मेघालय

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
मेघालय

मेघालय भारतको उत्तर पूर्वमा एउटा राज्यको नाम हो। मेघालयको क्षेत्रफल लगभग २२,३२९ वर्ग किलोमीटर छ। यहाँको जनसङ्ख्या २,१७५,००० छ २०००। यसको उत्तरमा आसाम, जुन ब्रह्मपुत्र नदीसित विभाजित हुन्छ, र दक्षिणमा बङ्गलादेश छ। यसको राजधानी सुन्दर शहर सिलोङ्ग हो जसको जनसँख्या लगभग २६०,००० छ। मेघालय पहिला आसाम राज्यको अभिन्न अङ्ग थियो जसलाई २१ जनवरी १९७२ मा विभाजित गरी नयाँ प्रान्त बनाईयो।

जलवायु[सम्पादन गर्नुहोस्]

मेघालयको जलवायु उपोष्ण (उष्ण र शीतको मध्य) तथा आर्द्र छ। वार्षिक वर्षा १२०० से.मी. सम्म हुन्छ जसले गर्दा यो राज्य देशकै सबै भन्दा "गीलो" राज्य भनिन्छ। चेरापूंजी, जुन राजधानी शिलांगदेखि दक्षिणमा छ,ले एउटा कैलेंडर महीनामा सर्वाधिक वर्षाको विश्व कीर्तिमान स्थापित गरेको छ। जबकि यसै शहरको नजीकको गाँउ मावसिनरामको नाम सर्वाधिक सालाना वर्षाको रेकर्ड दर्ज छ। राज्यको लगभग एक तिहाई हिस्सा वनाच्छादित छ। राज्यको गारो, खासीजयंतिया पहाडहरू त्यति अग्ला छैनन्। शिलांग शिखर, जसको उँचाई १९६६ मीटर छ, सर्वोच्च शिखर हो। कतिपय गुफाहरूमा चूना जलको विभिन्न आकृतिहरू छन् जसमा स्टेलैक्टाईट र स्टेलैग्माईट जस्तो आकृतिहरू विख्यात छन्।

जनसङ्ख्या[सम्पादन गर्नुहोस्]

जनजातीय आबादी कुल जनसङ्ख्याको लगभग ८५ प्रतिशत छ। लगभग ५०% खासी छन त्यस पछि गारो छन जसको जनसङ्ख्या एक तिहाई छ। यस अतिरिक्त जयंतिया तथा हजोंगहरू पनि छन। लगभग १५ प्रतिशत आबादी अजनजातीय छ जसमा बङ्गाली तथा शेख शामिल छन। यो देशको तीन राज्य मध्यबाट एउटा हो जहाँ ईसाई बहुमत छन, अन्य दुई राज्य - नागाल्यान्डमिजोरम पनि पूर्वोत्तर भारतमा नै छ। खासीहरू क्याथोलिक हुन जबकि गारोहरू बाप्टिस्ट।

राज्य सरकारले हालांकि पर्यटनलाई बढावा दिई रहेको छ तर आतंकवादी सङ्गठन उल्फाबोडो राष्ट्रिय लोकतांत्रिक मोर्चा, गारो पहाडहरूलाई आफ्नो गतिविधिहरूको थलो बनाई रहेको छन्। घना जंगल र बङ्गलादेशको सीमा नजिकभएको हुनाले यो ठाउ एउटा राम्रो लुक्ने स्थान बनेको छ।

जिल्लाहरू[सम्पादन गर्नुहोस्]

मेघालयको जिलाहरू

राजनीति[सम्पादन गर्नुहोस्]

प्रमुख तथ्य[सम्पादन गर्नुहोस्]

  • क्षेत्रफल: २२,४२९ वर्ग कि.मी.
  • जनसङ्ख्या: २,१७५,००० (2000)

जातीहरू:[सम्पादन गर्नुहोस्]

धर्म:[सम्पादन गर्नुहोस्]

यो पनि हेर्नुहोस्[सम्पादन गर्नुहोस्]

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

बाह्य कडीहरू[सम्पादन गर्नुहोस्]