौँ लोप हुन लागेका भाषाहरूलाई जोगाउन शब्द सङ्कलन, शब्दकोश निर्माणतर्फ समेत ठोस कदम चालिएको देखिँदैन ।

एक दुई किराँत राई भाषामा प्राथमिक तह -५ कक्षासम्म) का केही पुस्तक प्रकाशन गरिटोपलेर किराँत राई भाषाहरूको विकास गराएको हल्ला चलाइएको भए तापनि समग्रमा किराँत राई भाषाप्रति दमनकारी व्यवहार गर्दै ती भाषाहरूलाई समाप्त पार्ने करिब अढाई शताब्दीदेखि चल्दै आएको सरकारी नीति नै हालसम्म लागू भइरहेको पाइन्छ ।

देशको कुनै भागमा कसैले पनि मातृभाषाको रूपमा प्रयोग नगर्ने संस्कृत भाषाको निम्ति विभिन्न पीठ, पाठशाला आदि खोलेर मात्र नपुगी, संस्कृत विश्वविद्यालय समेत खोलेर करोडौं अर्बौं रकम खर्च गरिएको छ त्यस्तै सत्ताधारीहरूद्वारा नेपाली बनाइएको वा भनिएको खस भाषाको एकाधिकारलाई बढावा दिन अर्बाैं रूपियाँ खर्च गरिसकिएको र गरिंदैछ तर देशका मौलिक बासिन्दा किराँत राईहरूको करिब २५ वटा मातृभाषाको संरक्षण र विकासका निम्ति सरकारी क्षेत्रबाट २५ -पच्चीस) करोड रकमसम्म छुट्याइएको छैन ।

विभिन्न भाषा, संस्कृति, धर्म, जाति र क्षेत्रप्रति समावेशी दृष्टिकोण राख्ने र अग्रगामी भनिएको वर्तमान सरकारले पनि आंशिक रूपमा केही भिन्नता देखाए तापनि किराँत राई भाषाप्रति विगतका सरकारहरूले अपनाएको विभेदकारी र दमनकारी नीतिकै अनुसरण गरिरहेको देखिन्छ ।

देशमा समावेशी नीति वास्तविक रूपमै लागू गर्न खोजिएको हो भने अथवा भाषिक समावेशी नीति लागू भएको कुरा व्यवहारबाटै प्रमाणित गर्ने हो भने आˆनो मातृभाषामा प्राथमिकदेखि उच्चतहको शिक्षा प्राप्त गर्ने किराँत राईहरूको अधिकार कार्यान्वयन गर्नेतर्फ सम्बन्धित जिम्मेवार पक्षबाट अविलम्ब ठोस कदम चालिनु आवश्यक छ । [१]

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्ने]

बाह्य कडीहरू[सम्पादन गर्ने]

भाषाहरूको ISO कोड

अथवा यो हेर्नुहोस्