सामग्रीमा जानुहोस्

राधा

यो लेख सुन्नुहोस्
विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
राधा
मूलप्रकृति - आदि देवी[१][२]
जगन्माता (आदिमाता)[३]
ह्लादिनी शक्ति ("आनन्ददायिनी ऊर्जा")[४][५]
प्रेम, करुणा र भक्तिकी देवी[६]
कृष्ण धर्मकी सर्वोच्च देवी[७][८]
पञ्च प्रकृति[९]को सदस्य
इस्कोन मन्दिर, पुणेमा राधाको मूर्ति
अन्य नामहरूमाधवी, केशवी, श्रीजी, श्यामा, किशोरी, राधारानी, राधे
सम्मानितराधावल्लभ सम्प्रदाय, निम्बार्क सम्प्रदाय, गौडीय वैष्णव सम्प्रदाय, पुष्टिमार्ग, महानम सम्प्रदाय, मणिपुरी वैष्णव सम्प्रदाय, स्वामीनारायण सम्प्रदाय, वैष्णव-सहजिया, हरिदासी सम्प्रदाय[१०]
आबद्ध
वासस्थान
मन्त्र
  • ॐ ह्रीं राधिकायै नमः
  • ॐ राधायै स्वाहा
  • ॐ ह्रीं श्रीं राधिकायै स्वाहा
[११]
प्रतीकसुनौलो कमल
बारशुक्रवार
धर्मग्रन्थहरूब्रह्मवैवर्त पुराण, देवीभागवत पुराण, नारद पुराण, पद्म पुराण, स्कन्द पुराण, शिव पुराण, गीत गोविन्द, गोपाल तापनी उपनिषद्, गर्ग संहिता, ब्रह्म संहिता, चैतन्य चरितामृत
लिङ्गमहिला
चाडपर्वहरू
वंशावली
अवतारको जन्मरावल, बरसाना (हालको उत्तर प्रदेश, भारत)
अभिभावकहरू
रानीकृष्ण
वंशयदुवंश-चन्द्रवंश

राधा जसलाई राधिका पनि भनिन्छ, एक हिन्दु देवी र भगवान कृष्णकी मुख्य सङ्गी हुन्। उनी प्रेम, कोमलता, करुणा र भक्तिकी देवी हुन्। शास्त्रहरूमा राधालाई लक्ष्मीको अवतार[१३][१४] र श्रीकृष्णको आन्तरिक शक्ति (ह्लादिनी शक्ति) एवम् मूलप्रकृतिको रूपमा वर्णन गरिएको छ, जो श्रीकृष्णको स्त्री स्वरूप र आन्तरिक सामर्थ्य हुन्।[१][१५][१६][१७][१८] राधाले श्रीकृष्णका हरेक अवतारहरूमा उनलाई साथ दिन्छिन्।[१९][२०] राधाको जन्मोत्सव हरेक वर्ष राधाष्टमीको अवसरमा मनाइन्छ।[२१][२२]

प्रेमिका सङ्गी र विवाहित सङ्गी गरी श्रीकृष्णसँगको सम्बन्धका आधारमा राधाको दुईवटा रूपको व्याख्या गरिएको पाइन्छ। निम्बार्क सम्प्रदाय जस्ता परम्पराहरूले राधालाई श्रीकृष्णको शाश्वत सङ्गी र विवाहित पत्नीको रूपमा पूजा गर्छन्।[२३][२४][२५][२६] यसको विपरीत, गौडीय वैष्णव सम्प्रदाय जस्ता परम्पराहरूले उनलाई कृष्णको प्रेमिका र दिव्य सङ्गीको रूपमा सम्मान गर्छन्।[२७][२५]

राधावल्लभ सम्प्रदाय र हरिदासी सम्प्रदायमा राधालाई मात्र सर्वोच्च सत्ताको रूपमा पूजा गरिन्छ।[२८] अन्यत्र, उनलाई निम्बार्क सम्प्रदाय, पुष्टिमार्ग, महानम सम्प्रदाय, स्वामीनारायण सम्प्रदाय, वैष्णव-सहजिया, मणिपुरी वैष्णव सम्प्रदाय, र चैतन्य महाप्रभुसँग जोडिएका गौडीय वैष्णव सम्प्रदायहरूमा श्रीकृष्णको प्रमुख सङ्गीको रूपमा पूजा गरिन्छ।[२९]

राधालाई ब्रजका गोपीहरू (ब्रजका गोपिनीहरू) की प्रमुख र वृन्दावन तथा बरसाना सहित गोलोक र ब्रजकी रानीको रूपमा वर्णन गरिएको छ।[२५] उनले थुप्रै साहित्यिक कृतिहरूलाई प्रेरित गरेकी छिन्, र श्रीकृष्णसँगको उनको रासलीला नृत्यले विभिन्न प्रकारका प्रदर्शन कलाहरूलाई प्रेरित गरेको छ।[३०][३१][२७][३२]

व्युत्पत्ति र उपनामहरू

[सम्पादन]
राजस्थानको उदयपुरमा रहेको राधा (दायाँ) र कृष्ण (बायाँ, बाँसुरी बजाउँदै) को १४औँ शताब्दीको भित्तेचित्र।

संस्कृत शब्द राधाको अर्थ "समृद्धि, सफलता, पूर्णता र धन" भन्ने हुन्छ।[३३][३४][३५] यो भारतका प्राचीन तथा मध्यकालीन ग्रन्थहरूमा विभिन्न सन्दर्भहरूमा पाइने एक सामान्य शब्द र नाम हो। यो शब्द वैदिक साहित्यका साथै हिन्दु महाकाव्यहरूमा पनि देखा पर्दछ, तर यसको निश्चित उत्पत्ति ठम्याउन गाह्रो छ।[३५] यो नाम महाकाव्य महाभारत की एक पात्रका लागि पनि प्रयोग भएको छ।[३३] 'राधिका'ले राधाको प्रिय वा मायालु रूपलाई जनाउँछ।[३३]

गर्ग संहिता को १५औँ अध्याय, गोलोक खण्ड मा महर्षि गर्गले राधा नामको पूर्ण अर्थ विस्तारमा बताएका छन्। राधा शब्दमा, 'र' ले रमा अर्थात् देवी लक्ष्मीलाई जनाउँछ, 'आ' ले गोपीहरू लाई जनाउँछ, 'ध' ले धरा अर्थात् देवी भूदेवीलाई जनाउँछ र अन्तिम 'आ' ले विराजा नदी (जसलाई यमुना पनि भनिन्छ) लाई प्रतीक गर्दछ।[३६]

नारद पञ्चरात्र को पाँचौँ अध्याय, पाँचौँ रात्रि मा 'श्री राधा सहस्रनाम स्तोत्रम्' शीर्षक अन्तर्गत राधाका १००८ नामहरू उल्लेख गरिएको छ।[३७][३८] नारद पुराण को ६८औँ अध्याय, 'तृतीय पाद' मा पनि राधाका ५०० नामहरूको सूची दिइएको छ।[३९] केही सामान्य नाम र उपनामहरू यस प्रकार छन्:[४०][४१][४२][३९]

  • श्री, श्रीजी, श्रीजी: कान्ति, वैभव र धनकी देवी; लक्ष्मी
  • माधवी: माधवको स्त्री स्वरूप
  • केशवी: केशवको स्त्री स्वरूप
  • अपराजिता: जसलाई कसैले जित्न सक्दैन (अजेय)
  • किशोरी: सधैँ युवावस्थामै रहने
  • नित्या: जो शाश्वत हुनुहुन्छ
  • नित्य-गेहिनी: कृष्णकी शाश्वत पत्नी
  • गोपी: गोपिनी
  • श्यामा: श्यामकी प्रिय
  • गौराङ्गी: चम्किलो सुन जस्तै गोरो वर्ण भएकी
  • रासेश्वरी र रास-प्रिया: रासलीलाकी रानी र रास नृत्य मन पराउने
  • वृन्दावनेश्वरी: वृन्दावनकी रानी
  • कृष्णेश्वरी: कृष्णको स्त्री स्वरूप

पौराणिक कथाहरू

[सम्पादन]

गोपिनीको रूपमा

[सम्पादन]

मानवीय रूपमा राधालाई वृन्दावनकी एक गोपिनी (गोपी) को रूपमा पुजिन्छ, जो कृष्णकी परम प्रिय बन्छिन्। राधाको एक मुख्य विशेषता भनेको कृष्णप्रतिको उनको निस्स्वार्थ प्रेम र विरहको पीडा हो, जसले गर्दा राधालाई भक्तिको सर्वोच्च आदर्शको रूपमा सम्मान गरिन्छ।[४३]

जन्म र प्रारम्भिक जीवन

[सम्पादन]
रावल, उत्तर प्रदेश स्थित "श्री राधा रानी जन्मस्थान मन्दिर" मा बाल रूपमा राधाको मूर्ति (विग्रह)।

राधाको जन्म बरसानाका यादव राजा वृषभानु र उनकी पत्नी कीर्तिदाको कोखबाट भएको थियो।[४४][४५][४६] उनको जन्मस्थल उत्तर प्रदेशको गोकुल नजिकै अवस्थित एक सानो सहर रावल हो, तर उनी हुर्केको स्थान बरसाना भएकाले धेरैजसो बरसानालाई नै उनको जन्मस्थल मान्ने गर्छन्।[४७] प्रचलित कथा अनुसार, राजा वृषभानुले राधालाई यमुना नदीमा तैरिरहेको एक दैवीय प्रकाशयुक्त हजार पत्रदल भएको कमलको फूलमा फेला पारेका थिए। राधा कृष्णभन्दा नौ महिना जेठी छिन्।[४८] कृष्ण आफैँ बाल रूपमा उनको अगाडि प्रकट नभएसम्म राधाले आफ्ना आँखाहरू खोलेकी थिइनन्।[४९][५०][५१]

"अष्टसखी" (आठ जना साथीहरू) राधाको बाल्यकाल र युवावस्थाका अभिन्न अङ्ग हुन्।[५२] यी सबै अष्टसखीहरू राधा कृष्णका परम मित्र हुन् र उनीहरू पनि गोलोकबाट ब्रज क्षेत्रमा अवतरित भएका हुन् भन्ने विश्वास गरिन्छ। यी आठ सखीहरूमध्ये ललिता र विशाखा प्रमुख हुन्।[५३] चैतन्य चरितामृत को अन्त्य लीला (२:६:११६) अनुसार, राधाले आफ्नो बाल्यकालमा महर्षि दुर्वासाबाट एक वरदान पाएकी थिइन् थियो, जसअनुसार उनले जे पकाए पनि त्यो अमृतभन्दा पनि मिठो हुने गर्दथ्यो।[५४]

युवावस्था

[सम्पादन]
गोपिनीहरूसँग राधाकृष्णको रासलीला।

राधाको युवावस्थाका कथाहरू कृष्णसँगका उनका दिव्य लीलाहरूले भरिएका छन्।[५५] राधाकृष्णका केही प्रसिद्ध लीलाहरूमा: रासलीला, राधा कुण्डका लीलाहरू, गोपाष्टमी लीला,[५६] लठमार होली, सेवा कुञ्ज लीला (जसमा कृष्णले राधाको शृङ्गार गरेका हुन्छन्),[५७] मान लीला (दिव्य प्रेमको एक विशेष अवस्था जहाँ भक्तको भगवानप्रति यति धेरै प्रेम विकास हुन्छ कि उसले भगवानसँग रिसाउने अधिकार समेत प्राप्त गर्छ),[५८] मोर कुटिर लीला (जसमा कृष्णले राधालाई प्रसन्न तुल्याउन मयूरको भेष धारण गरेर नृत्य गरिएको),[५९] गोपदेवी लीला (राधालाई भेट्न कृष्णले महिलाको रूप धारण गरेको लीला) र लीलाहाव (जसमा राधा र कृष्णले एकअर्काको लुगा लगाएका) सामेल छन्।[६०]

कृष्णसँगको सम्बन्ध

[सम्पादन]

राधा र कृष्णबिच दुई प्रकारको सम्बन्ध रहेको मानिन्छ: परकीय (सामाजिक बन्धनभन्दा बाहिरको प्रेम) र स्वकीय (विवाहित सम्बन्ध)।[६१] राधाले कृष्णलाई आफूसँग किन विवाह गर्न किन नससेको भनेर प्रश्न गर्दा कृष्णले "विवाह दुई आत्माको मिलन हो। तिमी र म त एउटै आत्मा हौँ, म आफैँसँग कसरी विवाह गर्न सक्छु? भनेर उत्तर दिन्छन्।[६२] धेरै हिन्दु ग्रन्थहरूले यी परिस्थितिहरूलाई सङ्केत गर्छन्।[६३]

वृन्दावनको भाण्डीरवनमा ब्रह्माद्वारा राधा कृष्णको विवाह गराइँदै

संस्कृत ग्रन्थहरू, ब्रह्मवैवर्त पुराण र गर्ग संहिता मा उल्लेख भए अनुसार, कृष्णले वृन्दावन छोड्नुअघि भाण्डीरवन जङ्गलमा ब्रह्माको उपस्थितिमा राधासँग गोप्य रूपमा विवाह गर्छन्।[६४][६५] राधा र कृष्णको विवाह भएको सो स्थान अहिले पनि वृन्दावनको बाहिरी भागमा अवस्थित छ, जसलाई 'भाण्डीरवन राधा कृष्ण विवाह स्थली' भनिन्छ।[६६] ब्रह्मवैवर्त पुराणको कथाले राधा सधैँ कृष्णकी दिव्य सङ्गी रहेको सङ्केत गर्छ। तर स्वकीय (वैवाहिक सम्बन्ध) भन्दा परकीय सम्बन्ध (सामाजिक बन्धनविहीन प्रेम) लाई बढी महत्त्व दिनका लागि राधा कृष्णको विवाहलाई गोप्य राखिएको हुन्छ।[६७][६८][६९][७०]

कृष्णले वृन्दावन छोडेपछिको जीवन

[सम्पादन]

गर्ग संहिता र ब्रह्मवैवर्त पुराण अनुसार, कृष्णको प्रस्थानपछि राधाले पनि आफ्नो घर छाड्छिन् र बरसानामा आफ्नो भ्रामक रूप (जसलाई छाया राधा वा उहाँको प्रतिबिम्ब भनिन्छ) छोडेर कदली वन तर्फ लाग्छिन्। राधाले आफ्ना अष्टसखीहरूसँगै यसै जङ्गलमा उद्धवलाई भेट्छिन्, जसले उनीहरूलाई कृष्णको सन्देश सुनाउँछन्।[७१][७२]

कृष्णसँगको पुनर्मिलन

[सम्पादन]
वनमा कृष्णलाई भेट्दै राधा र गोपिनीहरू।

ब्रह्मवैवर्त पुराण (कृष्णजन्म खण्ड, अध्याय ९६)[७३] र गर्ग संहिता (अश्वमेध खण्ड, अध्याय ४१)[७४] मा उल्लेख भए अनुसार, १०० वर्षको विरहको श्राप समाप्त भएपछि,[७५] कृष्णले पुनः ब्रजको भ्रमण गरी राधा र गोपिनीहरूलाई भेट्छन्। केही समयसम्म दिव्य लीलाहरू गरेपछि, कृष्णले एउटा विशाल दिव्य रथ बोलाउँछन्, जसले ब्रजवासीहरूका साथै राधा र गोपिनीहरूलाई उनीहरूको परम धाम गोलोक लिएर जान्छ, जहाँ राधा र कृष्णको अन्तिम पुनर्मिलन हुन्छ।[७६][७७][७८]


टिप्पणीहरू

[सम्पादन]

    सन्दर्भ सामग्रीहरू

    [सम्पादन]
    1. 1 2 Diana Dimitrova (२०१८), Divinizing in South Asian Traditions, Routledge, आइएसबिएन 978-0-8153-5781-0, "Radha is mentioned as the personification of the Mūlaprakriti, the 'Root nature, that original seed from which all material forms evolved"
    2. ↑ Vemsani 2016, p. 222: "The Devibhagvata purana and Padma purana describe Radha's cosmological role as Prakriti and Shakti"
    3. ↑ David R. Kinsley (१९८६), Hindu Goddesses, Motilala Banarsidass, पृ: 91, आइएसबिएन 978-81-208-0394-7, "Radha is called mother of the world and Krishna father of the world"
    4. ↑ Wendy Doniger (१९९९), Merriam-Webster's Encyclopedia of World Religions, Merriam-Webster, पृ: ९००, आइएसबिएन 978-0-87779-044-0।
    5. ↑ Prafulla Kumar Mohanty (२००३), "Mask and Creative Symbolisation in Contemporary Oriya Literature: Krishna, Radha and Ahalya", Indian Literature (Sahitya Akademi) 2 (214): 182, जेएसटिओआर 23341400, "Radha is the power of joy, the Hladini shakti of Krishna"
    6. ↑ Guy Beck (२००५), Alternative Krishnas: Regional and Vernacular Variations on a Hindu Deity, SUNY Press, पृ: 64–81, आइएसबिएन 978-0-7914-6415-1, "Radha is goddess of love to Krishna"
    7. ↑ Edwin Francis Bryant (२००७), Krishna: A Sourcebook, SUNY Press, पृ: 443, आइएसबिएन 978-0-19-803400-1, "Significant manifestation of the feminine in Vaishnavism...the supreme goddess Radha, the favorite gopi of Krishna"
    8. ↑ Roy C Amore (१९७६), "Religion in India", Journal of the American Academy of Religion 14 (2): ३६६, "Radha as Prakriti comes to supreme prominence, assuming epithets of transcendence - Brahmasvarupa, Nirguna..."
    9. ↑ Ludo Rocher (१९८८), "The Purāṇas (A History of Indian Literature", Bulletin of the School of Oriental and African Studies 51 (2): ३५५।
    10. ↑ Vemsani 2016, पृष्ठ. 222–223.
    11. ↑ Ved Vyaas, Brahma Vaivarta Purana, Gita Press, Gorakhpur, पृ: 297।
    12. ↑ Menzies 2006, पृष्ठ 54.
    13. ↑ Jones, Naamleela Free (२०१५), "From Gods To Gamers: The Manifestation of the Avatar Throughout Religious History and Postmodern Culture", Berkeley Undergraduate Journal (अङ्ग्रेजीमा) 28 (2): ८, डिओआई:10.5070/B3282028582।
    14. ↑ Gokhale, Namita; Lal, Malashri (२०१८-१२-१०), Finding Radha: The Quest for Love (अङ्ग्रेजीमा), Penguin Random House India Private Limited, आइएसबिएन 978-93-5305-361-1, "Like Sita, Radha is also a manifestation of Lakshmi."
    15. ↑ उद्दरण त्रुटी: अवैध <ref>चिनो; ":4" नामको सन्दर्भका लागि कुनै पाठ प्रदान गरिएको छैन
    16. ↑ Bryant, Edwin Francis (२००७), Krishna: A Sourcebook (अङ्ग्रेजीमा), Oxford University Press, पृ: 551, आइएसबिएन 978-0-19-514892-3।
    17. ↑ Kar, Nishamani (२००१), "Sriradha: A Study", Indian Literature 45 (2 (202)): 184–192, आइएसएसएन 0019-5804, जेएसटिओआर 23344745।
    18. ↑ उद्दरण त्रुटी: अवैध <ref>चिनो; ":5" नामको सन्दर्भका लागि कुनै पाठ प्रदान गरिएको छैन
    19. ↑ Vyasadeva (२०१५-०६-१८), Narada Pancaratra Part 2, पृ: 448, "Whenever Sri Hari appears in this world, Sri Radhika appears with him"
    20. ↑ Farquhar, J. N. (१९२६), "The Narada Pancharatra", Journal of the Royal Asiatic Society of Great Britain and Ireland (3): 492–495, आइएसएसएन 0035-869X, जेएसटिओआर 25221011।
    21. ↑ Vemsani 2016, पृष्ठ 223.
    22. ↑ Mohanty, Prafulla Kumar (२००३), "Mask and Creative Symbolisation in Contemporary Oriya Literature: Krishna, Radha and Ahalya", Indian Literature 47 (2 (214)): 181–189, आइएसएसएन 0019-5804, जेएसटिओआर 23341400।
    23. ↑ Farquhar, J. N. (१९२६), "The Narada Pancharatra", Journal of the Royal Asiatic Society of Great Britain and Ireland (3): 492–495, आइएसएसएन 0035-869X, जेएसटिओआर 25221011।
    24. ↑ Bhattacharya, Sunil Kumar (१९९६), Krishna-cult in Indian Art (अङ्ग्रेजीमा), M.D. Publications Pvt. Ltd., पृ: 13, आइएसबिएन 978-81-7533-001-6, "Radha is the eternal consort and wedded wife of Krishna, who lives forever with him in Goloka."
    25. 1 2 3 Lochtefeld 2002, पृष्ठ 542.
    26. ↑ Jones & Ryan 2007, Radha, पृष्ठ 341.
    27. 1 2 "Radha", इन्साइक्लोपिडिया ब्रिटानिका अनलाइन, अन्तिम पहुँच २०२०-१२-१३।
    28. ↑ White 1977; Snell 1991, chapter1; Rosenstein 1998; Beck 2005.
    29. ↑ Hawley & Wulff 1982, pp. xiii–xviii; Hayes 2005, pp. 321–322; Vemsani 2016, pp. 19–32.
    30. ↑ Archer 2004.
    31. ↑ Hawley & Wulff 1982, पृष्ठ. xiii–xviii.
    32. ↑ Pintchman 2005, पृष्ठ. 46–47.
    33. 1 2 3 Monier Monier-Williams, Rādhā, Sanskrit-English Dictionary with Etymology, Oxford University Press, page 876
    34. ↑ Sukumar Sen (1943), "Etymology of the name Radha-Krishana," Indian Linguistics, Vol. 8, pp. 434–435
    35. 1 2 Miller 1975, पृष्ठ. 655–671.
    36. ↑ Gita Press Gorakhpur, Garga Samhita Gita Press Gorakhpur, पृ: 58।
    37. ↑ Swami Vijnanananda (१९९७), Swami Vijnanananda ( 1997). ' Narada Pancharatram English Translation With Sanskrit Text', पृ: 301।
    38. ↑ Vyasadeva (२०१५-०६-१८), Narada Pancaratra Part 2, पृ: 447–503।
    39. 1 2 उद्दरण त्रुटी: अवैध <ref>चिनो; ":13" नामको सन्दर्भका लागि कुनै पाठ प्रदान गरिएको छैन
    40. ↑ "Sri Radha-sahasra-nama, The Thousand Names of Sri Radha", www.stephen-knapp.com, अन्तिम पहुँच २०२४-०८-२१।
    41. ↑ "Śrī Rādhā Sahasranāma—English translation", www.vrindavan.de, अन्तिम पहुँच २०२४-०८-२१।
    42. ↑ Swami Vijnanananda (१९९७), Narada Pancharatram English Translation With Sanskrit Text ["On the thousand names of Sri Radhika"] (Sanskritमा), पृ: 300, 603–614।
    43. ↑ Pauwels 1996.
    44. ↑ Prakashanand Saraswati (२००१), The True History and the Religion of India: A Concise Encyclopedia of Authentic Hinduism, Motilal Banarsidass Publ., पृ: 666–, आइएसबिएन 978-81-208-1789-0।
    45. ↑ Pavan K. Varma (जुलाई २००९), The Book of Krishna, Penguin Books India, पृ: 46–, आइएसबिएन 978-0-14-306763-4।
    46. ↑ Paramahamsa Sri Swami Vishwananda (१२ जनवरी २०१७), Shreemad Bhagavad Gita: The Song of Love, Bhakti Marga Publications, पृ: 1472–, आइएसबिएन 978-3-940381-70-5।
    47. ↑ Anand, D. (१९९२), Krishna: The Living God of Braj (अङ्ग्रेजीमा), Abhinav Publications, पृ: 66, आइएसबिएन 978-81-7017-280-2।
    48. ↑ Anand, D. (१९९२), Krishna: The Living God of Braj (अङ्ग्रेजीमा), Abhinav Publications, पृ: 35–36, आइएसबिएन 978-81-7017-280-2, "Radha was only nine months elder to Krishna, to whom she was married."
    49. ↑ Trilochan Dash, Krishna Leeela in Brajamandal a Retrospect, Soudamini Dash, पृ: 192–, GGKEY:N5C1YTUK5T3।
    50. ↑ The Vedanta Kesari, Sri Ramakrishna Math., १९७०।
    51. ↑ R. K. Das (१९९०), Temples of Vrindaban, Sandeep Prakashan, आइएसबिएन 978-81-85067-47-6।
    52. ↑ gaudiya (२०२१-०८-०७), "Ashta Sakhi of Radha—8 Principal Gopis of Vrindavan", The Gaudiya Treasures of Bengal (en-USमा), अन्तिम पहुँच २०२३-०७-०६।
    53. ↑ "Radhe.net | General Description of All The Gopis", radhe.net, अन्तिम पहुँच २०२१-०५-३०।
    54. ↑ "gp-durvasas", www.salagram.net, मूलबाट २०२३-०२-०५-मा सङ्ग्रहित, अन्तिम पहुँच २०२१-०५-३०।
    55. ↑ Fahy, John (२०१८-०७-२३), "The Constructive Ambiguity of Vedic Culture in ISKCON Mayapur", The Journal of Hindu Studies 11 (3): 234–259, आइएसएसएन 1756-4255, डिओआई:10.1093/jhs/hiy008।
    56. ↑ "Gopastami – ISKCON VRINDAVAN" (en-USमा), अन्तिम पहुँच २०२१-०५-३०।
    57. ↑ "Sewa Kunj or Nikunja Vana - Divine Pastimes", Braj Ras - Bliss of Braj Vrindavan., अन्तिम पहुँच २०२१-०५-३०।
    58. ↑ "Maan Garh/Mandir, Barsana - (Divine Pastimes)", Braj Ras - Bliss of Braj Vrindavan., अन्तिम पहुँच २०२१-०५-३०।
    59. ↑ "Morkuti, Barsana", Braj Ras - Bliss of Braj Vrindavan., अन्तिम पहुँच २०२१-०५-३०।
    60. ↑ "(Radha and Krishna Dressed in Each Other's Clothes - Lilahava", www.harekrsna.de, अन्तिम पहुँच २०२१-०५-३०।
    61. ↑ परकीय रसले त्यस्तो सम्बन्धलाई जनाउँछ जुन कुनै पनि प्रकारको स्वार्थ, अपेक्षा, नियम र सामाजिक मान्यताबाट मुक्त हुन्छ। यो केवल निस्स्वार्थ प्रेममा आधारित हुन्छ र यसलाई भगवानसँग राख्न सकिने सर्वोच्च सम्बन्ध मानिन्छ। स्वकीय रसले वैवाहिक सम्बन्धलाई जनाउँछ जुन सामाजिक नियम र मान्यता अनुसार चल्छ।
    62. ↑ Pauwels 2008, पृष्ठ. 13–14.
    63. ↑ Kinsley 1988.
    64. ↑ Gita Press Gorakhpur, Brahma Vaivarta Puran Gita Press Gorakhpur, पृ: 481–488।
    65. ↑ Gita Press Gorakhpur, Garga Samhita by Gita Press Gorakhpur, पृ: 58।
    66. ↑ उद्दरण त्रुटी: अवैध <ref>चिनो; ":1" नामको सन्दर्भका लागि कुनै पाठ प्रदान गरिएको छैन
    67. ↑ Beck 2005, पृष्ठ. 71, 77–78.
    68. ↑ Pintchman 2005, पृष्ठ. 57–59.
    69. ↑ Varma 1993.
    70. ↑ Pauwels 2008, पृष्ठ 207.
    71. ↑ Gita Press Gorakhpur, Garga Samhita by Gita Press Gorakhpur, पृ: 217–224।
    72. ↑ Gita Press Gorakhpur, Brahma Vaivarta Puran by Gita Press Gorakhpur, पृ: 717–720।
    73. ↑ Gita Press Gorakhpur, Brahma Vaivarta Puran by Gita Press Gorakhpur, पृ: 786।
    74. ↑ Gita Press Gorakhpur, Garga Samhita by Gita Press Gorakhpur, पृ: 508–510।
    75. ↑ गर्ग संहिता र ब्रह्मवैवर्त पुराणका अनुसार, पृथ्वीमा अवतरण हुँदा राधालाई गोलोकमा श्रीदामाले कृष्णसँग १०० वर्षको विरह भोग्नुपर्ने श्राप दिएका थिए।
    76. ↑ Gita Press Gorakhpur, Garga Samhita by Gita Press Gorakhpur, पृ: 560–561।
    77. ↑ Gita Press Gorakhpur, Brahma Vaivarta Puran by Gita Press Gorakhpur, पृ: 790–791।
    78. ↑ Dalal 2010, पृष्ठ 322.

    बाह्य कडीहरू

    [सम्पादन]