सामग्रीमा जानुहोस्

भगदत्त

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
भगवान कृष्ण नरकासुर को किला मा आक्रमण गर्दै गर्दा

भगदत्त प्राग्ज्योतिष (असम) देशको अधिपति, नरकासुरको पुत्र र इन्द्रको मित्र थिए। उनी अर्जुनको धेरै ठुलो प्रशंसक, तर कृष्णको कट्टर प्रतिद्वन्दी थिए।

एक पटक भौमासुर ले इन्द्रको कवच र कुण्डल खोसे । यसमा कृष्णले क्रुद्ध भएर भौमासुरको सात छोराहरूलाई वध गरेका थिए । भूमि ले कृष्णसँग भगदत्तको रक्षाको लागि अभयदान मागेका थिए । भौमासुर को मृत्यु को पछि भगदत्त प्राग्ज्योतिष को अधिपति बने। भगदत्तले अर्जुन, भीमकर्णको साथ युद्ध गरे। हस्ति युद्ध मा भगदत्त अत्यन्त कुशल थिए। कृतज्ञ र वज्रदत्त नाम को यिनको दुई छोराहरु थिए, यिनीहरु मध्ये कृतज्ञको मृत्यु नकुलको हातबाट भएको थियो। वज्रदत्त राजा हुँदा अर्जुनबाट पराजित भए। उनकी छोरी धनुमती को धृष्टद्युम्नसँग विवाह भएको थियो।

कुरुक्षेत्रको युद्धमा उनी कौरव सेनाको तर्फबाट लडे र आफ्नो विशालकाय हात्तीको साथ उनले दर्शन सहित धेरै योद्धहरुको वध गरे। आफ्नो 'सुप्रतीक' नामको हात्ती मा उनले भीमलाई पनि परास्त गरे।

भगदत्त को साथ शक्ति अस्त्रवैश्नव अस्त्र जस्ता दिव्यास्त्र थिए। उनको छोराको वध नकुलले गरेका थिए। १२ औँ दिनको युद्धमा उनको वैष्णव अस्त्र श्रीकृष्णलाई लाग्यो र फेरी अर्जुनसँगको युद्धमा उनले वीरगति पाए।

कुरुक्षेत्रको युद्ध

[सम्पादन गर्नुहोस्]

बाह्रौँ दिन

[सम्पादन गर्नुहोस्]
A sculpture at the Chennakesava Temple, Belur.
चेन्नाकेसवा मन्दिर, बेलुरमा रहेको मुर्तिकला जसमा भगदत्त सुप्रतीकमा सवार भएर भीमविरुद्द युद्ध लडिरहेका छन् ।

कुरुक्षेत्र युद्ध बाह्रौँ दिन दुर्योधनले भीम विरुद्ध ठुलो हात्तीको दल पठाए। भीमले आफ्नो गदाले सबै हात्तीहरू मारे। यसले कौरव सेनामा कोलाहल सिर्जना गऱ्यो र उनीहरू आफ्नो जीवन बचाउनका लागि चारैतिर भागे। यसबाट क्रोधित भएर सुप्रतिक हात्तीमा बसेका प्रागज्योतिषका राजा भगदत्तले भीममाथि आक्रमण गरे। हात्तीले भीमतर्फ अगाडि बढ्यो र भीमको रथलाई टुक्रा-टुक्रा गरी, उनको सारथी र घोडाहरू मारिए। भीम आफ्नो रथबाट कुद्दै यमराजबाट उम्के।

उनी हात्तीमुनि पुगे। हात्तीहरूको मर्मस्थानहरूको बारेमा उनलाई खूब ज्ञान थियो । यसकारण उनी भगदत्तको हातीको पाऊको बीचमा घुसेर उसको शरीरसंग टाँसिएर तल उभिए । उनले हात्तीको मर्मस्थानहरूमा घुस्सा हानी हानी उसलाई बेहाल गरिदिए । हात्ती पिडाले गर्दा खुब कराउन थाल्यो र चारैतिर फनफनी घुम्न लाग्यो । घुम्दा घुम्दै अचानक हात्तीले सूँडले भीमलाई समात्यो र उसलाई भूमीमा पछारेर आफ्नो गोडाले कुल्चनै लागेको थियो, भीमसेन बडो फुर्तिले उअसको पकडबाट उम्किए तर फेरी उसैको गोडाहरूको बीचमा पुगे। पाण्डव सेनाको कुनै हात्ती यसतर्फ आइदिएर सुप्रतीकमाथि आक्रमण गरिदिएमा यस संकटबाट बाँचेर उम्कने थिएँ भन्ने आशा भीमसेनले गरेका थिए । तर सेनाका अरु वीरलाई यस कुराको पत्तै थिएन । उता धेरै बेरसम्म भीमको पता नलागेपछि सैनिकहरूले स्वर मचाए । भीमसेन मारिएको ठाने ।

यी स्वर सुनेर युधिष्ठिरलाई चिन्ता लाग्यो र भागदत्तमाथि आक्रमण गर्न आफ्ना वीरलाई आज्ञा दिए। दशार्ण देशका राजाले आफ्नु लडाकु हात्तीमा सवार भएर सुप्रतीकमाथि आक्रमण गरे । दशार्णको हात्तीले बडो जोरसँग युद्ध गर्‍यो र सुप्रतीकमाथि जोरको हमला भयो। तर सुप्रतीकको अगाडी दशार्णको हात्ती धेरै बेर टिक्न सकेन। सुप्रतीकले आफ्नु दाराहरूद्वारा दशार्णको हात्तीको करङ भाँचिदियो । दशार्णको हात्ती चक्कर खाएर ढल्यो । यसैबीचमा समय पाएर भीमसेन सुप्रतीकको गोडा बीचबाट निस्किए । भीमलाई जीवित देखेर पाण्डव सेना राहत पाए।

यता युधिष्ठिरले पठाएको कुमुक आइपुगेको थियो र वृद्धा भगदत्तलाई चारै तर्फबाट पाण्डव वीरहरूले घेरिलिए । वाणहरूको प्रहारले उसको हात्ती र ऊ स्वयं नराम्रोसँग घाइते भए। तर भगदत्त यसबाट विचलित भएनन्। घेरिरहेका शत्रुदलको कुनै वास्ता नगरी उनले सात्यकिइका रथतर्फ हात्ती दौडाए । हात्तीले सात्यकिको रथलाई उठाएर हावामा हुत्याइदियो । सात्यकी फुर्तीसाथ भुइँमा हामफाले। त्यसो नगरेको भए उसलाई बाँच्न कठिन पर्थ्यो । उनको सारथी बहुतै कुशल थियो । उनले आकाशमा फ्याकिएको रथ घोडालाई बडो कुशलतासँग जोगाए र रथलाई उठाएर ठीक ठाक गर्‍यो र सात्यकी नजीक आयो।

भगदत्तको हत्तीले पाण्डव सेनालाई बहुतै दु:ख थियो। ऊ निर्भय भएर सेनाबीच घुसेर सैनिकहरूलाई उठाइ उठाइ पछर्न थाल्यो र चारैतर्फ हाहाकार मचाइदियो । यस हमलामा सैनिकहरुमा निकै घबाराहट भयो । हात्तीमाथि शानसाथ उभिएको राजा भगदत्तले देवराज ईन्द्र आफ्नो ऐरावत हात्तीमा चढेर असुरहरूलाई बध गरे झैं पाण्डव सेनाका सैनिकहरूलाई मारिरहेका थिए । यसै बीचमा भीमसेन फेरी रथमा सवार भएर सुप्रतीकलाई हमला गर्न थाले; तर मतवाला हात्तीले उनको रथका घोडाहरूतिर सुँड बढाएर जोरसँग यस्तो फुँकर गर्‍यो जसले गर्दा घोडाहरू आत्तिएर भागे ।

अर्जुनसँग युद्ध र वीरगति

[सम्पादन गर्नुहोस्]

बाँकी पाण्डवहरू भगदत्तसँग लडिरहदा अर्कोतर्फ टाढा अर्जुन संशप्तकहरूसँग अर्जुन लडिरहेका थिए । उनले पाण्डव सेना भएको ठाउँमा आकाशसम्म धूलो उडिरहेको देखे र हात्तीहरूको चिहाड सुने । जसले गर्दा अर्जुन कुनै न कुनै अनर्थ भैरहेको होला भन्ने सोचे । उनले श्रीकृष्णलाई उतातिर नै जान भने । श्रीकृष्णले भगदत्तको हात्ती र भीमको युद्ध भइरहेको ठाउँमा रथ चलाए । अर्जुन त्यहाँ पुग्नासाथ पाण्डव सेनामा नयाँ उत्साह आयो । सबै जहाँको तहाँ नै रोकिए । कसैले भाग्ने प्रयास गरेनन् । सेना सम्हालियो र तुरुन्त नै हमल गर्न तयार भयो । त्यहाँ मोर्चामा पुग्नासाथ नै कौरव सेनामा जोरसाथ हमला गरेर अर्जुन भगदत्ततर्फ बढे । भगदत्तले सोही क्षण आफ्नो हात्तीलाई अर्जुन तर्फ बढाए । भगदत्तको हात्तीले अर्जुनको रथलाई काल जस्तै गरेर झाम्टियो, तर श्रीकृष्णले बडो कुशलतापूर्वक रथलाई हात्तीको बाटाबाट हटाएर बचाए ।

हात्तीमा सवार भगदत्तले अर्जुन र श्रीकृष्ण दुवैमाथि बाण वर्षायो। अर्जुनले हात्तीको कवच चिथोर्दै सुप्रतीकको शरीरमा बाण हानी उनलाई घाइते बनायो। यो देखेर भगदत्तले श्रीकृष्णमाथि शक्ति फ्याँके। अर्जुनले बाणद्वारा त्यसको दुई टुक्रा पारे। यसपछि भगदत्तले अर्जुनमाथि एक तोमर फ्याँके। तोमर अर्जुनको मुकुटमा लाग्यो। यसले गर्दा अर्जुन बहुतै रिसाए। उनले मुकुट समातेर राखेर भने, "भगदत्त! अब यस संसारलाई अन्तिम पटक राम्ररी हेर।" यति भन्दै आफ्नो गाण्डीव धनुष चढाए।

राजा भगदत्त उमेरमा बुढो थिए। उसको फुलेको सेतो कपाल र भरिएको पुष्ट अनुहारमा वृद्धावस्थाको चाउरी परेको देखिन्थ्यो। आँखी भौँमाथिको छाला लत्रिएर आँखाहरुलाई ढाकेको थियो। भगदत्तले त्यसलाई एउटा रेशमी टालोले बाँधेर राख्थ्यो। शूरतामा उसको जोडी कोही थिएन। आफ्नो शील स्वभाव र प्रतापका कारण ऊ क्षत्रियहरूमा प्रसिद्ध थियो। यहाँसम्म कि मानिसहरूले उनलाई बडो श्रद्धासाथ भगदत्त ईन्द्रको मित्र भन्दथे । अर्जुनले चलाएको बाणले भागदत्तको धनुष भाँचियो । ठोक्राको पनि तेही हाल भयो । अर्जुनले भागदत्तको मर्मस्थानहरूमा पनि बाण चलाएर छेडी दिए ।

बृद्ध भगदत्तको सारा हातीयार नष्ट भए। त्यसकारण उसले हात्तिको अंकुश नै उठाएर त्यसलाई अभिमन्त्रित गरेर अर्जुन माथि छोडे। यदि श्रीकृष्णले आफ्नो छाती अगाडी नसारिदिएको भए त्यो अस्त्रले अर्जुनको प्राण लिने थियो । वैष्णवास्त्रको मन्त्रले अभिमन्त्रित हुनाको कारण श्री कृष्णको चातीमा लाग्नासाथ तो शक्ति बनमाला झै श्रीकृष्णको शोभा भयो ।

यसले अर्जुनको अभिमानलाई ठूलो धक्का लाग्यो । उनले कृष्णलाई भने- "जनार्दन! शत्रुले चलाएको हातीयार आफ्नुमाथिलाग्न दिनु क तपाईंलाई उचित थियो ? जब तपाईंले म रथ मात्र चलाउनेछु, युद्ध छैन भनेर घोषणा गर्नु भयो त के यो न्यारी भयो कि धनुष लिएर म साम्ने उभीरहूँ र तपाईंचाहिँ प्रहार आफुले स्वीकार गर्नु ?" यो सुनेर श्रीकृष्णले भने -"पार्थ! तिमीलाई थाहा छैन । मैले यदि उक्त अस्त्र आफुले ग्रहण नगरेको भए तिम्रो प्राण नै लिने थियो । यो मेरो माल थियो जो मकहाँ फर्केर आयो ।

अर्जुनले सुप्रतीकमाथि एक बाण तानेर हाने । सर्प जसरी प्वालभित्र पस्छ पिडाले गर्दा उसको हालत निकै नराम्रो भयो । बेहाल भइ सोही किसिमबाट सो बाणले सुप्रतीकको सिरलाई चिर्दै भित्र घुस्न गयो । वाण लाग्नासाथ हात्ती चिघाड्दै थचक्क बस्यो । भगदत्तले हात्तीलाई बहुतै प्रोत्साहित गरे, तर हात्तीले उनको आदेश रत्तिभर टेरेन जसरी पत्नीले गरीब पतिलाई मान्दैन । उसको हालत निकै नराम्रो भयो । बेहाल भएर ऊ दाराले भुईँको माटो खोस्रन लाज्ञो र केही बेरपछिमर्यो ।

हात्ती मरिसकेपछि अर्जुनलाई बडो दुख लाग्यो । उनी चाहन्थे एकै भगदत्तलाई मात्र लडाइदिने र हात्ती नमार्ने तर सो हुन सकेन ।

पछि त्यही दिन सुप्रतिकमा सवार भगदत्त पनि मारिए ।

बाहिरी सम्पर्क

[सम्पादन गर्नुहोस्]