कृतवर्मा
| कृतवर्मा | |
|---|---|
| धर्मग्रन्थहरू | महाभारत, पुराण |
| वंशावली | |
| अभिभावकहरू |
|
| भाइबहिनीहरू | देववाह, गदाधन्वन र शूर |
| वंश | यदुवंश |
कृतवर्मा हिन्दु पौराणिक कथा अनुसार यदुवंशका एक योद्धा हुन्। उनी महाभारतमा एक गौण पात्रका रूपमा देखा पर्छन्, जसले कुरुक्षेत्र युद्धमा कौरवको पक्षबाट लडेका थिए।[१] उनी हृदिकका छोरा थिए र यदु वंशको अन्धक कुलमा जन्मिएका थिए।[२]
पौराणिक कथा
[सम्पादन गर्नुहोस्]स्यमन्तक मणिको चोरी
[सम्पादन गर्नुहोस्]कृतवर्मा नारायणी सेना वा गोप सेनाका कमान्डर थिए।[३] केही विवरणहरूका अनुसार कृतवर्माले राजा सत्राजितबाट पौराणिक स्यमन्तक मणि चोर्न प्रोत्साहन दिएका थिए वा आफैँ सहभागी भएका थिए। आफ्ना मित्र अक्रूरसँग मिलेर उनले शतधन्वालाई सत्राजितको हत्या गर्न र मणि चोर्न उक्साएको मानिन्छ। पछि कृष्णले शतधन्वाको वध गरेका थिए, यद्यपि उनीसँग मणि थिएन (उनले सुरक्षाका लागि अक्रूर र कृतवर्मालाई दिएका थिए)। जब द्वारकामा अनिकाल पर्छ, स्यमन्तक मणि अक्रूरसँग भएको थाहा पाएपछि कृतवर्मा र अक्रूर दुवैलाई मणि बुझाउन सहरमा बोलाइन्छ। अन्त्यमा, कृष्णले अक्रूरलाई नै त्यो मणि आफूसँग राख्न अनुमति दिन्छन्।[४]
कुरुक्षेत्र युद्ध
[सम्पादन गर्नुहोस्]{मुख्य|कुरुक्षेत्र युद्ध}} दुर्योधनले सहयोग मागेपछि कृतवर्माले कुरुक्षेत्र युद्धमा कौरवको पक्ष रोज्छन् र उनलाई एक अक्षौहिणी सेना उपलब्ध गराउने वाचा गर्५न्।[५]
युद्धको पहिलो दिन उनले सात्यकीसँग युद्ध गर्छन्। एक महारथीका रूपमा उनलाई भीष्मले निर्माण गरेको 'गरुड व्यूह'को अग्रपङ्क्तिमा राखिन्छ। युद्धभर उनी धेरै सङ्घर्षहरूमा सहभागी हुन्छन्। उनलाई भीमले एकल लडाइँमा पराजित गर्छन् र सात्यकीसँगको अर्को भिडन्तमा उनी घाइते हुन्छन्। उनले धृष्टद्युम्न, अर्जुन, भीम र सात्यकीसँग युद्ध गर्५न्। उनले अभिमन्युमाथि आक्रमण गरी उनको घोडा मारिदिन्छन्। अर्जुनसँगको लडाइँमा बेहोस भएपछि उनले युधामन्यु र उत्तमौजासँग प्रतिस्पर्धा गर्छन्। उनले विभिन्न अवसरमा शिखण्डी, भीम र युधिष्ठिरलाई पराजित गर्छन्। द्रोणको मृत्युपछि उनी रणभूमिबाट भाग्छन् र उनले पाण्डवको शिविरमा सुतिरहेका योद्धाहरूको हत्या गर्ने अश्वत्थामाको अभियानमा शिविरमा आगो लगाएर सहयोग गर्छन्।[६] युद्धपछि उनले धृतराष्ट्रलाई उनका छोरा दुर्योधनको मृत्युको जानकारी दिँदै घर फर्किन्छन्। उनी युधिष्ठिरको अश्वमेध यज्ञमा पनि उपस्थित हुन्छन्।[७]
यदु संहार
[सम्पादन गर्नुहोस्]मौसुल पर्वमा कृतवर्मा र सात्यकीबीचको विवाद नै यदु संहारको मुख्य कारण बन्छ, जसले प्रभास क्षेत्रमा अधिकांश यदु वंशको विनाश निमुत्याउँछ। मदिराको नसामा लठ्ठ भएका सात्यकीले सुतिरहेका पाण्डवका योद्धाहरूको अनैतिक हत्या गरेको भन्दै कृतवर्माको क्षत्रिय जन्मको मजाक उडाउँछन्। बदलामा, कृतवर्माले सात्यकीले हतियार बिसाइसकेका भूरिश्रवामाथि आक्रमण गरेको भन्दै उनको वीर आचरणमाथि प्रश्न उठाउँछन्। सात्यकीले पुनः सत्राजितबाट स्यमन्तक मणि खोस्ने अधर्मी कार्यमा उनको भूमिकाको सम्झना गराउँछन्। सत्यभामाको दुःख देखेर सात्यकीले बदला लिने वाचा गर्दै तुरुन्तै कृतवर्माको टाउको काटिदिन्छन्। यसपछि भोज र अन्धक कुलहरू बीच आपसी लडाइँ सुरु हुन्छ, जसले गर्दा पूरै यदु वंशको विनाश हुन पुग्छ।[८]
यो पनि हेर्नुहोस्
[सम्पादन गर्नुहोस्]सन्दर्भसूची
[सम्पादन गर्नुहोस्]- ↑ Himanshu Agarwal (२० अगस्ट २०१९), Mahabharata Retold Part-2, Notion Press, पृ: 49–, आइएसबिएन 978-1-64587-785-1।
- ↑ Pargiter, F.E. (1972). Ancient Indian Historical Tradition, Delhi: Motilal Banarsidass, p.105.
- ↑ Shankar, Uday (१९७९), Untold Tales from the Mahabharata: The Epic Beyond the Obvious, पृ: all।
- ↑ www.wisdomlib.org (२०१९-०१-२८), "Story of Kṛtavarmā", www.wisdomlib.org (अङ्ग्रेजीमा), अन्तिम पहुँच २०२२-१२-०१।
- ↑ Uberoi, Meera (२००५), The Mahabharata (अङ्ग्रेजीमा), Penguin Books India, पृ: 252, आइएसबिएन 978-0-14-303358-5।
- ↑ Gandhi, Rajmohan (२०००-१०-१४), Revenge and Reconciliation: Understanding South Asian History (अङ्ग्रेजीमा), Penguin UK, पृ: 25, आइएसबिएन 978-81-8475-318-9।
- ↑ Mani, Vettam (२०१५-०१-०१), Puranic Encyclopedia (अङ्ग्रेजीमा), Motilal Banarsidass, पृ: 431, आइएसबिएन 978-81-208-0597-2।
- ↑ Valmiki; Vyasa (२०१८-०५-१९), Delphi Collected Sanskrit Epics (अङ्ग्रेजीमा), Delphi Classics, पृ: 8826, आइएसबिएन 978-1-78656-128-2।
