भगदत्त

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
भगवान कृष्ण नरकासुर को किला मा आक्रमण गर्दै गर्दा

भगदत्त प्राग्ज्योतिष (असम) देशको अधिपति, नरकासुरको पुत्र र इन्द्रको मित्र थिए। उनी अर्जुनको धेरै ठुलो प्रशंसक थिए, तर कृष्ण को कट्टर प्रतिद्वन्दी थिए।

एक पटक भौमासुर ले इन्द्रको कवच र कुण्डल खोसे । यसमा कृष्णले क्रुद्ध भएर भौमासुर को सात छोरा हरूलाई वध गरेका थिए । भूमि ले कृष्णसँग भगदत्तको रक्षा को लागि अभयदान मागेका थिए । भौमासुर को मृत्यु को पछि भगदत्त प्राग्ज्योतिष को अधिपति बने। भगदत्तले अर्जुन, भीमकर्णको साथ युद्ध गरे। हस्ति युद्ध मा भगदत्त अत्यन्त कुशल थिए। कृतज्ञ र वज्रदत्त नाम को यिनको दुई छोराहरु थिए, यिनीहरु मध्ये कृतज्ञको मृत्यु नकुलको हातबाट भएको थियो। वज्रदत्त राजा हुँदा अर्जुनबाट पराजित भए।


कुरुक्षेत्रको युद्धमा उनी कौरव सेना को तर्फबाट लडे र अपने विशालकाय हात्ती को साथ उनले दर्शन सहित धेरै योद्धहरु को वध गरे। आफ्नो 'सौप्तिक' नामको हात्ती मा उनले भीमलाई पनि परास्त गरे।

भगदत्त को साथ शक्ति अस्त्रवैश्नव अस्त्र जस्ता दिव्यास्त्र थिए। उनको छोराको वध नकुलले गरेका थिए। १२ औँ दिनको युद्धमा उनको वैष्णव अस्त्र श्रीकृष्णलाई लाग्यो र फेरी अर्जुनसँगको युद्धमा उनले वीरगति पाए।

सन्दर्भ[सम्पादन गर्नुहोस्]

बाहिरी सम्पर्क[सम्पादन गर्नुहोस्]