कृतवर्मा

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

कृतवर्मा यदुवंशको अन्तर्गत भोजवंशीय हृदिकको पुत्र र वृष्णिवंशको आठ सेनानायकहरू मध्ये एक। महाभारत युद्धमा यसले एक अक्षौहिणी सेना द्वारा दुर्योधनको सहायता गरेको थियो। यो कौरव पक्षको अतिरथी वीर थियो (म. भा., उद्यो., १३०-१०-११)। महाभारतको युद्धमा यसले आफ्नो पराक्रमको अनेक पल्ट प्रदर्शन गर्यो; अनेक पल्ट पाण्डव सेनाको युद्धविमुख गर्‍यो तथा भीमसेन, युधिष्ठिर, धृष्टद्युम्न, उत्तमौजा आदि वीरहरूलाई पराजित गर्यो। द्वैपायन सरोवरमा गएर यसैले दुर्योधनलाई युद्धको लागि उत्साहित गरेको थियो। निशाकालको सौप्तिक युद्धमा यसले अश्वत्थामा लाई साथ दिएको थियो तथा शिविरबाट भागेका योद्धाहरूको वध गर्‍यो (सौप्तिक पर्व ५-१०६-१०७), र पाण्डवहरूको शिविरमा आगो लगायो। मौसल युद्धमा सात्यकिले यसको वध गर्यो। महाभारतको अनुसार मृत्यु पश्चात् स्वर्ग गए पछि यसको प्रवेश मरुद्गणहरूमा भयो।

ढाँचा:कुरुक्षेत्र युद्धको योद्धा