राधा
| राधा | |
|---|---|
प्रेमको देवी, अनुकम्पा र भक्ति | |
| अन्य नामहरू | राधिका, माधवी, केशवी, राधारानी, किशोरी |
| आबद्ध | राधाकृष्ण, देवी, भगवान् कृष्णकी ह्लादिनी शक्ति, लक्ष्मीकी अवतार |
| वासस्थान | गोलोक, वृन्दावन, बरसाना |
| प्रतीक | कमल |
| धर्मग्रन्थहरू | ब्रह्मवैवर्त पुराण, पद्म पुराण, देवीभागवत् पुराण, गितागोविन्द[१] |
| चाडपर्वहरू | रधाष्टमी, होली, कार्तिक पूर्णिमा, गोपाष्टमी, शरद पूर्णिमा |
| वंशावली | |
| जन्म | |
| अभिभावकहरू |
|
| रानी | कृष्ण |
राधाअथवा राधिका, हिन्दु देवी र भगवान कृष्णकी प्रियतम हुन्। अर्को शब्दमा भन्नुपर्दा राधा भगवान कृष्णको विख्यात प्राणसखी, ब्रज धामको रानी र वृषभानुको पुत्री हुन्। राधाकृष्णलाई शाश्वत प्रेमका प्रतीकको रूपमा लिइन्छ। उनलाई प्रेमको शक्ति, कोमलता, अनुकम्पा र भक्तिको देवीको रूपमा आराधना गर्ने गरिन्छ। उनलाई गोपिनीको प्रमुखको रूपमा वर्णन गरिएको छ। भगवान् कृष्णको युवा अवस्थामा रहेको बेलामा, उनी भगवान् कृष्णकी प्रेमी र साथीको रूपमा देखा पर्दछिन्, यद्यपि उनीहरूको विवाह भने भएको हुँदैन। यसको विपरित केही परम्पराले राधालाई कृष्णकी प्रियतम् वा पत्नीको रूपमा लिएको छ।
विशेष गरी पश्चिम बङ्गाल, बङ्गलादेश, मनिपुर, उत्तर प्रदेश र ओडिशाका गौडिय वैष्णवहरूले उनको पूजा गर्दछन्। अन्यत्र, उनलाई निम्बार्का सम्प्रदाय, स्वामीनारायण सम्प्रदाय र चैतन्य महाप्रभुसँग सम्बन्धित सम्प्रदायहरूले पुज्ने गर्दछन्। राधावल्लभ सम्प्रदायले राधालाई कृष्णको श्रद्धाको रूपमा पुज्ने गर्दछन्। कहिलेकाहीँ राधालाई निम्बार्का सम्प्रदायले भगवती लक्ष्मीको अवतारको रूपमा मान्ने गर्दछन् भने केहीले उनलाई कृष्णको स्त्री अवतारको रूपमा लिने गर्दछन्। राधाको जन्मदिनलाई राधाअष्टमीको रूपमा मनाउने गरिन्छ।
राधालाई मानव आत्माको लागि एक रूपकको रूपमा मानिन्छ। उनले असङ्ख्य साहित्यिक कार्यहरू प्रेरित गरेकी छिन् र कृष्णको साथ उनको रासालिला नृत्यले धेरै प्रकारका प्रदर्शन कलाको प्रेरणा पाएका छन्।
सन्दर्भ सामग्रीहरू
[सम्पादन गर्नुहोस्]- ↑ Kinsley 1988, पृष्ठ 82.
- ↑ Jackie Menzies (२००६), Goddess: divine energy, Art Gallery of New South Wales, पृ: ५४।
बाह्य कडीहरू
[सम्पादन गर्नुहोस्]