सामग्रीमा जानुहोस्

मातृका

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
मातृकाहरू

मातृका [] जसलाई मातृ पनि भनिन्छ, हिन्दु धर्ममा मातृ देवीहरूको एउटा समूह हो। मातृकाहरूलाई प्रायः सातको समूहमा चित्रण गरिन्छ, जसलाई सप्तमातृका भनिन्छ।[] यद्यपि, उनीहरूलाई आठको समूह अर्थात् अष्टमातृका को रूपमा पनि चित्रण गरिएको पाइन्छ।[] उनीहरूलाई विभिन्न देवताहरूको शक्तिको रूपमा उनीहरूको ऊर्जासँग जोडिएको छ।[] ब्रह्माबाट ब्रह्माणी, विष्णुबाट वैष्णवी, शिवबाट महेश्वरी, इन्द्रबाट इन्द्राणी, कार्तिकेयबाट कौमारी, वराहबाट वाराही, नरसिंहबाट नारसिंही, र चण्डीबाट चामुण्डाको उत्पत्ति भएको मानिन्छ।[] कहिलेकाहीँ गणेशबाट उत्पन्न भएकी मातृका विनायकीलाई पनि यसमा समावेश गरिन्छ।

सुरुवातमा कृतिका नक्षत्र समूहका सात ताराका सात देवीहरूको रूपमा रहेका यी मातृकाहरू सातौँ शताब्दीसम्ममा निकै लोकप्रिय भए र नवौँ शताब्दीदेखि हिन्दु देवीका मन्दिरहरूको एक मानक विशेषता बनेका थिए।[] दक्षिण भारतमा सप्तमातृकाको पूजा बढी प्रचलित छ भने नेपाल लगायतका स्थानहरूमा अष्टमातृकालाई विशेष श्रद्धाका साथ पूजा गरिन्छ।[]

हिन्दु धर्मको देवी-केन्द्रित सम्प्रदाय, तन्त्रवादमा मातृकाहरूको अत्यन्त महत्त्वपूर्ण स्थान छ।[] शाक्त धर्ममा, उनीहरूलाई दुर्गालाई राक्षस र राक्षसनीहरूसँगको युद्धमा सहयोग गर्ने र उनीहरूको संहार गर्ने शक्तिको रूपमा वर्णन गरिएको छ।[] अन्य विद्वानहरूका अनुसार उनीहरू शैव देवीहरू हुन्।[] उनीहरू योद्धा देवता कार्तिकेयको उपासनासँग पनि जोडिएका छन्।[१०] प्रारम्भिक सन्दर्भहरूमा मातृकाहरूलाई गर्भधारण, जन्म, रोग र बालबालिकाको सुरक्षासँग सम्बन्धित मानिएको छ।[११] सुरुमा उनीहरूलाई केही हदसम्म अशुभ वा डरलाग्दो रूपमा हेरिन्थ्यो,[१२] र वयस्क हुनुअघि नै बालबालिकाहरूको मृत्यु गराउने खालका सङ्कटहरू टार्नका लागि उनीहरूको उपासना गरिन्थ्यो।[११] पछिल्ला पौराणिक कथाहरूमा उनीहरूले सुरक्षात्मक भूमिका निर्वाह गर्न थालेपनि उनीहरूका केही प्रारम्भिक उग्र विशेषता ती कथाहरूमा कायमै छन्।[१२] यसरी, उनीहरूले प्रकृतिको अत्यन्त उर्वर पक्षका साथै यसको विनाशकारी संहारक पक्षको पनि प्रतिनिधित्व गर्दछन्।[]

नवौँ शताब्दीको मूर्तिकला जसमा शिव (बायाँ) र गणेश (दायाँ) को बीचमा सप्तमातृकालाई देखाइएको छ।

पौराणिक कथाहरू

[सम्पादन गर्नुहोस्]
९औँ-१०औँ शताब्दीको ग्रेनाइटबाट बनेको चोल कालीन मातृका माहेश्वरीको मूर्ति, जसमा उनको हातमा त्रिशूल, सर्पका गहनाहरू र आसनमा उनको वाहन नन्दीलाई (साँढे) देख्न सकिन्छ — गिमे सङ्ग्रहालय, पेरिस, फ्रान्स

मातृकाहरूको उत्पत्तिका सम्बन्धमा धेरै पौराणिक ग्रन्थहरूमा वर्णन गरिएको छ। मत्स्य पुराण, वामन पुराण, वराह पुराण, कूर्म पुराण र सुप्रभेदागममा मातृकाहरूका सन्दर्भहरू पाइन्छन्, जसले उनीहरूको प्राचीनतालाई पुष्टि गर्दछ।[१३]

चामुण्डा, ओडिसा राज्य सङ्ग्रहालय

देवी माहात्म्यको शुम्भ र निशुम्भको कथा अनुसार, मातृकाहरू विभिन्न देवी-देवताहरू – ब्रह्मा, शिव, स्कन्द, विष्णु, इन्द्र, वराहका रूपमा विष्णु, नरसिंहका रूपमा विष्णु र चण्डीका रूपमा पार्वतीको शरीरबाट शक्तिका रूपमा प्रकट हुन्छन्।[१४] ती देवताहरूको जस्तै रूप, आभूषण र वाहन धारण गरी उनीहरू देवीको समीप पुग्छन्। त्यसै स्वरूपमा, उनीहरूले दानव र दानवीहरूको सेनाको पूर्ण रूपमा संहार गर्छन्।[][१५] यसरी, मातृकाहरू युद्धभूमिकी देवीहरू हुन्। उनीहरूलाई दुर्गाका सहायकका रूपमा वर्णन गरिएको छ जसमा डरलाग्दो र कल्याणकारी दुवै विशेषताहरू हुन्छन्। युद्धपछि, मातृकाहरू नाच्छन् र आफ्ना शत्रुहरूको रगतले मात्तिन्छन्।[१६] यो विवरण देवी भागवत पुराण[१७]वामन पुराणमा[१८] थोरै भिन्नताका साथ दोहोर्‍याइएको छ। देवीभागवत पुराणमा सप्तमातृका बाहेक अन्य तीन देवताका शक्तिहरूको पनि उल्लेख गरिएको छ, जसले गर्दा मातृकाहरूको समूह १० पुगेको छ।[१९]

  1. ब्रह्माणी
  2. वैष्णवी
  3. महेश्वरी
  4. इन्द्राणी
  5. कौमारी
  6. वाराही
  7. चामुण्डा
  8. नारसिंही

सन्दर्भ सामग्रीहरू

[सम्पादन गर्नुहोस्]
  1. 1 2 Ahuja, Dr Sushma (२०२२-०७-१२), Satyam Shivam Sundaram: Female Figurine in Temple Art (अङ्ग्रेजीमा), Notion Press, आइएसबिएन 979-8-88667-505-4
  2. Berkson 1992, पृष्ठ 134.
  3. "Mantras to the Aṣṭamātṛkās", Cambridge Digital Library, अन्तिम पहुँच २ फेब्रुअरी २०१५
  4. 1 2 Jain & Handa 1995, p. 162
  5. Wangu 2003, पृष्ठ 187, Glossary.
  6. Van den Hoek 1993, पृष्ठ 362.
  7. Wangu 2003, p. 41
  8. Bhattacharyya 1974, पृष्ठ 126.
  9. 1 2 Wangu 2003, p. 75
  10. Collins 1988, पृष्ठ 143.
  11. 1 2 Wangu 2003, पृष्ठ. 58–59.
  12. 1 2 Kinsley 1998, पृष्ठ 151.
  13. यी कथाहरूलाई यहाँ उद्धृत गरिएको छ (Rao, T.A. Gopinatha, Elements of Hindu Iconography, Vol.I, Part-II, 2nd Edition, Indological Book House, Varanasi, 1971, pp.379–383)।
  14. Kinsley 1998, पृष्ठ 156, Devi Mahatmya verses 8.11–20.
  15. Kinsley 1998, pp. 156, Devi Mahatmya verses 8.38, 44, 49, 62
  16. Kinsley 1998, पृष्ठ 156, Devi Mahatmya verses 8.62.
  17. Kinsley 1998, पृष्ठ 156, verses 5.28–29.
  18. Kinsley 1998, पृष्ठ 156, verses 30.
  19. Kinsley 1998, पृष्ठ 242.