पाटे बाघ

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

पाटे बाघ
भाले पाटे बाघ
पाटे बाघिनी
वैज्ञानिक वर्गीकरण e
जगत: जनावर
Phylum: रज्जुकी
वर्ग: स्तनधारी प्राणी
गण: मांसाहारी
परिवार: फेलिडे
उपपरिवार: Pantherinae
वंश: पान्थेरा
प्रजाति:
उपप्रजाति:
P. t. tigris
त्रिपद नाम
Panthera tigris tigris
(लिनियस, सन् १७५८)
पाटे बाघको वासस्थान दायरा
पर्याय[२]
  • P. t. fluviatilis
  • P. t. montanus
  • P. t. regalis
  • P. t. striatus

पाटे बाघ (उपप्रजाति नाम: प्यानथेरा टाइग्रिस टाइग्रिस) मुख्यतया भारत, नेपालबङ्गलादेशको रैथाने बाघको उपप्रजाति हो। यो बाघहरू विभिन्न प्रकारका वासस्थानमा बस्न सक्छ। घांसेमैदान देखि उष्ण तथा समशितोष्ण सदाबहार जङ्गलहरू र झाडीहरूमा मात्र नभएर मरुभूमी आशपासका पतझर वनहरू, सुख्खा झाडीहरूमा र ओशीला दलदलहरूमा समेत बाघले आफ्नो वासस्थान बनाएको हुन्छ । जङ्गलमा खुल्लारूपमा विचरणगर्ने भाले बाघहरू साधारणतयअ २०५ देखि २२७ किलोग्राम सम्म तौल भएका हुन्छन् भने पोथी बाघहरू औशत रूपमा करिब १४१ किलोग्राम तौलका हुन्छन् । यद्यपी नेपाल तथा उत्तरभारतमा पाइने पाटे बाघहरू दक्षिण भारतमा पाइने बाघहरू भन्दा केही ठूलो शरीरका हुन्छन् जसको भालेको तौल लगभग २३५ किलोग्राम सम्मको हुन्छ । संरक्षणवादीहरूको दावी अनुसार अहिले पाटे बाघहरूको सङ्ख्या २००० भन्दा पनि कम भैसकेको छ । भारत सरकारको राष्ट्रिय बाघ संरक्षण विभागले गरेको पछिल्लो सर्बेक्षण अनुसार विगत १० वर्षमा बाघको सङ्ख्यामा ६०% कमी आएर अहिले करिब १,४११ पाटे बाघहरू अस्तित्वमा रहेको अनुमान गरिएको छ । सन् १९७२ देखि धेरै वन्यजन्तु संरक्षण अभियान सञ्चालन भएकाछन्, बाघ संरक्षणका लागि विभिन्न योजनाहरू सार्वजनिक गरिएका छन् । भारतीय अधिकारीहरूको पहलकदमीका बाबजुद भारतको सरिस्का बाघ आरक्षणबाट बाघ पूर्णरूपमा लोप भैसकेको छ ।

नेपालमा पाटे बाघ[सम्पादन गर्नुहोस्]

राष्ट्रिय प्रकृति संरक्षण कोषले विसं २०७० मा सार्वजनिक गरेको तथ्यांक अनुसार नेपालमा बाघको संख्या १ सय ७६ (विसं २०६५)बाट बढेर १ सय ९८ पुगेको छ । जसमध्ये चितवन राष्ट्रिय निकुञ्जमा १ सय २०, बर्दिया राष्ट्रिय निकुञ्जमा ५०, शुक्लाफाँट वन्यजन्तु आरक्षमा १७, पर्सा वन्यजन्तु आरक्षमा ७ र बाँके राष्ट्रिय निकुञ्जमा ४ वटा बाघ रहेका छन् । चितवनमा विसं २०६५ भन्दा पाँच वटा बयस्क बाघ घटेका छन् भने बर्दिया राष्ट्रिय निकुञ्जमा १३ वटा बाघ बढेको कोषले जनाएको छ । [३][४]

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

  1. Chundawat, R. S.; Khan, J. A. & Mallon, D. P. (२०११), "Panthera tigris ssp. tigris", आइयुसिएनको रातो सूची अनुसार सङ्कटापन्न प्रजातिहरू 2011: e.T१३६८९९A४३४८९४५। 
  2. उद्दरण त्रुटी: Invalid <ref> tag; no text was provided for refs named Mazak1981
  3. "नेपालमा बाघको संख्या १ सय ९८", imagechannels.com, इमेज च्यानल टेलिभिजन, अन्तिम पहुँच ३० जुलाई २०१३ [dead link]
  4. पौडेल, रमेशकुमार, "नेपालमा बाघको संख्यामा वृद्धि, चितवनमा कमी", www.nagariknews.com, नागरिक न्युज डटकम, अन्तिम पहुँच ३० जुलाई २०१३ 

३. हिक्मत आचार्य, " बर्दिया राष्ट्रिय निकुञ्जमा बाघ को सङ्ख्यामा बृद्धि आएको छ"