सामग्रीमा जानुहोस्

मार्कण्डेय पुराण

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
मार्कण्डेय पुराण
चित्र:मार्कण्डेयपुराण.gif
गीताप्रेस गोरखपुरको आवरण पृष्ठ
लेखकवेदव्यास
देशभारत
भाषासंस्कृत
संस्करणपुराण
विषयशक्ति महिमा
प्रकारहिन्दू धार्मिक ग्रन्थ
पृष्ठ९,००० श्लोक

यस पुराणलाई प्राचीनतम पुराणहरूमा एउटा मानिन्छ। यो लोकप्रिय पुराण मार्कण्डेय ऋषिले क्रौष्ठिकलाई सुनाएका थिए। यसमा ऋग्वेदको भांति अग्नि, इन्द्र, सूर्य आदि देवताहरूमाथि विवेचन छ र गृहस्थाश्रम, दिनचर्या, नित्यकर्म आदि चर्चा छ। भगवतीको विस्तृत महिमाको परिचय दिने यस पुराणमा दुर्गासप्तशतीको कथा एवं माहात्म्य, राजा हरिशचन्द्रको कथा, मदालसा-चरित्र, अत्रि-अनसूयाको कथा, दत्तात्रेय-चरित्र आदि अनेक सुन्दर कथाहरूको विस्तृत वर्णन छ। [१]

मार्कण्डेय पुराणमा नौ हजार श्लोकहरूको सङ्ग्रह छ। १३७ अध्यायपरक मार्कण्डेय पुराणमा १ देखि ४२ औँ अध्यायसम्मको वक्ता जैमिनि र श्रोता पक्षी छन्, ४३ औँ देखि ९० अध्यायमा वक्ता मार्कण्डेय र श्रोता क्रप्टुकि छन् तथा यसपछिको अंशका वक्ता सुमेधातथा श्रोता सुरथ-समाधि छन्। मार्कण्डेय पुराण आकारमा सानो छ। यसमा एक सौ सैंतीस अध्यायहरूमा नैं लगभग नौ हजार श्लोक छन्। मार्कण्डेय ऋषिद्वारा भनिएकोले यसको नाम 'मार्कण्डेय पुराण' भएकोहो।

मार्कण्डेय पुराणको संक्षिप्त जानकारी

[सम्पादन गर्नुहोस्]

यस पुराणभित्र पक्षीहरूलाई प्रवचनको अधिकारी बनाएर उनीहरूद्वारा सब धर्महरूको निरूपण गराइएकोछ। मार्कण्डेय पुराणमा पहिला मार्कण्डेयजीका समीप जैमिनि का प्रवचन छ। फेरि धर्म संज्ञम पक्षीहरूको कथा भनिएकोछ। फेरि उनको पूर्व जन्मको कथा र देवराज इन्द्रको कारण उनलाई शापरूप विकारको प्राप्तिको कथन छ, तदनन्तर बलभद्रजीको तीर्थ यात्रा, द्रौपदीका पांचहरू पुत्रहरूको कथा, राजा हरिश्चन्द्रको पुण्यमयी कथा, आडी र बक पक्षियहरूको युद्ध, पिता र पुत्रको आख्यान, दत्तात्रेयजीको कथा, महान आख्यान सहित छ चरित्र, अलर्क चरित्र, मदालसाको कथा, नौ प्रकारको सृष्टिको पुण्यमयी वर्णन, कल्पान्तकालको निर्देश, यक्ष-सृष्टि निरूपण, रुद्र आदिको सृष्टि, द्वीपचर्याको वर्णन, मनुहरूको अनेक पापनाशक कथाहरूको कीर्तन र उनमा दुर्गाजीको अत्यन्त पुण्यदायिनी कथा छ। जो आठौँ मनवन्तरको प्रसंगमा भनिएकोछ। तत्पश्चात तीन वेदहरूको तेजबाट प्रणवको उत्पत्ति सूर्य देवको जन्मको कथा, उनका माहात्मय वैवस्त मनुका वंशको वर्णन, वत्सप्रीको चरित्र, तदनन्तर महात्मा खनित्रको पुण्यमयी कथा, राजा अविक्षितको चरित्र किमिक्च्छिक व्रतको वर्णन, नरिष्यन्त चरित्र, इक्ष्वाकु चरित्र, नल चरित्र, श्री रामचन्द्रको कथा, कुशको वंशको वर्णन, सोमवंशको वर्णन, पुरुरुवाको कथा, राजा नहुषको वृतांत, ययातिको पवित्र चरित्र, यदुवंशको वर्णन, श्रीकृष्णको बाललीला, उनको मथुरा द्वारकाका लीलाहरू, सब अवतारहरूको कथा, सांख्यमतको वर्णन, प्रपञ्चका मिथ्यावादको वर्णन, मार्कण्डेयजीको चरित्र तथा पुराणा श्रवण आदिको फल यो सब विषय मार्कण्डेय पुराणमा बताइएकोछ।

  1. गीताप्रेस डाट काम